घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्नुहोस्। बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई बाइबलले सिकाउँछ? पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुस्तक प्रस्तुत गर्नुहोस्। जून: पारिवारिक आनन्द पुस्तक प्रस्तुत गर्नुहोस्।
◼ मण्डलीहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्!-का नयाँ अंकहरू पाउने बित्तिकै वितरण गरिहाल्नुपर्छ। यसो गर्दा क्षेत्र सेवामा पत्रिकाहरू प्रस्तुत गर्नुअघि प्रकाशकहरू विषयसित परिचित हुन सक्नेछन्।
◼ कुनै प्रकाशक विदेश गएका छन् भने मण्डलीको सेवा समितिले शाखा कार्यालयलाई तुरुन्तै खबर गर्नुपर्छ। उक्त प्रकाशक बस्ने ठाउँ, ठेगाना प्रस्ट खुल्नेगरि सेवा समितिले लेखेर पठाउनुर्छ। थाह छ भने प्रकाशकले संगत गर्ने मण्डलीको नाम पनि लेख्नुहोस्। यो जानकारीसँगै प्रकाशकको रेकर्ड कार्ड र चिठी पनि पठाउनुपर्छ। त्यसपछि शाखाले त्यो प्रकाशक सरेको देशको शाखा कार्यालयलाई ती जानकारी पठाउनेछ। प्रकाशक सर्ने बित्तिकै यस्तो चिठी पठाइहाल्नुपर्छ। नयाँ मण्डलीले खबर गरोस् अनि चिठी पठाउँला भनेर पर्खेर बस्नु हुँदैन। (फेब्रुअरी १९९१ को आवर किङडम मिनिस्ट्री, प्रश्न पेटी हेर्नुहोस्।) प्रकाशक सरुवा हुँदा के-के गर्नुपर्छ भन्ने विषयमा थप जानकारीको लागि जुलाई १, २००६ मितिमा “प्राचीनहरूको सबै निकायको लागि” पठाइएको पत्र हेर्नुहोस्।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले डिसेम्बर, जनवरी र फेब्रुअरी महिनाको लेखा परीक्षण गर्नुपर्छ। लेखा परीक्षण गरिसकेपछि अर्को लेखा रिपोर्टसँगै यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।—Instructions for Congregation Accounting; (S-27) हेर्नुहोस्।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
यहोवाको भजन गाओ–नोटेसन नभएको –मल्यालम
अ स्याटिस्फाइङ् लाइफ–हाउ टु अटेन इट –तामिल, मल्यालम, हिन्दी
जागा रहो! –आसामी, अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, बंगाली, मराठी, मल्यालम र हिन्दी
द गाइडेन्स अफ गड–आवर वे टु प्याराडाइज –उर्दू
परमेश्वर हामीबाट के चाहनुहुन्छ?–उर्दू
सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!(पर्चा न. २७) –उर्दू