सेवा सभाको तालिका
मार्च १२ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणाहरू। पृष्ठ १० मा दिइएको सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा मार्च १ को प्रहरीधरहरा र जनवरी-मार्चको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्।
१५ मि: कुनै नातेदार बहिष्कृत हुँदा मसीही वफादारिता देखाउनुहोस्। अगस्त २००२ को हाम्रो राज्य सेवकाई, पृष्ठ ३, ४ मा आधारित प्राचीनद्वारा भाषण।
२० मि: “मेरो सम्झनामा यो गर्नेगर।”a अनुच्छेद ३ छलफल गर्दा चासो दिएका व्यक्तिहरूलाई स्मरणार्थ उत्सवमा निम्ताउँदा उनीहरूलाई स्मरणार्थ उत्सवबारे बताउन बाइबलले सिकाउँछ पुस्तक कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे मार्च २००६ को हाम्रो राज्य सेवकाई, पृष्ठ १, अनुच्छेद ३ बाट पनि बताउनुहोस्।
गीत ८ (५३) र समापन प्रार्थना।
मार्च १९ मा सुरु हुने हप्ता
गीत २२ (१३०)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ९ मा भएको “स्मरणार्थ उत्सवका बेला ध्यान दिनुपर्ने कुराहरू”-बाट मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्।
२० मि: आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू। परिशिष्टमा आधारित भाषण र छलफल।
१५ मि: “यसको जवाफ के होला?”b पारिवारिक अध्ययनमा यो लेख कसरी प्रयोग गर्न सकिन्छ, छोटो प्रदर्शन देखाउनुहोस्।
गीत ९ (३७) र समापन प्रार्थना।
मार्च २६ मा सुरु हुने हप्ता
गीत २३ (२००)
१० मि: स्थानीय घोषणाहरू। मार्च महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। पृष्ठ १० मा दिइएका सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा मार्च १ को प्रहरीधरहरा र अप्रिल-जूनको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: पूर्ण-समय सेवाका आनन्दहरू। अप्रिल २००२ को हाम्रो राज्य सेवकाई, पृष्ठ ४ मा आधारित भाषण। हाइस्कूल पास गरेपछि पूर्ण-समय सेवामा लागेका एक/दुई जनासित अन्तरवार्ता लिनुहोस्। उनीहरूले पूर्ण-समय सेवा गर्ने छनौट किन गरे? अनि कस्ता आशिष्हरू पाए?
गीत २६ (२१२) र समापन प्रार्थना।
अप्रिल २ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१० मि: स्थानीय घोषणाहरू। अप्रिल १, २००७, प्रहरीधरहरा को अन्तिम पृष्ठमा भएको निम्तो पुनरावलोकन गर्नुहोस् र चासो दिएका व्यक्तिहरूलाई अप्रिल १५ मा दिइने विशेष जन भाषणमा निम्त्याउन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
२० मि: स्मरणार्थ उत्सवमा आएकाहरूलाई मदत गरिरहनुहोस्। प्राचीनद्वारा भाषण। स्मरणार्थ उत्सवमा आफ्नो मण्डलीमा कति जना आएका थिए, घोषणा गर्नुहोस् र चासो दिने उपस्थित व्यक्तिहरू लगभग कति जना जति थिए, बताउनुहोस्। स्मरणार्थ उत्सवको निम्तो स्वीकारेकाहरूमध्ये अथवा स्मरणार्थ उत्सवपछि बाइबल अध्ययनका लागि परिचारकहरूलाई आग्रह गर्नेहरूमध्ये उल्लेखनीय अनुभवहरू बताउनुहोस्। उपस्थित भएकाहरूलाई कसरी थप आध्यात्मिक मदत दिन सकिन्छ भन्नेबारे सुझाव दिनुहोस्। (km-NP ३/०६ पृ. १, अनु. ५; km-NP २/०५ पृ. ४, अनु. ९; km-NP २/०४ पृ. ५, अनु. १६ हेर्नुहोस्।) उपस्थित भएकाहरूलाई तुरुन्तै भेट्न जान प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: “परिचालक निकायको पत्र” पुनरावलोकन गर्नुहोस्।
गीत २ (१५) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।