प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अगस्त पृ. ७
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००६
हाम्रो राज्य सेवकाई—२००६
km06 अगस्त पृ. ७

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अगस्त २८, २००६ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले जुलाई ३ देखि अगस्त २८, २००६ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌। [नोट: प्रश्‍नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]

वक्‍तृत्व कला

१. तर्कलाई विकास गर्ने दुईवटा आधारभूत तरिकाहरू के-के हुन्‌? [ht-NP पृ. ५५, अनु. ११]

२. जग बसाल्न कुन कुरामा विचार पुऱ्‍याउनुपर्छ? [ht-NP पृ. ५८, अनु. ५]

३. प्रस्तुत गरिएको तर्कले मुख्य विषयलाई प्रमाणित गर्छ भनी कसरी पक्का हुन सक्नुहुन्छ? [ht-NP पृ. ५८, अनु. ७, ८]

४. श्रोताहरूलाई तर्क गर्न मदत दिन तपाईं प्रश्‍नहरू कसरी चलाउन सक्नुहुन्छ? [ht-NP पृ. ६१, अनु. २१]

५. तपाईंले आफ्नो भाषणको गतिमा कसरी विविधता ल्याउन सक्नुहुन्छ? [ht-NP पृ. ६५, अनु. १६]

असाइनमेन्ट न. १

६. हामीले किन नम्रता कायम राखिरहने प्रयास गर्नै पर्छ? [w-NP०४ ८/१ पृ. ११, अनु. १५]

७. कुनै व्यक्‍ति बुद्धिमान्‌ हो वा मूर्ख भन्‍ने कुरा कसरी निर्धारण गर्न सकिन्छ? (हितो. १४:२) [w-NP०४ ११/१५ पृ. २६, अनु. ५]

८. समझशक्‍ति भएको मानिसलाई “ज्ञान सजिलै आउँछ,” किन? (हितो. १४:६) [w-NP०४ ११/१५ पृ. २८, अनु. ४-५]

९. शैतानले साँचो उपासकहरूलाई घृणा गर्नुको कारण के हो? [w-NP०४ ८/१५ पृ. १३, अनु. ५]

१०. यहोवाका सृजनात्मक कार्यहरूमा मनन गर्दा त्यसले हामीमा कस्तो असर पार्नुपर्छ? [w-NP०४ ११/१५ पृ. ८, अनु. ४]

साप्ताहिक बाइबल पढाइ

११. “ढुकुरका चाँदीले ढाकेका पखेटा र सुनौला प्वाँख[को]” अर्थ के हो? (भज. ६८:१३)

१२. आसापले झन्डै कसरी सही बाटो बिराउन लागेका थिए र तिनले आफ्नो सोचाइमा कसरी छाँटकाँट गरे? (भज. ७३:२, ३, १७)

१३. इस्राएलीहरूलाई दिइएको मन्‍नलाई “स्वर्गको अन्‍न” र “स्वर्गदूतहरूको रोटी” भनिएको छ, किन होला? (भज. ७८:२४, २५)

१४. “परम प्रधानको गुप्त ठाउँ” के हो र हामी कसरी त्यहाँ “बास” गर्न सक्छौं? (भज. ९१:१, २)

१५. यहोवाको नजरमा उहाँका भक्‍तहरूको मृत्यु अनमोल छ भनेर कसरी भन्‍न सकिन्छ? (भज. ११६:१५)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने