प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 सेप्टेम्बर पृ. ११
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००६
हाम्रो राज्य सेवकाई—२००६
km06 सेप्टेम्बर पृ. ११

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: बाइबलले सिकाउँछ? पुस्तक चलाइनेछ। प्रथम भेटमै बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुपर्छ। पुस्तक प्रस्तुत गरिएको सबै ठाउँमा गृह बाइबल अध्ययन सुरु गर्ने उद्देश्‍यसहित पुनःभेट गर्नुपर्छ। अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। जिज्ञासुहरूको बाइबलप्रतिको चासोलाई अझ बढाउन जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्‌। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्‌। यदि घरधनीको छोराछोरी छैन भने, के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा वा अन्य कुनै सुहाउँदो पर्चा प्रस्तुत गर्नुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। मण्डलीको स्टकमा छ भने बाइबलका कथाहरू भएको मेरो पुस्तक वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पनि प्रस्तुत गर्न सक्नुहुन्छ।

◼ मण्डलीहरूले वाचटावर लाइब्रेरी—२००६ संस्करण-को (अंग्रेजी) सी डी-रोम अर्को साहित्य अर्डरसँगै मगाउन थाल्नुपर्छ। कृपया याद राख्नुहोस्‌, यो वाचटावर लाइब्रेरी—२००६ मण्डलीका बप्तिस्माप्राप्त प्रकाशकहरूको लागि हो र यो मण्डलीमार्फत मात्र उपलब्ध गराइनेछ।

◼ नयाँ सेवा वर्षभरिको लागि चाहिने फारामहरू सबै मण्डलीहरूलाई पर्याप्त मात्रामा पठाइसकिएको छ। सेवा वर्षको लागि फाराम पर्याप्त छ/छैन सचिवले पक्का गर्नुपर्छ। कुनै फाराम पर्याप्त छैन भने तुरुन्तै मगाउन सकिन्छ।

◼ सेप्टेम्बर महिनाको हाम्रो राज्य सेवकाई-को परिशिष्ट पृष्ठ ७-१० मा प्रकाशको चरमोत्कर्ष पुस्तकमा गरिएका काँटछाँटहरूको सूची दिइएको छ र यसैअनुसार प्रत्येकले यी काँटछाँटहरू आ-आफ्नो पुस्तकमा गर्न सक्छन्‌। जनवरी ८, २००७ मा सुरु हुने हप्तादेखि मण्डली पुस्तक अध्ययनमा यो पुस्तक अध्ययन गरिनेछ। त्यसकारण त्योभन्दा अघि नै सबै काँटछाँटहरू चिह्न लगाइसकेको हुनुपर्छ।

◼ पुनःस्थापित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्‍तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा पृष्ठ २१-३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।

◼ ट्रस्ट भएका मण्डलीहरूलाई म्याद सकिनु अगावै वार्षिक साधारण सभा गर्न सम्झाइन्छ। वार्षिक साधारण सभामा छलफल गरिएका विषयहरू र ट्रस्टका अन्य सभाहरूमा छलफल गरिएका विषयहरूको रेकर्ड मिनटमा राम्ररी राख्नुपर्छ। ट्रस्टको लेखा परीक्षण लेखा परीक्षकलाई नै गराउनु बेस हुन्छ। ट्रस्टको लेखा परीक्षणको प्रति शाखा कार्यालयलाई पठाउनुपर्छ।

◼ अमेरिकी सांकेतिक भाषामा उपलब्ध नयाँ डी भी डी-हरू:

नोवा एण्ड डेविड—डी भी डी-मा

द गुड न्युज अकर्डिङ टु म्याथ्यु—डी भी डी-मा

◼ उपलब्ध नयाँ प्रकाशन:

बाइबलले वास्तवमा के सिकाउँछ?—गुजराती, पंजाबी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने