सेवा सभाको तालिका
अक्टोबर ९ मा सुरु हुने हप्ता
गीत २ (१५)
१० मि: स्थानीय घोषणा र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ १२ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर अक्टोबर १ को प्रहरीधरहरा र अक्टोबर – डिसेम्बरको ब्यूँझनुहोस्!-सँगै राज्य सन्देश न. ३७ कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्।
१५ मि: “अरूलाई परमेश्वरको मित्र हुन मदत दिनुहोस्।”a अरूको उदाहरण र हृदयदेखिको प्रार्थनाले बप्तिस्माको हदसम्म पुग्न आफूलाई कसरी मदत गऱ्यो, टिप्पणी गर्न श्रोतालाई आमन्त्रित गर्नुहोस्।
२० मि: राज्य सन्देश न. ३७ वितरण गर्न तयार हुनुहोस्। भाषण र श्रोतासित छलफल। सेप्टेम्बर महिनाको हाम्रो राज्य सेवकाई-मा भनिएझैं अभियानको लागि गरिएका प्रबन्धहरू फेरि दोहोऱ्याउनुहोस्। सबैलाई यस अभियानमा पूरापूर भाग लिन आह्वान गर्नुहोस्। बाइबल विद्यार्थीहरूले राम्रो उन्नति गरिरहेका छन् भने तिनीहरू बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा यस अभियानमा भाग लिन योग्य भएका छन् कि, विचार गर्न अध्ययन सञ्चालकहरूलाई प्रोत्साहन दिनुहोस्। आमाबाबुले पनि आफ्ना छोराछोरी योग्य भए कि भएनन् विचार गर्न सक्छन्। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज् विल) किताबको पृष्ठ ७९-८१ बाट आवश्यकताहरू छोटकरीमा बताउनुहोस्।
गीत २७ (२२१) र समापन प्रार्थना।
अक्टोबर १६ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणा।
२० मि: मण्डली पुस्तक अध्ययनबाट लाभ उठाउने। पृष्ठ ७, ८ को परिशिष्टको पृष्ठ ८ को पहिलो उपशीर्षकसम्मको भागमा आधारित भाषण र श्रोतासित छलफल।
१५ मि: “तपाईं कुन कुरा पहिलो स्थानमा राख्नुहुन्छ?”b राज्य गतिविधिलाई पहिलो स्थानमा राख्न आफ्नो जीवनमा कस्ता परिवर्तनहरू गरे र यसको परिणामस्वरूप कस्ता आशिष्हरू पाउन सकेका छन्, सो बताउन पहिल्यै मिलाइएका प्रकाशकहरूलाई आमन्त्रित गर्नुहोस्।
गीत ४ (४३) र समापन प्रार्थना।
अक्टोबर २३ मा सुरु हुने हप्ता
गीत २६ (२१२)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। पृष्ठ १२ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर नोभेम्बर १ को प्रहरीधरहरा र अक्टोबर – डिसेम्बरको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। एउटा प्रदर्शनमा, “तपाईंहरू किन बारम्बार आउनुहुन्छ?” भन्ने वार्तालाप बाधकलाई कसरी जवाफ दिन सकिन्छ, देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने, पृष्ठ १२ हेर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “क्षेत्र सेवाको लागि गरिने सभाबाट पूरापूर लाभ उठाउनुहोस्।”c अनुच्छेद ३ छलफल गर्दा सेप्टेम्बर २००१, हाम्रो राज्य सेवकाई-को प्रश्न पेटी, अनुच्छेद ४ बाट सभा सञ्चालन गर्न कोही योग्य भाइ नहुँदा के गर्ने भन्ने सन्दर्भमा टिप्पणी समावेश गर्नुहोस्।
गीत १६ (१४३) र समापन प्रार्थना।
अक्टोबर ३० मा सुरु हुने हप्ता
गीत १ (१३)
१० मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई सेप्टेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन र रिपोर्ट स्लिपको पछाडि आफूले वितरण गरेको राज्य सन्देश न. ३७ को संख्या पनि लेख्न, सम्झाउनुहोस्।
१५ मि: स्कूलका साथीहरूलाई कसरी प्रचार गर्ने होला? अप्रिल ८, २००२ अंकको ब्यूँझनुहोस्!-को पृष्ठ १०-१२ मा आधारित भाषण र श्रोतासित छलफल। स्कूलका साथीहरूलाई प्रचार गर्दा बटुलेका चाखलाग्दा अनुभवहरू बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्।
२० मि: राज्य सन्देश न. ३७ प्रस्तुत गर्दा प्राप्त भएका अनुभवहरू। श्रोतालाई राज्य सन्देश न. ३७ वितरण गर्दा प्रोत्साहनजनक अनुभवहरू प्राप्त भएका छन् कि, सोध्नुहोस्। अहिलेसम्म कति इलाका ढाकिसक्यो र नोभेम्बर १२ भित्रमा पूरै इलाका ढाक्न के-कसो गर्नुपर्छ बताउनुहोस्। बाइबलले सिकाउँछ किताब चलाएर पुनःभेट गरेको प्रदर्शन देखाउनुहोस्। आफूले वितरण गरेर नसकेका राज्य सन्देश-का प्रतिहरू अभियान सिद्धिनुअघि नै फिर्ता दिन प्रकाशकहरूलाई सम्झाउनुहोस् ताकि अरूले ती चलाउन सक्नेछन्।
गीत २६ (२१२) र समापन प्रार्थना।
नोभेम्बर ६ मा सुरु हुने हप्ता
गीत ११ (८५)
१० मि: स्थानीय घोषणा। जनवरी २००५, हाम्रो राज्य सेवकाई-को पृष्ठ ५ मा दिइएका सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर नोभेम्बर महिनाको बीचदेखि बाइबलका कथाहरू भएको मेरो पुस्तक कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। समयले भ्याएमा श्रोतालाई उक्त पुस्तक क्षेत्रमा वा आफ्नै परिवारमा चलाउँदा प्राप्त असल नतिजाहरूबारे टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्।
१५ मि: आफ्नो वैवाहिक समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्। नोभेम्बर १, २००६ अंकको प्रहरीधरहरा-को पृष्ठ २०-२३ मा आधारित प्राचीनद्वारा भाषण।
२० मि: वचन प्रचार गर्दा स्फूर्ति पाइन्छ। जनवरी १५, २००२ अंकको प्रहरीधरहरा-को पृष्ठ ८-९ मा आधारित भाषण र श्रोतासित छलफल। सेवकाईले कसरी स्फूर्ति प्रदान गर्न सक्छ, त्यो बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्। एक/दुइटा टिप्पणी पहिल्यै मिलाउन पनि सकिन्छ।
गीत १६ (१४३) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।