प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अगस्त पृ. १०
  • मण्डली पुस्तक अध्ययनले हामीलाई कसरी मदत गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मण्डली पुस्तक अध्ययनले हामीलाई कसरी मदत गर्छ
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • मण्डली पुस्तक अध्ययन —हामीलाई किन यो चाहिन्छ?
    हाम्रो राज्य सेवकाई—२००४
  • मण्डली पुस्तक अध्ययन निरीक्षकहरूले कसरी व्यक्‍तिगत चासो देखाउँछन्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • क्षेत्र सेवा समूहबाट कसरी लाभ उठाउन सकिन्छ?
    हाम्रो राज्य सेवा—२०१२
  • हाम्रो मण्डली पुस्तक अध्ययन सञ्चालकलाई सहयोग गर्नु
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अगस्त पृ. १०

मण्डली पुस्तक अध्ययनले हामीलाई कसरी मदत गर्छ

१. प्रत्येक हप्ता सञ्चालन हुने पाँचवटा सभाले हामीलाई कसरी मदत गर्छ?

१ प्रत्येक हप्ता सञ्चालन हुने पाँचवटा सभाको उद्देश्‍य अनि सञ्चालन गर्ने तरिका फरक छ। तैपनि यी पाँचैवटा सभा महत्त्वपूर्ण छन्‌। किनकि ती सबैले हामीलाई ‘प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्न’ मदत गर्छ। (हिब्रू १०:२४, २५) मण्डली पुस्तक अध्ययनका केही बेजोड अनि लाभदायी पक्ष के-के हुन्‌?

२. पुस्तक अध्ययन समूह सानो हुने भएकोले के-कस्तो फाइदा हुन्छ?

२ आध्यात्मिक तवरमा उन्‍नति गर्न मदत गर्छ: अरू सभाको तुलनामा मण्डली पुस्तक अध्ययन समूहमा धेरै कम मानिस हुन्छन्‌। त्यसैले हामीलाई आध्यात्मिक तवरमा मदत गर्ने साथीहरू बनाउन सजिलो हुन्छ। (हितो. १८:२४) के तपाईंले आफ्नो समूहका सबैलाई चिन्‍ने कोसिस गर्नुभएको छ? चिन्‍नुभएको छैन भने पुस्तक अध्ययन समूहका प्रत्येक सदस्यलाई प्रचारमा सँगै जाने प्रस्ताव राखेर चिन्‍ने प्रयास गरे कसो होला? पुस्तक अध्ययनको प्रबन्धले गर्दा पुस्तक अध्ययन निरीक्षकले समूहका प्रत्येकको परिस्थिति बुझेर आवश्‍यक प्रोत्साहन दिन पनि सजिलो हुन्छ।—हितो. २७:२३.

३. पुस्तक अध्ययनको प्रबन्धले टिप्पणी दिन कसरी प्रोत्साहित गर्छ र साथै बाइबल विद्यार्थीहरूलाई पनि उपस्थित हुन कसरी प्रोत्साहित गर्छ?

३ के तपाईंले आफ्नो बाइबल विद्यार्थीलाई पुस्तक अध्ययन सभाको निम्तो दिनुभएको छ? ठूलो सभामा जान हिचकिचाउनेहरू स-सानो समूहमा हुने सभामा र त्यसमा पनि विशेषगरि निजी घरहरूमा हुने सभामा उपस्थित हुन त्यति अप्ठेरो मान्दैनन्‌। पुस्तक अध्ययनको वातावरण मित्रैलो हुने भएकोले केटाकेटीहरू र नवजिज्ञासुहरूलाई टिप्पणी गर्न सजिलो हुन्छ। समूह सानो भएकोले हामीले टिप्पणी गरेर यहोवाको प्रशंसा गर्ने प्रशस्त मौका पाउँछौं।—भज. १११:१.

४. के-कस्ता सुविधालाई ध्यानमा राखेर पुस्तक अध्ययन समूहको प्रबन्ध गरिन्छ?

४ प्रकाशकहरूलाई पायक पर्ने ठाउँमै पुस्तक अध्ययनको प्रबन्ध प्रायः मिलाइएको हुन्छ। सबैलाई जहाँ-जहाँ पायक पर्छ, त्यहीं-त्यहीं खटाउन सम्भव नभए तापनि कसैले पनि मण्डलीका अरू सभाहरूमा उपस्थित हुँदा जस्तो धेरै यात्रा गर्नुपर्ने चाहिं हुँदैन। पुस्तक अध्ययन हुने ठाउँलाई क्षेत्र सेवाको सभाको लागि भेला हुने उपयुक्‍त स्थानको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

५. प्रचारकार्यमा अझ दक्ष हुन पुस्तक अध्ययन निरीक्षकले कसरी मदत गर्न सक्छन्‌?

५ प्रचारमा जान मदत गर्छ: समूहका सबै जनाले नियमित तवरले फलदायी प्रचारकार्यमा भाग लेऊन्‌ र सबैले प्रचारकार्यबाट आनन्द उठाउन सकून्‌ भन्‍ने इच्छा पुस्तक अध्ययन निरीक्षकले राखेका हुन्छन्‌। त्यसैकारण, तिनले आफ्नो समूहका सबैसित प्रचारमा जाने प्रयास गर्छन्‌ र घर-घरको प्रचार, पुनःभेट वा बाइबल अध्ययनमध्ये कुन क्षेत्रमा मदत गर्नुपर्ने हो, ध्यान दिन्छन्‌। प्रचारकार्यको कुनै खास पक्ष जस्तै—पुनःभेट गर्न तपाईंलाई असाध्यै गाह्रो लाग्छ भने, त्यसबारे पुस्तक अध्ययन निरीक्षकलाई बताउनुहोस्‌। हुनसक्छ, तिनले समूहका अनुभवी प्रकाशकलाई तपाईंसित काम गर्न खटाउन सक्छन्‌। पुस्तक अध्ययन निरीक्षकले अध्ययन सञ्चालन गर्दा प्रयोग गर्ने असल तरिकाहरूलाई राम्ररी ध्यान दिनुभयो भने तपाईं बाइबल अध्ययन सञ्चालन गर्न अझ सिपालु हुनुहुनेछ।—१ कोरि. ४:१७.

६. हामीले किन पुस्तक अध्ययनको प्रबन्धबाट पूरापूर फाइदा उठाउने कोसिस गर्नुपर्छ?

६ मण्डली पुस्तक अध्ययन वास्तवमै मायालु प्रबन्ध हो। यहोवाले गर्नुभएको यस मायालु प्रबन्धले अहिले कठीन समयमा आध्यात्मिक तवरमा बलियो हुन मदत गर्छ।—भज. २६:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने