प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अगस्त पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००७
  • उपशीर्षकहरू
  • अगस्त १३ मा सुरु हुने हप्ता
  • अगस्त २० मा सुरु हुने हप्ता
  • अगस्त २७ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००७
km07 अगस्त पृ. २

सेवा सभाको तालिका

अगस्त १३ मा सुरु हुने हप्ता

गीत ८ (५३)

१५ मि: स्थानीय घोषणा। पृष्ठ १० मा दिइएको सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा अगस्त १ को प्रहरीधरहरा र जुलाई-सेप्टेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शनी देखाउनुहोस्‌। यस अंकको राज्य सेवकाई पृष्ठ ५, अनुच्छेद ३ मा भएको सुझावअनुसार पुनःभेटमा जवाफ दिनको लागि एउटा प्रश्‍न छोडेर आएको एउटा प्रदर्शनी देखाउनुहोस्‌। “नयाँ क्षेत्रीय सम्मेलन” छलफल गर्नुहोस्‌। क्षेत्रीय सम्मेलन हुने मिति थाह छ भने, बताउनुहोस्‌।

१५ मि: “ईश्‍वरतान्त्रिक अधीनताबाट लाभ उठाउने।” यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको अध्याय १५ मा आधारित भाषण र श्रोतासित छलफल। (यस राज्य सेवकाई-को पृष्ठ ३, ४ हेर्नुहोस्‌।)

१५ मि: “परिवार मिलेर यहोवाको उपासना गर्ने।”a सपरिवार प्रचारमा गएर कसरी लाभ उठाए, श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्‌। एक-दुइटा टिप्पणी पहिल्यै तयार पार्न सकिन्छ।

गीत २२ (१३०) र समापन प्रार्थना।

अगस्त २० मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणा। “नयाँ विशेष सम्मेलन दिन” छलफल गर्नुहोस्‌। विशेष सम्मेलन हुने मिति थाह छ भने, बताउनुहोस्‌।

१५ मि: सेप्टेम्बर महिनामा पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्नुहोस्‌। श्रोतासित छलफल। सेप्टेम्बर महिनामा हामी बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्नेछौं र पहिलो भेटमै घरधनीसित केही अनुच्छेद छलफल गर्ने प्रयास गर्नेछौं। हाम्रो राज्य सेवकाई, जनवरी २००६ को परिशिष्टमा दिइएका सुझावहरू पुनरावृत्ति गर्नुहोस्‌। पहिलो भेटमै कसरी बाइबल अध्ययन सुरु गर्ने भनेर एउटा वा दुइटा प्रदर्शनी देखाउनुहोस्‌।

२० मि: “मण्डली पुस्तक अध्ययनले हामीलाई कसरी मदत गर्छ।”b अनुच्छेद ५ छलफल गर्दा सेवा निरीक्षकले प्रत्येक महिना विभिन्‍न पुस्तक अध्ययन समूहमा भ्रमण गर्ने प्रबन्धबारे बताउनुहोस्‌। त्यस हप्ताको अन्तमा सेवा निरीक्षक त्यस समूहका प्रकाशकहरूसँग प्रचारमा जानेछन्‌ र भाइबहिनीहरूलाई पुनःभेट र बाइबल अध्ययनमा मदत गर्नेछन्‌ भनेर जानकारी दिनुहोस्‌।

गीत १६ (१४३)र समापन प्रार्थना।

अगस्त २७ मा सुरु हुने हप्ता

गीत ११ (८५)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझेको पत्र पढ्‌नुहोस्‌। यस राज्य सेवकाई-को पृष्ठ १० मा दिइएको सुझावअनुसार वा तपाईंको इलाकाको लागि उपयुक्‍त हुने तरिकामा सेप्टेम्बर १ को प्रहरीधरहरा र जुलाई-सेप्टेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शनी देखाउनुहोस्‌।

१० मि: “अधर्मको धनले मित्रहरू बनाओ।” प्रहरीधरहरा, डिसेम्बर १, १९९४ पृष्ठ १३-१८ मा आधारित प्राचीनद्वारा भाषण।

२५ मि: “नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य।”c हालसालै सहायक अग्रगामी सेवा गरेका एक-दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। सहायक अग्रगामी सेवा गर्न तिनीहरूले आफ्नो काममा के-कस्ता छाँटकाँट गरे? तिनीहरूले कस्तो लाभ उठाए? अन्तरवार्ता दिने दुईमध्ये एक जनाचाहिं परिवारका अरू सदस्यको मदतले गर्दा सहायक अग्रगामी सेवा गर्न सकेका प्रकाशक भए बेस हुन्छ। क्षेत्रीय निरीक्षकको भ्रमणको मिति थाह छ भने, अनुच्छेद ९ छलफल गर्दा बताउनुहोस्‌।

गीत ९ (३७) र समापन प्रार्थना।

सेप्टेम्बर ३ मा सुरु हुने हप्ता

गीत ७ (५१)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अगस्त महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

१५ मि: “हामीले पाएको सुअवसरको कदर गरौं!”d समय पुग्छ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोताहरूलाई निम्त्याउनुहोस्‌।

२० मि: “पत्रिका स्वीकार्ने व्यक्‍तिसित कसरी बाइबल अध्ययन सुरु गर्ने।”e अनुच्छेद २ मा दिइएको सुझावहरूबाट कुनै एउटा छोटो प्रदर्शनी देखाउनुहोस्‌। घरधनीलाई अध्ययनको प्रबन्धबारे प्रदर्शन गरेर देखाइसकेपछि दुई चोटि अध्ययन सञ्चालन भएको छ र निरन्तर अध्ययन हुनेछ जस्तो लागेमा त्यो अध्ययन रिपोर्ट गर्न सकिन्छ भनेर प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

गीत २ (१५) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने