ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २५, २००७ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले मे ७ देखि जून २५, २००७ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [नोट: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. किन तीन थुप्रो मुख्य बुँदाहरू राख्नु हुँदैन? [ht-NP पृ. ४०, अनु. १४]
२. श्रोतासित सम्पर्क राख्नु भनेको के हो? [ht-NP पृ. ४२, अनु. २-३]
३. रूपरेखा प्रयोग गरेर भाषण दिन सिक्नु किन महत्त्वपूर्ण छ? [ht-NP पृ. ४४, अनु. १०]
४. सरर्र पढ्न सक्ने हुनको लागि तपाईं के गर्न सक्नुहुन्छ? [ht-NP पृ. ४७, अनु. ७]
५. अनुच्छेदको पढाइलाई हामी कसरी स्वस्फूर्त भाषणजस्तै सुनिने बनाउन सक्छौं? [ht-NP पृ. ५०, अनु. २१]
असाइनमेन्ट न. १
६. पति र पत्नीको बेग्लाबेग्लै धर्म भए तापनि विवाह सफल हुन सक्छ? (१ कोरिन्थी ७:१२-१४) [w-NP०५ ३/१ पृ. १८, अनु. ११]
७. जवान शासकलाई येशूले कस्तो सल्लाह दिनुभयो र किन? (मत्ती १९:१६-२१) [w-NP०५ ३/१५ पृ. १३, अनु. १३]
८. लूका १७:७-१० मा येशूले बताउनुभएको दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौं? [w-NP०५ ३/१५ पृ. १८-१९, अनु. ११, १२]
९. पावलले एफिसी १:९, १० मा उल्लेख गरेका “प्रबन्ध[को]” उद्देश्य के हो? [wt-NP पृ. १८६, अनु. ६]
१०. मसीही एकतामा योगदान पुऱ्याउने कुराहरू के-के हुन्? [wt-NP पृ. ९, अनु. १०]
साप्ताहिक बाइबल पढाइ
११. यर्मिया ३७:२१ मा बताइएको यर्मियाको अनुभवबाट हामी कस्तो आश्वासन पाउन सक्छौं?
१२. यहोवाले नै “मेरो दुःखमाथि दुःख थपिदिनुभयो” र त्यसैले गर्दा “म थाकिसकें” भनेर बारूकले भन्नुको कारण के हुन सक्छ अनि तिनले सुरुमा कस्तो प्रतिक्रिया देखाए? (यर्मि. ४५:१-५)
१३. बेबिलोन कहिले निर्जन भयो अनि “बिलकुलै सर्वनाश” भयो? (यर्मि. ५०:१३)
१४. विलाप ३:८, ९, ४२-४५ मा प्रार्थनाबारे कस्तो सिद्धान्त प्रस्ट पारिएको छ?
१५. इजकिएल अध्याय १ मा वर्णन गरिएको रथले कुन कुराको चित्रण गर्छ?