प्रश्न पेटी
◼ ईश्वरतान्त्रिक सेवकाई स्कूलमा छलफल गरिने विषयवस्तु खोजेर अरूलाई बाँड्नु के उचित हो?
आफ्ना परिवारका सदस्यहरू र नजिकका केही भाइबहिनीलाई विषयवस्तु खोजेर दिनु त ठीकै हो। तर, सबैलाई बाँड्न वा बेच्न त्यस्ता विषयवस्तु खोजेर छाप्नु हुँदैन किनभने त्यसो गर्दा प्रतिलिपि अधिकारको उल्लंघन हुनेछ।—रोमी १३:१.
ईश्वरतान्त्रिक सेवकाई स्कूलमा कुनै-कुनै असाइनमेन्टको लागि विषय मात्र दिइएको हुन्छ, विषयको स्रोत-सामग्री दिइएको हुँदैन। त्यस्तो असाइनमेन्ट पाउने व्यक्तिको लागि अरू कसैले विषयसित मिल्ने लेखहरूको सूची जम्मा गरिदिनु वा स्रोत-सामग्री नै खोजिदिनु के लाभदायी हुन्छ? अहँ, हुँदैन। त्यसै गरी, ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्तिका प्रश्नहरूको जवाफ अरूलाई दिनु पनि उचित होइन किनभने यसो गर्दा उनीहरूलाई महत्त्वपूर्ण बुँदाहरू सम्झन मदत मिल्दैन। प्रत्येकले प्रश्नको जवाफ आफै खोज्नुपर्छ। “सिक्नेहरूको बोली[मा]” बोल्न यहोवाले प्रबन्ध गर्नुभएका प्रशिक्षणहरूमध्ये ईश्वरतान्त्रिक सेवकाई स्कूल एउटा महत्त्वपूर्ण भाग हो।—यशै. ५०:४.