प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 सेप्टेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 सेप्टेम्बर पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्‌। घरधनीले यो पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने यो किताबबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्‌। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू। चासो देखाउने व्यक्‍तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा देखाउनुहोस्‌, दिनुहोस्‌ अनि छलफल गर्नुहोस्‌। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक। घरधनीका छोराछोरी छैनन्‌ भने जागा रहो! पुस्तिका दिनुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। अन्यथा, पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्न सक्नुहुनेछ।

◼ सेप्टेम्बरमा पाँचवटा सप्ताहन्त पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।

◼ वाचटावर पब्लिकेसन्स इन्डेक्स २००६ र वाचटावर लाइब्रेरी—२००७ को संस्करण सीडी-रोम, अब मण्डलीले अर्को साहित्य अर्डर गर्दा मगाउनुपर्छ। कृपया ध्यान दिनुहोस्‌ वाचटावर लाइब्रेरी—२००७ मण्डलीका बप्तिस्माप्राप्त प्रकाशकहरूको लागि मात्र हो, यो मण्डलीमार्फत मात्र उपलब्ध गराइनेछ।

◼ स्मरणार्थ उत्सवताका दिइने सन्‌ २००८ को विशेष भाषण २००८ मार्च ३१ को हप्तामा दिइनेछ। उक्‍त भाषणको विषयबारे पछि घोषणा गरिनेछ। विशेष भाषण दिनुपर्ने हप्ता कुनै मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण परेको छ वा सम्मेलन परेको छ भने त्यसपछिको हप्तामा उक्‍त भाषण दिनुपर्छ। कुनै पनि मण्डलीले सन्‌ २००८ मार्च ३१ भन्दा पहिले यो विशेष भाषण दिनु हुँदैन।

◼ सन्‌ २००८ जनवरी महिनादेखि तेलगु, नेपाली, बंगाली र मराठी भाषामा ब्यूँझनुहोस्‌! पत्रिका प्रकाशित हुनेछैन। कन्‍नडा, गुजराती, पन्जाबी, मल्यालम, तामिल र हिन्दी भाषामा चाहिं त्रैमासिक संस्करणको रूपमा प्रकाशित हुनेछ।

◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले जून, जुलाई र अगस्त महिनाको मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। लेखा परीक्षण गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्ट सुनाउँदा त्यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।—Instructions for Congregation Accounting (S-27) हेर्नुहोस्‌।

◼ ट्रस्ट हुने मण्डलीहरूले म्याद सकिनु अगावै वार्षिक साधारण सभा (AGM) गर्न नबिर्सनुहोस्‌। वार्षिक साधारण सभामा छलफल गरिएका विषयहरू र ट्रस्टका अन्य सभाहरूमा छलफल गरिएका विषयहरूको रेकर्ड मिनेटमा राम्ररी राख्नुपर्छ। ट्रस्टको लेखा परीक्षण चार्टर्ड एकाउन्टेन्टलाई (CA) नै गराउनु बेस हुन्छ। ट्रस्टको लेखा परीक्षणको एक प्रति शाखा कार्यालयलाई पठाउनुपर्छ। आर्थिक वर्ष २००६-२००७ मा खर्च नकटाईकन कूल आय रु. १,००,०००/- भन्दा भएको बढी छ भने प्रचलित कानुनबमोजिम आयकर विभागमा आयकर विवरण दाखिला गर्नुपर्छ। ट्रस्ट आयकर ऐन १९६१ को खण्ड 12A अन्तर्गत दर्ता भएको छ कि छैन पक्का गर्नुहोस्‌। तपाईंको चार्टर्ड एकाउन्टेन्टले आयकर विवरण दाखिला गर्न र खण्ड 12A अन्तर्गत दर्ता गर्न मदत गर्न सक्नेछन्‌।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

यहोवाको भजन गाओ (२९ गीतहरू) —गुजराती

के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६) —कोंकनी (देवनागरी)

◼ पुनः उपलब्ध प्रकाशनहरू:

लर्न फ्रम द ग्रेट टिचर —तामिल

पारिवारिक आनन्दको रहस्य—नेपाली, पन्जाबी, मल्यालम र हिन्दी

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ—अंग्रेजी, तामिल, नेपाली र हिन्दी

तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्‍नति गर्ने —नेपाली

‘गएर चेला बनाओ र बप्तिस्मा देओ’ —बंगाली

यहोवाको भजन गाओ (२९ गीतहरू) —नेपाली

विल सफरिङ एभर इण्ड? (पर्चा न. ७५) —अंग्रेजी, आसामी, कन्‍नडा, गुजराती, तामिल, तेलगु, पन्जाबी, मराठी, मल्यालम र हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने