सेवा सभाको तालिका
सेप्टेम्बर ११ मा सुरु हुने हप्ता
गीत ८ (५३)
१० मि: स्थानीय घोषणा र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। सेप्टेम्बर २५ मा सुरु हुने हप्ताको सेवा सभामा यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्स? (युवाहरू सोध्छन्—म असल साथी कसरी बनाउन सक्छु?) भिडियोबारे छलफल गरिने भएकोले उक्त भिडियो हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्। पृष्ठ १२ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर सेप्टेम्बर १ को प्रहरीधरहरा र जुलाई – सेप्टेम्बरको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। एउटा प्रदर्शनमा, “मेरो आफ्नै धर्म छ” भन्ने वार्तालाप बाधकलाई कसरी जवाफ दिन सकिन्छ, देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने, पृष्ठ १०-११ हेर्नुहोस्।
२० मि: सेवा सभा र ईश्वरतान्त्रिक सेवकाई स्कूलबाट लाभ उठाउनुहोस्। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज् विल) किताबको पृष्ठ ६४ को उपशीर्षकदेखि पृष्ठ ६९ को उपशीर्षकसम्म आधारित भाषण र श्रोतासित छलफल।
१५ मि: शाखाले पठाएको चिठी। हाम्रो राज्य सेवकाई-को यसै अंकको पहिलो पृष्ठमा प्रकाशित चिठीमा आधारित भाषण र श्रोतासित छलफल।
गीत ३ (३२) र समापन प्रार्थना।
सेप्टेम्बर १८ मा सुरु हुने हप्ता
गीत २३ (२००)
५ मि: स्थानीय घोषणा।
१५ मि: गत सेवा वर्षमा हामीले कस्तो गऱ्यौं? सेवकाईमा हासिल गरेका असल कुराहरूमा जोड दिंदै सेवा निरीक्षकले गत सेवा वर्षमा मण्डलीले के-कस्तो गऱ्यो, बताउँछन्। उचित प्रशंसा गर्नुहोस्। अगामी वर्ष सुधार गर्नुपर्ने एक-दुइटा पक्ष बताउनुहोस्। अग्रगामीहरूको जोसिलो कामको प्रशंसा गर्दै तिनीहरूले के-कस्तो असल कार्य गरे, बताउनुहोस्। निष्क्रियहरूलाई मदत गर्दा प्राप्त भएका असल नतिजाहरू बताउनुहोस्।
२५ मि: “विशेष अभियान अक्टोबर १६ देखि नोभेम्बर १२ सम्म!” प्राचीनद्वारा उत्साहजनक छलफल। प्राचीनहरूको निकायलाई पठाइएको जून ६, २००६ मितिको पत्रमा दिइएको घोषणा पढेपछि उपस्थित सबैलाई राज्य सन्देश न. ३७ को एक-एक प्रति बाँड्नुहोस्। त्यसपछि प्रश्न-उत्तर गर्दै लेख छलफल गर्नुहोस्। आफ्नो इलाका ढाक्न के-कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्। यस अभियानमा सबै प्रकाशकलाई जोडतोडका साथ भाग लिन प्रोत्साहन दिनुहोस्। एउटा छोटो प्रदर्शन देखाउनुहोस्।
गीत ४ (४३) र समापन प्रार्थना।
सेप्टेम्बर २५ मा सुरु हुने हप्ता
गीत ५ (४६)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। प्रकाशकहरूलाई सेप्टेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्। पृष्ठ १२ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर अक्टोबर १ को प्रहरीधरहरा र अक्टोबर – डिसेम्बरको ब्यूँझनुहोस्! सडक साक्षीकार्यमा भाग लिंदा कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्।
२५ मि: “हेर्नै पर्ने भिडियो।”a अनुच्छेद १ छलफल गर्दा मण्डलीका सदस्यहरूलाई यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्स? (युवाहरू सोध्छन्—म असल साथी कसरी बनाउन सक्छु?) भिडियो कस्तो लाग्यो छोटकरीमा बताउन लगाउनुहोस्। त्यसपछि अनुच्छेद २-७ मा दिइएका प्रश्नहरू छलफल गर्न थालिहाल्नुहोस्। अन्तमा परिवारहरूलाई यङ पिपल आस्क—ह्वाट विल आइ डु विथ माइ लाइफ? (युवाहरू सोध्छन्—भविष्यमा के गर्ने होला?) शीर्षक भएको डी भी डी पनि चाँडै हेर्न प्रोत्साहन दिनुहोस्।
१० मि: स्थानीय अनुभवहरू। ब्यूँझनुहोस्!-को विशेष अंक प्रस्तुत गर्दा वा पहिलो भेटमै बाइबलले सिकाउँछ किताबबाट बाइबल अध्ययन सुरु गर्दा बटुलेका अनुभवहरू बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्। एक/दुइटा उत्कृष्ट अनुभवहरू पुनः अभिनय गरेर देखाउन पनि सकिन्छ।
गीत २७ (२२१) र समापन प्रार्थना।
अक्टोबर २ मा सुरु हुने हप्ता
गीत २३ (२००)
१० मि: स्थानीय घोषणा। प्रश्न पेटी पुनरावृत्ति गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “घर-घरको साक्षीकार्य।”b समयले भ्याएमा श्रोतालाई उल्लेख गरिएका बाइबल पदहरूमा टिप्पणी गर्न लगाउनुहोस्।
गीत १५ (१२७) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।