घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जागा रहो!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्?, सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: बाइबलले सिकाउँछ? पुस्तक चलाइनेछ। प्रथम भेटमै बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुपर्छ। पुस्तक प्रस्तुत गरिएको सबै ठाउँमा गृह बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुनःभेट गर्नुपर्छ। अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। जिज्ञासुहरूको बाइबलप्रतिको चासोलाई अझ बढाउन जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्। यदि घरधनीको छोराछोरी छैन भने, के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा वा अन्य कुनै सुहाउँदो पर्चा प्रस्तुत गर्नुहोस्।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले सेप्टेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। स्याहार-सम्भार वा निर्माणको लागि बेग्लै लेखा हिसाब राखिएको छ भने यसको पनि लेखा परीक्षण गर्ने प्रबन्ध मिलाउनुपर्छ। लेखा परीक्षण(हरू) गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्ट सुनाउँदा यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।
◼ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री अगस्त ३१, २००६ सम्ममा तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने सही गणनाजस्तै हो र कुल संख्या लिटरेचर इन्भेन्ट्री (S-18) फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवक(हरू)बाट प्राप्त गर्न सकिन्छ। संयोजक मण्डलीका सचिवले इन्भेन्ट्रीको सुपरिवेक्षण गर्नुपर्छ। तिनी र संयोजक मण्डलीका अध्यक्षले उक्त फाराममा हस्ताक्षर गर्नेछन्। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिटरेचर इन्भेन्ट्री (S-18) फाराम प्राप्त गर्नेछन्। कृपया शाखा कार्यालयलाई सेप्टेम्बर ६ सम्ममा नै त्यसको सक्कल प्रति पठाउनुहोस्। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स—अंग्रेजी
यो पातलो जिल्ला भएको स्ट्यान्डर्ड साइजको बाइबल हो। यो मुख्यतया क्षेत्रमा वितरण गर्नको लागि भए तापनि प्रकाशकहरूले पनि चलाउन सक्छन्। अब उप्रान्त, कुन प्रकारको बाइबल भनेर तोकेरै अर्डर गरेको छैन भने पातलो जिल्ला भएको स्ट्यान्डर्ड साइजको बाइबल नै पठाइनेछ। कृपया थप जानकारीको लागि अगस्त १, २००५ को पत्र हेर्नुहोस्।