प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 मार्च पृ. ७-८
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 मार्च पृ. ७-८

परिचालक निकायको पत्र

येशूजस्तै हामी पनि “तपाईंको नाउँ पवित्र गरियोस्‌” भनेर परमेश्‍वरलाई व्यग्र प्रार्थना गर्छौं। यस प्रार्थनाबमोजिम जीवन बिताउने उत्कट चाहना गर्छौं भनेर हामी आफ्नो जीवनशैलीद्वारा प्रमाण दिन्छौं। परमेश्‍वरको नाउँ यहोवा हो भन्‍ने जानेर मात्र पुग्दैन। हामीले उहाँको नाउँ महिमा गर्ने हर मौकाको फाइदा उठाउनै पर्छ। किनकि यहोवाका साक्षीहरू भनेर चिनिने विशेष सम्मान हामीले मात्र पाएका छौं।—मत्ती ६:९; यशै. ४३:१०.

यहोवाका जनहरू उहाँले आदेश दिनुभएको काम भजन ११०:३ मा भनेझैं राजीखुसीले पूरा गर्छन्‌। हरेक उमेर अनि हरेक पृष्ठभूमिका मानिसहरू प्रचारकार्यमा व्यस्त छन्‌। किन? मुख्यतः परमेश्‍वरप्रतिको माया र भक्‍तिले गर्दा। यहोवालाई ‘आफ्नो सम्पूर्ण मन, प्राण अनि शक्‍तिले माया गर्नू’ भनेर व्यवस्था ६:५, ६ मा हामीलाई आदेश दिइएको छ। हृदयबाटै उत्पन्‍न हुने यस्तो प्रेमले हामीलाई आफ्नो समय, शक्‍ति अनि सम्पत्ति खर्च गरेर परमेश्‍वरको राज्यसित सम्बन्धित कामहरूलाई अघि बढाउन अनि यथाशक्य सेवकाईमा भाग लिन उत्प्रेरित गर्छ।

यहोवा सबै मानिसलाई माया गर्नुहुन्छ, त्यसैकारण त, उहाँले आफ्नो राज्यको सुसमाचार सारा संसारमा घोषणा गर्न लगाउनुभएको छ। उहाँ कोही पनि नष्ट नहोस्‌ तर सबैले आफ्नो गलत मार्ग त्यागी परमेश्‍वरतिर फर्केर बाँचोस्‌ भन्‍ने इच्छा गर्नुहुन्छ। (२ पत्रु. ३:९) यहोवा भन्‍नुहुन्छ: “दुष्टको मृत्यु म चाहन्‍नँ, बरु दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिओस्‌ भन्‍ने म चाहन्छु।” (इज. ३३:११) तसर्थ, हामी प्रचारकार्यमा व्यस्त हुनु, यहोवा सबैलाई माया गर्नुहुन्छ भन्‍ने प्रमाण हो। अनि यस्तो महत्त्वपूर्ण काममा व्यस्त हुँदा हामी निश्‍चय नै आनन्दित अनि सन्तुष्ट हुन्छौं।

यहोवाको प्रेरित वचन पवित्र बाइबललाई हामी कसरी लिन्छौं, त्यसले पनि उहाँलाई हामी कति धेरै माया गर्छौं, त्यो प्रकट गर्छ। बाइबल नहुँदो हो त याकूब ४:८ मा भनेझैं हामी उहाँलाई चिन्‍न र घनिष्ठ हुन सक्ने थिएनौं। हामी यहाँ किन छौं र हाम्रो भविष्य कस्तो छ, थाह पाउने थिएनौं। हाम्रो समस्याको मूल कारण नै हाम्रो पुर्खा आदम हो भनेर पनि जान्‍ने थिएनौं। (रोमी ५:१२) परमेश्‍वरले हाम्रो छुटकाराको लागि आफ्नो एक मात्र पुत्र बलिदान दिनुभएर हामीलाई धेरै माया गर्नुभयो भनेर पनि बुझ्ने थिएनौं। यहोवाले हामीलाई यी जानकारीबाहेक अन्य तरिकाहरूबाट पनि उहाँको ज्ञान, बुद्धि अनि समझ दिइरहनुभएको छ। त्यसैकारण, उहाँले हामीलाई उपहारस्वरूप दिनुभएको प्रेरित वचनको हामी कत्ति कदर गर्छौं! यस अनमोल उपहारप्रति कृतज्ञ हुँदै हामी उहाँको वचन पढ्‌न, अध्ययन गर्न र मनन गर्नको लागि “समय” निकाल्न उत्प्रेरित हुन्छौं। (एफि. ५:१५, १६; भज. १:१-३) दिनहुँ परमेश्‍वरको वचन पढ्‌ने समय निकाल्न हामी झिजो मान्दैनौं। वास्तवमा, परमेश्‍वरप्रतिको प्रेमले हामीलाई उहाँको वचन पढ्‌न उत्सुक बनाउनुपर्ने हो। किनकि त्यसो गर्दा हामी उहाँलाई अझ राम्ररी चिन्छौं र अझ धेरै माया गर्न थाल्नेछौं।

आदमले परमेश्‍वरविरुद्ध पाप गरेकोले हामी सबै दुःखद्‌ अनि आशाविहीन अवस्थामा पऱ्‍यौं भनेर हामीले बाइबलबाट सिक्यौं। तर परमेश्‍वर सबै मानिसलाई यस्तो अवस्थाबाट निकाल्न सक्नुहुन्छ त्यसैले आफ्नो उद्देश्‍य पूरा गर्न उहाँले एउटा प्रबन्ध पनि मिलाउनुभएको छ।—उत्प. ३:१५.

हामी सबै हाम्रो परमेश्‍वरको वैभवशाली नाउँ पवित्र पार्ने उत्कट इच्छा गर्छौं। यहोवा कत्ति प्रशंसनीय परमेश्‍वर हुनुहुन्छ भनेर जत्ति थाह पाउँछौं, उहाँको महान्‌ नाउँ अनि उद्देश्‍यबारे सबैलाई बताउने काममा हामी उहाँ र उहाँको संगठनलाई सघाउन उत्ति नै उत्प्रेरित हुन्छौं। फलतः उहाँको अनुमोदन अनि समर्थन अहिले मात्र होइन, भविष्यमा पनि पाइरहनेछौं भनेर हामी ढुक्क हुन सक्छौं।

हामी परिचालक निकायका सदस्यहरू तपाईं प्रिय भाइबहिनीलाई माया गर्छौं भनेर विश्‍वस्त हुनुहोस्‌। “महा सङ्‌कष्ट” आउनुअघि नै सकेजति धेरै मानिसहरूलाई सुसमाचार सुनाउन तपाईंहरूले साँच्चै ठूलो प्रयास गरिरहनुभएको छ। (प्रका. ७:१४) तपाईंहरूको यस्तो प्रयासले गर्दा नै अरू थुप्रै मानिसहरूले अनन्त जीवनतर्फ डोऱ्‍याउने यहोवा अनि येशूको ज्ञान हासिल गर्ने मौका पाइरहेका छन्‌। तपाईंहरूको यस्तो लगनशील प्रयासको हामी गहिरो कदर गर्छौं भनेर ढुक्क हुनुहोस्‌।—यूह. १७:३.

तपाईंका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने