ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त २७, २००७ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले जुलाई २ देखि अगस्त २७, २००७ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
वक्तृत्व कला
१. सुसंगतको अर्थ के हो? [ht-NP पृ. ५३ अनु. २]
२. तपाईंले युक्तिसंगत क्रममा विषयवस्तु प्रस्तुत गर्नुभएको छ भनेर कसरी पक्का गर्न सक्नुहुन्छ? [ht-NP पृ. ५५ अनु. १४]
३. चित्तबुझ्दो तर्क भनेको के हो? [ht-NP पृ. ५७ अनु. १]
४. प्रमाणिक पुष्टि दिंदा तपाईंले कुन कुरा पक्का गर्नै पर्छ? [ht-NP पृ. ५९ अनु. १०]
५. कहाँ जोड दिने भन्ने कुरामा के समावेश छ? [ht-NP पृ. ६२ अनु. ३]
असाइनमेन्ट न. १
६. यहोवाले हाम्रो खातिर आफ्नो पुत्रमार्फत छुडौतीको बलिदानको प्रबन्ध गर्नुभएको हुँदा हामीमा कस्तो असर पर्नुपर्ने हो? [wt-NP पृ. १८ अनु. ९]
७. अन्याय सहन कुन गुण चाहिन्छ? [w-NP०५ ६/१ पृ. २९ अनु. ४]
८. आत्मकेन्द्रित मनोभावले कतातिर धकेल्न सक्छ? (रोमी २:१; १४:४, १०) [w-NP०५ ६/१ पृ. १३ अनु. १५]
९. हामीले कसरी चढाएको सेवा मात्र यहोवाको लागि स्वीकारयोग्य हुनेछ? (मत्ती ५:८) [w-NP०५ ६/१ पृ. १७ अनु. १०]
१०. युवाहरूसित भएको वरदानले परमेश्वरको प्रशंसा गर्न तिनीहरूलाई कसरी सुसज्जित बनाउँछ? [w-NP०५ ६/१५ पृ. २६, अनु. १४]
साप्ताहिक बाइबल पढाइ
११. इजकिएल ९:२-४ मा बताइएको मिहिन कपडा लाएको व्यक्तिले कसलाई प्रतिनिधित्व गर्छ र ‘निधारमा लगाइएको चिन्हले’ कुन कुरा संकेत गर्छ? [w-NP०० १/१ पृ. ११ अनु. ३; wt-NP पृ. १२४ अनु. १०]
१२. मसीहीजगत्का धार्मिक नेताहरू कुन अर्थमा इजकिएल १३:३ मा बताइएझैं ‘आफ्नै मनको कुराको पछि लाग्ने मूर्ख अगमवक्ताहरू” जस्तै छन्? [w-NP९९ १०/१ पृ. १३]
१३. इजकिएल १८:१-२९ मा जिम्मेवारी वहन गर्नुपर्ने सम्बन्धमा कस्तो महत्त्वपूर्ण पाठलाई जोड दिइएको छ? [w-NP०७ ७/१ पृ. १३]
१४. यरूशलेमलाई घेरा हालेर विनाश गरेको समयमा इजकिएल कुन अर्थमा “चूपचाप” वा “गूङ्गो” भएका थिए? (इज. २४:२७; ३३:२२) [w-NP०३ १२/१ पृ. २९]
१५. मागोगको गोग को हो र त्यो कहिले यहोवाका जनहरूको विनाश गर्न अघि सर्छ? (इज. ३८:२, १६) [w-NP९७ ३/१ पृ. १४ अनु. १–पृ. १५ अनु. ३]