प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकमा गरिएका काँटछाँटहरू
सन् १९९४ मा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकमा गरिएका खास-खास काँटछाँटहरूको सूची तल दिइएको छ। तर यस सूचीमा तथ्यांकसम्बन्धी काटछाँटहरू समावेश गरिएको छैन जुन काँटछाँटहरू सबैभन्दा नयाँ यरबूक र अन्य प्रकाशनहरूमा पाउन सकिन्छ।
अध्याय ४
पृ. १९, अनु. ४, अन्तिम बाइबल पद मेटाउनुहोस्: मत्ती २५:३१-३३
अध्याय ५
पृ. २४, अनु. ३, पहिलेको फुटनोटको ठाउँमा:* विस्तृत विवरणका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको ८८-९२, २१५-२१८ पृष्ठहरू हेर्नुहोस्।
अध्याय ६
पृ. ३०, अनु. १२, सातौं वाक्यको ठाउँमा: अन्ततः रोमी सम्राट कन्स्टनटाइनले “मसीही” धर्मलाई मान्यता दियो। यसप्रकार मसीहीजगत फस्टाउन थाल्यो जहाँ गिर्जा र राष्ट्र मिलेर एक हजार वर्षसम्म राज्य गरे।
पृ. ३२, पेटीको पहिलो अनुच्छेदको ठाउँमा: येशूले यर्दन नदीमा सा.यु. २९ तिर बप्तिस्मा लिनु भयो र राजा हुन उहाँलाई अभिषेक पनि गरियो। साढे तीन वर्षपछि सा.यु. ३३ मा उहाँ यरूशलेमको मन्दिरमा आउनु भयो। त्यस ठाउँलाई जसजसले डाकाहरूको अड्डा बनाइरहेका थिए, तिनीहरूलाई उहाँले बाहिर लघारी दिनु भयो। यस घटनाक्रमको समानान्तर अक्टोबर १९१४ मा येशू शासन गर्न थाल्नु भएको समयदेखिन् मसीही भनौंदाहरूलाई उहाँ जाँच गर्न आउनु भएको समयसम्मको साढे तीन वर्षमा पाउन सकिन्छ जस्तो छ। किनभने सबैभन्दा पहिले परमेश्वरकै घरानाको न्याय हुनु परेको थियो। (मत्ती २१:१२, १३; १ पत्रुस ४:१७) सन् १९१८ को सुरुमै यहोवाका जनहरूको राज्यसम्बन्धी गतिविधिले ठूलो विरोधको सामना गर्नु पऱ्यो। पृथ्वीभरि त्यो एउटा जाँचको समय थियो। डरपोकहरूलाई अलग छुट्टयाइँदै थियो। सन् १९१८ को मई महिनामा मसीहीजगतको पादरीवर्गले वाचटावर सोसाइटीका प्रमुख अधिकारीहरूलाई झ्यालखानमा थुनिदिने षडयन्त्र रचे। तर उनीहरूलाई नौ महिनापछि नै रिहा गरियो। उनीहरूमाथि लगाइएका झूटा आरोपहरू पनि फिर्ता लिइयो। अतः येशूको मातहतमा यहोवाको राज्य नै मानवजातिको एकमात्र आशा हो भन्दै घोषणा गर्न खारिएका र जाँचमा सफल भएका परमेश्वरका जनहरूको सङ्गठन १९१९ देखि अग्रसर भयो।—मलाकी ३:१-३.
अध्याय ८
पृ. ४०, अनु. ८, लाइन २ मा “१२५ वटा गल्तीहरू”-को ठाउँमा: १३० वटा गल्तीहरू
पृ. ४०, अनु. १०, अन्तिम वाक्यको ठाउँमा: संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतबाट मात्र यहोवाका साक्षीहरूले ५० वटा मुद्दा जितेका छन्।
अध्याय १०
पृ. ५०, अनु. ११, पहिलेको फुटनोटको ठाउँमा: * उदाहरणका लागि, नोभेम्बर १, २००३ अंकको प्रहरीधरहरा-मा “विश्वासी मसीही स्त्रीहरू—परमेश्वरका बहुमूल्य उपासकहरू” शीर्षक भएको लेख हेर्नुहोस्।
अध्याय ११
पृ. ५६, अनु. ९, अनुच्छेदको दोस्रो भागको ठाउँमा: यस सम्बन्धमा हामीलाई प्रोत्साहित पार्नका लागि द वाचटावर पत्रिकाले निम्न लिखित विषयहरूमाथि छलफल गर्दै आएको छ: “आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ” र “आफ्नो लागि नबाँच्ने।”* यसप्रकारको शास्त्रीय मदत पाएकोले आउनुहोस्, हामी यहोवाको सामने नम्रता र प्रार्थनापूर्वक आफ्नो निष्ठालाई कायम राखौं। आफ्ना भित्री भावहरूको जाँच गर्ने गरौं।—भजनसंग्रह २६:१-३; १३९:२३, २४.
पृ. ५६, अनु. ९, पहिलेको फुटनोटको ठाउँमा: * जुलाई १५, २००५ र मार्च १५, २००५ को प्रहरीधरहरा हेर्नुहोस्।
अध्याय १२
पृ. ६१, अनु. १४, पहिलेको फुटनोटको ठाउँमा: # प्रचार कार्यमा सक्दोभर भाग लिएर मौकाको फायदा उठाउनु अत्यावश्क छ भनेर यूहन्नावर्गद्वारा प्रकाशित द वाचटावर पत्रिकाले जोड दिंदै आएको छ; उदाहरणका लागि, जनवरी १, २००४ अंकको प्रहरीधरहरा-मा “सबैले यहोवाको महिमाको वर्णन गरून्” र “तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो” भन्ने लेख हेर्नुहोस्। जून १, २००४ अंकको प्रहरीधरहरा-मा “परमेश्वरलाई महिमा दिनेहरू धन्यका हुन्” भन्ने लेखमा चाहिं “खुला ढोका” बाट प्रवेश गर्दै पूर्ण समय सेवकाई सुरु गर्ने विषयमाथि जोड दिइएको थियो। अतः सन् २००५ को सेवा वर्षको दौडान एउटा महिनामा अग्रगामीहरूको सङ्खया बढेर १०,९३,५५२ पुगेको थियो।
अध्याय १३
पृ. ६९, अनु. ११, अन्तिम वाक्यको ठाउँमा: यसबाहेक, पृथ्वीमा स्तब्ध पार्ने घटनाहरूका साथ अन्यजातिहरूको समय समाप्त हुने साल १९१४ हो र उक्त सालबारे बाइबलको भविष्यवाणीमा अग्रिमसङ्केत गरिएको थियो भनी तिनीहरूले १९१४ भन्दा करीब ४० वर्षअघि नै बताएका थिए।—प्रकाश १:१०.
पृ. ६९, अनु. १२, दोस्रो स्तम्भको लाइन पाँचमा “एलपाम्पा, टेक्सास”-को ठाउँमा: पाम्पा, टेक्सास,
पृ. ७०, अनु. १४, लाइन २० मा “सन् १९९३-मा उक्त प्रकाशनहरूको वितरण संख्या २ करोड ९० लाखभन्दा बढी थियो”-को ठाउँमा: सन् २००६ मा उक्त प्रकाशनहरूको वितरण संख्या ५ करोड ९० लाखभन्दा बढी थियो।
पृ. ७३, अनु. २३, लाइन ११ को बाइबल पद मेटाउनुहोस्: मत्ती २५:३१
अध्याय १६
पृ. ९०, अनु. ४, पहिलेको दोस्रो फुटनोटको ठाउँमा: * येशूले राज्याधिकार १९१४ मै पाउनु भएको विषयसम्बन्धी विस्तृत प्रमाणका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ २१५-२१८ हेर्नुहोस्।
पृ. ९०, अनु. ६, पहिलेको अनुच्छेदको ठाउँमा: तर यी नयाँ गद्दीनसिन राजा किन युद्ध गर्न जाइ लाग्नु पर्छ? किनभने यहोवाको खास दुश्मन दियाबल अर्थात् शैतान र जानाजानी होस् वा अन्जानमा शैतानकै सेवा गर्ने पृथ्वीका बासिन्दाहरूको घोर विरोधको सामु उहाँको राजत्व स्थापित हुन्छ। यहाँसम्म कि मसीही राज्यको जन्म नै स्वर्गमा ठूलो युद्धको कारण हुन जान्छ। त्यस युद्धमा भाग लिंदा येशूले माइकल (जसको अर्थ हो “परमेश्वर जस्तो को छ र?”) नाउँ धारण गर्नुहुन्छ। उहाँले शैतानलाई पराजित गर्नुहुन्छ र त्यसलाई त्यसका प्रेतहरू समेत तल पृथ्वीमा फ्याँकिदिनु हुन्छ। (प्रकाश १२:७-१२) प्रभुको दिनका प्रारम्भिक दशकहरूको दौडान भेडाखालका मानिसहरूलाई जम्मा गरिंदा येशूको विजयी घोडदौड कायम रहन्छ। सारा संसार “दुष्टको अधीनमै” भए तापनि येशूले आफ्ना अभिषिक्त भाइहरू र उनीहरूका सङ्गीहरूलाई प्रेमपूर्वक लगातार डोऱ्याउनु हुन्छ। उहाँले तिनीहरू प्रत्येकलाई विश्वासको विजय हासिल गर्न मदत दिनुहुन्छ।—१ यूहन्ना ५:१९.
पृ. ९२, अनु. ९ अन्तिम वाक्यको ठाउँमा: क्याथोलिक मुलुकहरू र सबैभन्दा कठोर सतावट अनुभव गरिएका देशहरू अर्थात् जर्मनी, इटाली, र जापानमा विशेष वृद्धि भएको छ। प्राप्त रिपोर्टअनुसार, यी देशहरूमा आज ६,००,००० भन्दा बढी साक्षीहरू सक्रिय क्षेत्र सेवकहरू छन्।—यशैया ५४:१७; यर्मिया १:१७-१९.
पृ. ९४, अनु. १८, पहिलेको अनुच्छेदको ठाउँमा: के हामीले यसलाई सैनिक प्रविधिको विजय भन्नु मिल्छ र? मिल्दैन। बरु यो त त्यो निठुरी रातो घोडा दौडेको प्रमाण हो। यो दौड कहिले समाप्त हुने हो? केही वैज्ञानिकहरूको भनाइअनुसार एउटा नियोजित आणविक विध्वंस होस् नहोस्, आकस्मिक आणविक युद्ध हुने चाहिं सम्भावना धेरै छ! तथापि यसबारे विजेता सेतो घोडसवारको सोचाइ बेग्लै छ।
पृ. ९७, अनु. २८, पहिलेको अनुच्छेदको ठाउँमा: यहाँ चासोको सबैभन्दा नयाँ विषय हो “रूढी।” प्रथम विश्वयुद्धपछिको तहसनहसबीच अर्थात् १९१८-१९ को केही महिनाहरूमै स्पेनिश फ्लुले २ करोडभन्दा धेरै मानवहरूलाई स्वाहा पाऱ्यो। पृथ्वीभरिमा यस रूढीबाट उम्कन सक्ने एक मात्र ठाउँ सेन्ट हेलिनाको सानो टापु थियो। पूरै आबादी सखाप भएका ठाउँहरूमा चाहिं चिता बालेर लाशहरूको रास जलाइयो। आज पनि हृदय रोग र अबुर्द जस्ता व्यथाहरू डरलाग्दो गरी बढिरहेछन्। यसको एउटा मुख्य कारण तमाखु-प्रदूषण हो। बाइबलको दृष्टिमा अधर्मी मानिएको जीवनशैली बिताएकोले १९८० को “कुरुप दशक”-मा एड्सको रूढी पनि थपियो। सन् २००० मा अमेरिकाको स्वास्थ्य प्रमुखले एड्सलाई “मानिसजातिले अहिलेसम्म नभोगेको सबैभन्दा भयावह महामारी” भने। तिनको अनुसार संसारभरि पाँच करोड बीस लाख मानिसहरू एच आइ भी/एड्स-द्वारा संक्रमित भएका थिए जसमध्ये दुई करोड मानिस मरे। तर यहोवाका जनहरू चाहिं परमेश्वरको वचनको बुद्धियुक्त सल्लाहले गर्दा आज थुप्रै रोग फैलाउने व्यभिचार र रगतको दुरुपयोगबाट अलग बस्न पाएका छन्। यसका लागि तिनीहरू धेरै नै कृतज्ञ छन्!—प्रेरित १५:२८, २९; १ कोरिन्थी ६:९-११-सित तुलना गर्नुहोस्.
अध्याय १८
पृ. १०६, अनु. ७, पहिलेको अनुच्छेदको ठाउँमा: दोस्रो विश्वयुद्धका साथै उथलपुथलको अझ अर्को बाढी चल्यो। पृथ्वीलाई स-सानो युद्धहरू र चारैतिर फैलिएको आतंकवादले हल्लाइ नै रहेछ। आतंकवाद वा आमविनाशकारी हतियार भएका राष्ट्रहरूले ती प्रयोग गर्लान् भन्ने खतराले गर्दा धेरै जना यसबारे सन्दिग्ध छन्।
पृ. १०६, ७-९ (ख) प्रश्नको ठाउँमा: येशूको उपस्थितिको दौडान अन्ततः मानव समाजमा हुने उथलपुथलहरूमा कस्ता अवस्थाहरू पनि सम्मिलित हुनेछ?
पृ. १०७, अनु. ९. पहिले फुटनोटको ठाउँमा:* सन् १८९५ देखि १९३१ सम्म अर्थात् ३५ वर्षभन्दा धेरैसमय देखि वाचटावर पत्रिकाले लूका २१:२५, २८ र ३१-का शब्दहरूलाई आफ्नो आवरण पृष्ठमा उद्धृत गर्दै आयो। शब्दहरूको पछिल्तिरचाहिं आँधीबेह्री चलेको समुद्रमाथि घनघोर बादल छाएको आकाशलाई ज्योति दिने विद्युतघरको चित्र थियो।
पृ. १०७, अनु. ११, चौथो वाक्यको ठाउँमा: यस विश्वव्यापी चेताउनीले शैतानको सारा रीतिथितिलाई सतर्क गराएको छ।*
अध्याय २०
पृ. १२३, अनु. ११, चौथो वाक्यको ठाउँमा: अनुवादित लेखहरू छाप्न यही मेप्स सिस्टम हाल १२५ भन्दा बढी देशहरूमा प्रयोग गरिंदैछ। यसले गर्दा अर्धमासिक पत्रिका द वाचटावर-लाई एकै साथ १३० भन्दा बढी भाषाहरूमा प्रकाशित गर्न सम्भव भएको छ।
पृ. १२८, अनु. ३० अन्तिम वाक्यको ठाउँमा: मानिसजातिमध्येको एउटा सानो भाग अर्थात् मानव शरीरमै रहँदा छाप लगाइएका १,४४,०००-का शेष जनहरूमध्ये कोही र अरू भेडाको ठूलो भीड मात्र बाँच्न अथवा “खडा” हुनेछन्।—यर्मिया ३५:१९; १ कोरिन्थी १६:१३.
अध्याय २२
पृ. १४३, पहिलेको उपशीर्षकको ठाउँमा: अहिले सलहरूपी विपत्ति
पृ. १४६, अनु. १६, प्रकाश ९:१० को उद्धरणपछिको वाक्यको ठाउँमा: यसको अर्थ के हुन सक्छ? राज्यको प्रचार गर्दै जाँदा यहोवाका साक्षीहरूले परमेश्वरको वचनमा आधारित आधिकारिक वचनहरू मौखिक रूपमा र प्रकाशनहरूद्वारा सुनाउँछन्। तिनीहरूले सुनाउने सन्देशमा बिच्छीको जस्तै खील पनि हुन्छ किनभने तिनीहरूले यहोवाको आउँदो बदलाको दिनबारे चेताउनी दिन्छन्। (यशैया ६१:२) आध्यात्मिक सलहहरूको वर्तमान पुस्ताको जीवनकाल सिद्धिनअघि नै यहोवाका न्यायिक फैसलाहरू घोषणा गर्ने र सबै अटेर ईश्वर निन्दकहरूलाई चोट पुऱ्याउने यिनको ईश्वरप्रदत कार्य पूरा हुनेछ।
अध्याय २४
पृ. १६०, अनु. २१, लाइन ९ मा “बाख्रा खालका मानिसहरूका”-को ठाउँमा: विरोधीहरूका
पृ. १६०, अनु. २१, लाइन १४ मा “मत्ती २५:३१-३४, ४१, ४६” को ठाउँमा: फिलिप्पी १:२७, २८
पृ. १६०, २१(ख) प्रश्नको ठाउँमा: विरोधीहरूका लागि सुसमाचार किन खराब समाचार हो?
अध्याय २५
पृ. १६२, अनु. ४, पहिलेको फुटनोटको ठाउँमा:* यो महान् आत्मिक मन्दिरको विस्तृत छलफलका लागि जुलाई १, १९९६ प्रहरीधरहरा-को अङ्कमा प्रकाशित “यहोवाको महान् आध्यात्मिक मन्दिर” र द वाचटावर, डिसेम्बर १ १९७२ को अंकमा “उपासनाको एक मात्र साँचो मन्दिर” [“द वन ट्रु टेम्पल एट व्हिच टु वर्शिप”] भन्ने लेख हेर्नुहोस्।
पृ. १६२, अनु. ५, तेस्रो वाक्यको ठाउँमा: हिब्रू शास्त्रमा उल्लिखित भविष्यवाणीहरूअनुसार यसरी नाप्नुको अर्थ यहोवाका सिद्ध स्तरहरूको आधारमा न्याय प्रदान गरिने ग्यारेन्टी हुन्थ्यो।
पृ. १६२, अनु. ७, प्रकाश ११:२ को उद्धरणपछिको दोस्रो वाक्यको ठाउँमा: अतः यहाँ ती शाब्दिक ४२ महिनाहरूलाई अर्थात् १९१४ को डिसेम्बरदेखि १९१८ को जूनसम्मको समयावधिलाई सङ्केत गरिएको छ।
पृ. १६५, पहिलेको क्याप्सनको ठाउँमा: यरूबाबेल र यहोशूले गरेको पुनःनिर्माणको काम वास्तवमा एउटा पूर्वचित्रण थियो। त्यसले प्रभुको दिनमा यहोवाका साक्षीहरूको सानो सुरुआतपछि हुने विशाल वृद्धिलाई पूर्वसङ्केत गऱ्यो। तिनीहरूका आवश्यकताहरूलाई पूरा गर्न माथि नक्सामा देखाइएको ब्रुकलिन, न्यु योर्कका जस्तै अझ थुप्रै शाखा कार्यालयहरू स्थापित गर्न तथा बढाउन जरुरी भएको छ।
पृ. १६५, अनु. १५, लाइन ४ मा “(मत्ती १७:१-३; २५:३१)” को ठाउँमा: (मत्ती १७:१-३)
अध्याय २७
पृ. १८५, अनु. २८, सुरुको दुइटा वाक्यको ठाउँमा: दोस्रो विश्व-युद्धको दौडान सतावटको यो क्रूर बाढीले चरम-शिखर छोयो। युरोपमा मात्र करीब १२,००० साक्षीहरू नाजी निरोधन शिविर र झ्यालखानाहरूमा थुनिए र झन्डै २,००० त मरे पनि।
अध्याय २८
पृ. १८७, अनु. ४, पहिलेको फुटनोटको ठाउँमा:* विस्तृत विवरणका लागि कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्! पुस्तकको १६५-१७९ पृष्ठहरू हेर्नुहोस्।
अध्याय ३०
पृ. २०९, अनु. १०, पहिलो लाइनको ठाउँमा: सन् १८७० को दशकसम्ममा अभिषिक्त मसीहीहरूले
पृ. २०९, प्रश्न न. १० को ठाउँमा: १८७० को दशकसम्ममा के भयो र यसप्रति महान बेबिलोनले के कस्तो प्रतिक्रिया व्यक्त गऱ्यो?
पृ. २१२, अनु. २३ मा बाइबल पद मेटाउनुहोस्: (मत्ती २५:३१-३३)
अध्याय ३२
पृष्ठ २३१, अनु. २७, अन्तिम भागमा “मत्ती २४:४२, ४४” को ठाउँदेखि: (मत्ती २४:४२, ४४; लूका १२:३७, ४०) सोही चेताउनीलाई दोहोऱ्याउँदै प्रेरित पावलले यसो भने: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले ‘शान्ति र सुरक्षित’ भनिरहेका हुन्छन्, तब . . . अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ।” ‘शान्ति र सुरक्षा!’ को त्यस्तो झूटो घोषणा गर्न उक्साउने शैतान नै हो।—१ थिस्सलोनिकी ५:२, ३.
अध्याय ३३
पृ. २४३, अनु. २१, अन्तबाट दोस्रो वाक्यको ठाउँमा: यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने पोपले आफ्नो भाषणमा येशू ख्रीष्ट अथवा परमेश्वरको राज्यलाई खासै महत्त्व दिएनन्।
पृ. २४५, अनु. २५, लाइन ४ मा “(प्रकाश १४:८; १७:२)” को ठाउँमा: (प्रकाश १४:८; १७:४)
अध्याय ३४
पृ. २४६, अनु. १, अन्तबाट तेस्रो वाक्यको ठाउँमा: तर यही दर्शन आज एउटा आश्चर्यमय वास्तविकतामा परिणत हुन्छ।
पृ. २४९, अनु. १०, पाँचौं वाक्यको ठाउँमा: अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानबाट प्राप्त एउटा रिपोर्टअनुसार, १९८६ मा मात्र ५० लाखभन्दा बढी मानिसहरू युद्धमा मारिए!
पृ. २५०, अनु. १२, पहिलेको फुटनोटमा “१९८१” को ठाउँमा: १९९३
पृ. २५१, अनु. १४, पहिलेको अनुच्छेदको ठाउँमा: हालका वर्षहरूमा राजनीतिज्ञहरूले विभिन्न मानव योजनाहरूको वर्णन गर्न ‘शान्ति र सुरक्षा’ भन्ने अभिव्यक्ति चलाएका छन्। विश्वका नेताहरूद्वारा गरिएको त्यस्तो प्रयासले १ थिस्सलोनिकी ५:३ को भविष्यवाणी पूर्तिलाई देखाउन थालेको हो कि? अथवा पावलले संसारकै ध्यान खिच्ने त्यस्तो एउटा नाटकीय घटनालाई तोकेरै औंल्याउँदै थिए? बाइबल भविष्यवाणीहरू पूरा भइसकेपछि वा पूरा हुने क्रममा मात्रै अक्सर पूरै बुझिने भएकोले त्यसको लागि हामीले पर्खेरै हेर्नुपर्नेछ। त्यतिन्जेल, राष्ट्रहरूले शान्ति र सुरक्षा हासिल गरेको जस्तो देखिए तापनि वास्तवमा केही पनि बद्लेको हुनेछैन भनी मसीहीहरूलाई थाह छ। स्वार्थ, घृणा, अपराध, पारिवारिक जीवनको ह्रास, अनैतिकता, रोग, शोक र मृत्यु यथावत रहनेछन्। त्यसैकारण त तपाईं विश्व घटनाहरूबारे सचेत रहनु भयो र परमेश्वरका भविष्यवाणीरूपी चेताउनीहरूलाई ध्यान दिनुभयो भने ‘शान्ति र सुरक्षा’ भनी जत्ति नै कराए तापनि तपाईं भ्रममा पर्नुहुने छैन।—मर्कूस १३:३२-३७; लूका २१:३४-३६.
