प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 नोभेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००६
  • उपशीर्षकहरू
  • नोभेम्बर १३ मा सुरु हुने हप्ता
  • नोभेम्बर २० मा सुरु हुने हप्ता
  • नोभेम्बर २७ मा सुरु हुने हप्ता
  • डिसेम्बर ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००६
km06 नोभेम्बर पृ. २

सेवा सभाको तालिका

नोभेम्बर १३ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणा। पृष्ठ १२ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर नोभेम्बर १ को प्रहरीधरहरा र अक्टोबर – डिसेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनमा, “म तपाईंहरूको कामसित राम्ररी परिचित छु” भन्‍ने वार्तालाप बाधकलाई कसरी जवाफ दिन सकिन्छ, देखाउनुहोस्‌।— कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने, पृष्ठ १२ हेर्नुहोस्‌।

२० मि: सुसमाचारका सेवकहरू। पृष्ठ ७-१० को परिशिष्टमा आधारित भाषण र श्रोतासित छलफल।

१५ मि: “साहसी तैपनि शान्तिमा रहने।”a

गीत ४ (४३) र समापन प्रार्थना।

नोभेम्बर २० मा सुरु हुने हप्ता

गीत २१ (१९१)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: डिसेम्बर महिनामा महान पुरुष पुस्तक प्रस्तुत गर्ने। श्रोतासित छलफल। श्रोताहरूलाई महान पुरुष पुस्तकको कुन चाहिं कुरा मन पर्छ र यो पुस्तक प्रस्तुत गर्दा बटुलेका चाखलाग्दा अनुभवहरू बताउन आमन्त्रित गर्नुहोस्‌। जनवरी २००५, हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका नमुना प्रस्तुतिहरू पुनरावृत्ति गर्नुहोस्‌। नमुना प्रस्तुति वा इलाका सुहाउँदो अन्य कुनै प्रभावकारी प्रस्तुति चलाएर पुस्तक कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌।

गीत ५ (४६) र समापन प्रार्थना।

नोभेम्बर २७ मा सुरु हुने हप्ता

गीत ८ (५३)

 ५ मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌।

१० मि: परमेश्‍वरलाई खुसी पार्ने अनुदानहरू। नोभेम्बर १, २००५, प्रहरीधरहरा, पृष्ठ ८-१२ मा आधारित प्राचीनद्वारा भाषण।

१५ मि: “पत्रिका प्रस्तुत गर्न कसरी तयारी गर्ने।”b पृष्ठ १२ मा दिइएका प्रस्तुतिहरूमध्ये (डिसेम्बर १, प्रहरीधरहरा वा अक्टोबर - डिसेम्बर ब्यूँझनुहोस्‌!-को लागि) एउटा छानेर त्यसलाई क्षेत्रमा कसरी चलाउने र आफ्नै शब्दमा कसरी भन्‍ने भनी दुई प्रकाशकहरू कुरा गरिरहेको प्रदर्शन देखाउनुहोस्‌। अनि त्यसपछि भर्खरै छलफल गरेको लेखमा भनिएझैं उनीहरूले आफ्नो इलाका सुहाउँदो अर्को लेख प्रस्तुत गर्न कसरी तयारी गर्छन्‌, देखाउनुहोस्‌। दुई प्रकाशकहरू पति-पत्नी भए बेस र यो प्रदर्शन तीन मिनेट लामो हुनुपर्छ।

१५ मि: “रगतका सूक्ष्म तत्त्व अनि आफ्नै रगत प्रयोग हुने उपचारहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?” प्रश्‍न-उत्तर र प्रदर्शन। यो भाग प्रस्तुत गर्ने प्राचीनले शाखा कार्यालयबाट प्राप्त रूपरेखाअनुसारै गर्नुपर्छ।

गीत २५ (२०४) र समापन प्रार्थना।

डिसेम्बर ४ मा सुरु हुने हप्ता

गीत २३ (२००)

१० मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई नोभेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्‌।

१५ मि: “प्रकाश—त्यसको चरमोत्कर्ष निकट!”c मण्डलीका प्रकाशकहरूलाई यस किताबको विशेष पक्षहरू जस्तै, पेटी र चित्रहरूबाट पूरापूर फाइदा उठाउन प्रोत्साहन दिनुहोस्‌। हरेक अध्ययनको अन्तमा त्यस दिन सिकेको पाठ बाइबलबाटै पुनरावृत्ति गर्नुपर्छ।

२० मि: बाइबलबाटै जवाफ दिनुहोस्‌। अगस्त १५, २००२, प्रहरीधरहरा-को पृष्ठ १७-१८ मा “हामीले सिकाउने सत्यप्रति प्रेम देखाउने” उपशीर्षकमा आधारित भाषण र श्रोतासित छलफल। प्रत्येक प्रश्‍नको जवाफ दिन श्रोतालाई आमन्त्रित गर्नुहोस्‌। “तिमीहरू किन क्रिसमस मनाउँदैनौ?” भनी सोध्ने आफ्नो सहकर्मीलाई बाइबलले सिकाउँछ किताबको पृष्ठ १५६-१५८, अनु. ६-१०, चलाएर एक प्रकाशकले बाइबलबाटै जवाफ दिएको प्रदर्शन देखाउनुहोस्‌।

गीत ८ (५३) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने