घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। मण्डलीको स्टकमा छ भने बाइबलका कथाहरू भएको मेरो पुस्तक वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पनि प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: छिट्टै पुरानो देखिने वा रंग खुइलिएर जाने १९२ पृष्ठे पुस्तकहरू अथवा सन् १९९१ अघि प्रकाशित कुनै पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। मण्डलीको स्टकमा ती पुराना पुस्तकहरू छैन भने ज्ञान पुस्तक वा जागा रहो! पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष पुस्तक प्रस्तुत गर्नुहोस्। यो पुस्तक छैन भने मृत्यु माथि विजय— के यो तपाईंको लागि सम्भव छ? पुस्तिका प्रस्तुत गर्नुहोस्। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्नुहोस्। बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुहोस्। सिकाउँछ पुस्तकसँग के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा दिनुहोस्।
◼ अब छिट्टै सन् २००७ को स्मरणार्थ निम्तो हरेक मण्डलीलाई आ-आफ्नै भाषामा पठाइनेछ। तपाईंको इलाकामा अरू भाषा बोल्नेहरू छन् र ती भाषामै स्मरणार्थ निम्तो चाहिएमा सकेसम्म छिटो लिटरेचर रिक्वेस्ट फाराम-बाट (S-14) मगाइहाल्नुपर्छ। आफ्नो इलाकाको आवश्यक भाषामा मात्र स्मरणार्थ निम्तो मगाउनुहोस्। निम्तो आसामी, अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, मिजो अनि हिन्दी भाषामा उपलब्ध छ।
◼ कृपया याद गर्नुहोस्, सन् २००८ को स्मरणार्थ उत्सव शनिबार, मार्च २२ मा सूर्यास्तपश्चात् मनाइनेछ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन् भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून् भनेर यो सूचना अहिल्यै दिइएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढंगमा सम्पन्न गर्न भवनमा हुने अन्य गतिविधिहरूले यसमा दखल नपुऱ्याओस् भन्ना खातिर प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ। यो एकदमै महत्त्वपूर्ण उत्सव भएकोले प्राचीनहरूको निकायले स्मरणार्थ भाषण दिने भाइहरू पालैपालो छान्नु वा हरेक वर्ष एउटै भाइलाई भाषण दिन लाउनुको सट्टा योग्य प्राचीनलाई छान्नुपर्छ। तर भाषण दिन सक्ने अभिषिक्त भाइ छन् भने तिनलाई नै छान्नुपर्छ।
◼ उपलब्ध नयाँ प्रकाशन:
लिभ विथ जेहोभाज् डे इन माइन्ड —अंग्रेजी
न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स—यो कलेजी र कालो रंगको नरम जिल्ला भएको पकेट साइजको बाइबल हो। यो क्षेत्रमा वितरण गर्न अनि प्रकाशकहरू दुवैका लागि उपलब्ध छ। कृपया थप जानकारीको लागि अगस्त १, २००५ को पत्र हेर्नुहोस्।
वाच टावर पब्लिकेसन्स इन्डेक्स २००१-२००५—अंग्रेजी
बाइबलले वास्तवमा के सिकाउँछ? —फ्रेन्च