अध्याय ३६
पृ. २५९, अनु. ४, अन्तिम तीन वाक्यको ठाउँमा: सन् १९१४ मा येशू स्वर्गमा राजा हुनुभयो। त्यस समयदेखि उहाँले पृथ्वीमाथि यहोवाको सह-शासक र न्यायाधीशको रूपमा अख्तियार चलाउनु हुँदैछ। यसकारण महान बेबिलोनको पतनको घोषणा पनि उहाँले नै गर्नु उपयुक्त हो।
पृ. २६५, अनु. २२, अन्तिम बाइबल पद मेटाउनुहोस्:—तुलना गर्नुहोस् मत्ती २४:१५, १६.
पृ. २६६, अनु. २८, तेस्रो र चौथो वाक्यको ठाउँमा: उसले अरूको विरुद्धमा जे गऱ्यो, त्यसको ठीक दोब्बर उसको विरुद्धमा गरिनेछ। त्यसलाई दया देखाइने छैन किनकि महान बेबिलोनले पनि आफ्नो शिकार हुनेहरूलाई पटक्कै दया देखाएको छैन।
अध्याय ३८
पृ. २७७, अनु. १७, अन्तिम दुई वाक्यको ठाउँमा: निस्सन्देह, पृथ्वीमा अभिषिक्त जनहरू कोही बाँकी छन् भने ख्रीष्ट विजयी हुनुभएको लगत्तै तिनीहरू आफ्नो स्वर्गीय इनाम थापेर दुलही वर्गका अरू सङ्गीहरूसित सम्मिलित हुनेछन्। अनि परमेश्वरले तोक्नुभएको समयमा थुमाको विवाह सम्पन्न हुन सक्नेछ!
पृ. २७७, अनु. १८, पहिलो वाक्यको ठाउँमा: यस घटनाक्रमलाई भजन ४५ को भविष्यसूचक वर्णनमा बताइएको छ।
अध्याय ४१
पृ. २९६, अनु. ५, सुरुको तीन वाक्यको ठाउँमा: पुरानो पृथ्वी र पुरानो आकाश भागि सकेपछि अब कसको न्याय गर्न बाँकी रहन्छ? निश्चय पनि १,४४,००० जनहरूको त होइन। तिनीहरूको इन्साफ भएर तिनीहरूमाथि छाप समेत लगाइ सकिएको हुन्छ। अभिषिक्त जनहरूमध्ये आरमागेडोन पश्चात् पृथ्वीमा कोही जीवित रहेका छन् भने उनीहरूले पनि चाँडै आफ्नो मृत्युपश्चात् पुनरुत्थानद्वारा स्वर्गीय इनाम थाप्नेछन्। (१ पत्रुस ४:१७; प्रकाश ७:२-४)
अध्याय ४३
पृ. ३११, अनु. १९, “प्रकाश ११:१५; १२:१०” पछिको वाक्यहरूको ठाउँमा: अन्तको समयको दौडान आत्मा र दुलहीले असल मनसाय भएकाहरूलाई जीवनको पानी सित्तैमा लिन निमन्त्रणा दिंदै आइरहेका छन्। यो नदीको पानी यस रीतिरिवाजको अन्तसम्मै र त्यसपछि नयाँ संसारसम्म पनि पाइनेछ जब नयाँ यरूशलेम ‘स्वर्गबाट तलतिर झर्नेछ।’—प्रकाश २१:२.
पृ. ३१२, अनु. २६, सुरुको दुइटा वाक्यको ठाउँमा: नदीबाट प्रशस्त पानी पाउने ती रूखहरू थुमाकी पत्नीका १,४४,००० सदस्यहरू पनि हुन सक्छ। परमेश्वरले येशू ख्रीष्टद्वारा मिलाउनु भएका जीवनदायी प्रबन्धहरूबाट तिनीहरूले पनि पृथ्वीमा छँदा पिउने गर्छन् र ख्रीष्टका यी आत्मा अभिषिक्त भाइहरूलाई भविष्यवाणीमा “धर्मको वृक्ष” भनिनु चाखलाग्दो छ। (यशैया ६१:१-३; प्रकाश २१:६)