ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर २५, २००६ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले नोभेम्बर ६ देखि डिसेम्बर २५, २००६ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [नोट: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. तपाईंको समापनले किन श्रोताहरूले के गर्नुपर्छ भनी देखाउनै पर्छ? [ht-NP पृ. ७९-८०, अनु. ४, ६]
२. समयलाई होसियारीसाथ ध्यान दिइएन भने नतिजा कस्तो हुन्छ? [ht-NP पृ. ८२, अनु. १७]
३. आफ्नो भाषण ठीक समयको छ भनेर एक जना व्यक्तिले कसरी पक्का गर्न सक्छ? [ht-NP पृ. ८३, अनु. २६]
४. निर्धक्कपन र विश्वस्तता कसरी सिक्न सकिन्छ? [ht-NP पृ. ८६, अनु. ६]
५. उपयुक्त पहिरन तथा कोरीबाटीबारे कस्तो सल्लाह दिइएको छ? [ht-NP पृ. ८८, अनु. १६]
असाइनमेन्ट न. १
६. आज हामीलाई यहोवाले कसरी अनुशासन दिनुहुन्छ? [wt-NP पृ. १४३, अनु. १६]
७. सँगी विश्वासीको कुनै कार्यले गर्दा हामी खिन्न भएका छौं भने के गर्न सकिन्छ? [wt-NP पृ. १४७, अनु. ८]
८. विवाहहरू स्थायी हुन मदत गर्ने तत्त्वहरू के-के हुन्? [wt-NP पृ. १५२, अनु. ४]
९. प्रारम्भिक मसीहीहरूले संसारको मनोभावबाट टाढै बसेको तर मानिसहरूलाई प्रेम गरेको कुरा कसरी देखाए? [wt-NP पृ. १६१, अनु. ६]
१०. रक्सीको दुरुपयोग नगर्न कुन कुरा अत्यन्तै महत्त्वपूर्ण छ? [w-NP०४ १२/१ पृ. २१, अनु. १३, १४]
साप्ताहिक बाइबल पढाइ
११. “यहोवालाई खोज्नेहरूले” कसरी ‘सबै कुरा जान्दछन्?’ (हितो. २८:५)
१२. कसरी “मूर्ख आफ्नो परिश्रमले आफै थाक्छ”? (उप. १०:१५)
१३. शूलम्मेनी कन्याले आफूलाई कसरी “ढोका लाएको बगैंचा” साबित गरिन् र तिनी अविवाहित मसीही स्त्रीहरूका लागि कसरी असल उदाहरण हुन्? (श्रेष्ठ. ४:१२)
१४. यहोवाले इस्राएलीहरूलाई ‘विवाद सुल्झाउन’ आऊ भन्नुको अर्थ उहाँ आफ्ना मानिसहरूसित सम्झौता गर्न इच्छुक छु भनिरहनुभएको थियो? (यशै. १:१८ख, NW)
१५. यशैया ११:६-९ प्राचीन समयमा कसरी पूरा भयो र यसको ठूलो पूर्ति के हो?