प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 सेप्टेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००७
  • उपशीर्षकहरू
  • सेप्टेम्बर १० मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १७ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २४ मा सुरु हुने हप्ता
  • अक्टोबर १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००७
km07 सेप्टेम्बर पृ. २

सेवा सभाको तालिका

सेप्टेम्बर १० मा सुरु हुने हप्ता

गीत ९ (३७)

५ मि: स्थानीय घोषणा।

२० मि: इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌! नोभेम्बर १९९९ को हाम्रो राज्य सेवकाई-को परिशिष्टको अनुच्छेद १०-१८ र २७-३६ मा आधारित प्रश्‍न-उत्तर छलफल। यसलाई दक्ष प्राचीनले सञ्चालन गर्नुपर्छ। अनुच्छेद १२, १३ र १८ पढ्‌नुहोस्‌।

२० मि: “येशूको उदाहरण अनुकरण गर्नुहोस्‌।”a अरूको राम्रो उदाहरणबाट कसरी लाभ उठाउनुभएको छ भनेर श्रोताहरूलाई बताउन निमन्त्रणा दिनुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

सेप्टेम्बर १७ मा सुरु हुने हप्ता

गीत १७ (१८७)

१० मि: स्थानीय घोषणा। पृष्ठ ८ मा दिइएको सुझावअनुसार वा तपाईंको इलाकामा सुहाउने गरी सेप्टेम्बर १ को प्रहरीधरहरा र जुलाई-सेप्टेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने प्रदर्शनी देखाउनुहोस्‌। कुनै एउटा मात्र पत्रिकाको बारेमा बताए पनि दुवै पत्रिका जोडी मिलाएर दिनुपर्छ।

१५ मि: गत सेवा वर्षमा हामीले कस्तो गऱ्‍यौं? सेवकाईमा हासिल गरेका असल कुराहरूमा जोड दिंदै सेवा निरीक्षकले गत सेवा वर्षमा मण्डलीले के-कस्तो गऱ्‍यो, बताउँछन्‌। उचित प्रशंसा गर्नुहोस्‌। आगामी वर्ष सुधार गर्नुपर्ने एक-दुइटा पक्ष बताउनुहोस्‌। अग्रगामीहरूको जोसिलो कामको प्रशंसा गर्दै तिनीहरूले के-कस्ता असल कार्य गरे, बताउनुहोस्‌। निष्क्रियहरूलाई मदत गर्दा प्राप्त भएका असल नतिजाहरू बताउनुहोस्‌।

२० मि: एकताबद्ध भ्रातृत्व। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको अध्याय १६ पृष्ठ १६३-१७० मा आधारित भाषण र श्रोतासित छलफल। (यस राज्य सेवकाईको पृष्ठ ३-६ हेर्नुहोस्‌।)

गीत ११ (८५) र समापन प्रार्थना।

सेप्टेम्बर २४ मा सुरु हुने हप्ता

गीत १८ (१६२)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌।

१५ मि: प्रश्‍न पेटी। श्रोतासित छलफल। प्राचीनले सञ्चालन गर्नुपर्छ। समय पुग्छ भने उल्लिखित पद पढेर छलफल गर्नुहोस्‌।

२० मि: बाइबल अध्ययन सुरु गर्न बाइबलका कुराहरू बुझ्न चाहनुहुन्छ? पर्चा प्रयोग गर्नुहोस्‌। अक्टोबर महिनामा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका प्रस्तुत गरिनेछ। चासो देखाउनेहरूसँग बाइबल अध्ययन सुरु गर्न बाइबलका कुराहरू बुझ्न चाहनुहुन्छ? पर्चा प्रयोग गर्न सकिन्छ। उपस्थित सबैलाई एक-एक प्रति पर्चा दिन पुग्छ भने परिचारकहरूलाई बाँड्‌न लगाउनुहोस्‌ र त्यसपछि छोटो छलफल गर्नुहोस्‌। घरधनीसित उक्‍त पर्चा पूरै अथवा केही भाग छलफल गर्न सकिन्छ। यो छलफल पहिलो भेट मै वा पुनः भेटमा पनि गर्न सकिन्छ। पृष्ठ ८ मा दिइएको सुझावअनुसार वा तपाईंको इलाकामा सुहाउने गरी अक्टोबर १ को प्रहरीधरहरा र अक्टोबर-डिसेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने प्रदर्शनी देखाउनुहोस्‌। एउटा प्रदर्शनीमा घरधनीले पत्रिका लिन नमानेपछि प्रकाशकले बाइबलका कुराहरू बुझ्न चाहनुहुन्छ? भन्‍ने पर्चा दिएको देखाउनुहोस्‌। अर्को प्रदर्शनीमा घरधनीले पत्रिका लिइसकेपछि प्रकाशकले बाइबलका कुराहरू बुझ्न चाहनुहुन्छ? पर्चा दिएको, पृष्ठ ५ सँगै छलफल गरेको, बाइबलले सिकाउँछ किताबको विषय सूची देखाएको, उक्‍त किताब बाइबल अध्ययनको लागि तयार पारेको हो भनेको र किताब प्रस्तुत गरेको देखाउनुहोस्‌।

गीत २९ (२२२) र समापन प्रार्थना।

अक्टोबर १ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। सेप्टेम्बर महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

१५ मि: शाखा कार्यालयको पत्र। यस महिनाको हाम्रो राज्य सेवकाई-को अगाडिको पानामा भएको चिठीमा आधारित भाषण र छलफल। “छुटकारा नजिकै छ” जिल्ला अधिवेशनमा उपस्थित हुन निम्ता बाँडिएको अभियानको अनुभव वा स्मरणार्थ उत्सवमा उपस्थित हुन निम्तो पर्ची बाँडिएको अभियानको अनुभव सुनाउन श्रोताहरूलाई आग्रह गर्नुहोस्‌।

२० मि: “द वाचटावर पत्रिकामा उत्साहप्रद परिवर्तनहरू!”b

गीत ४ (४३) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने