प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 सेप्टेम्बर पृ. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंले “ठीक समयमा भोजन” पाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • भाग २ को सामग्री
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • भाग १ को सामग्री
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 सेप्टेम्बर पृ. ७

प्रश्‍न पेटी

◼ धर्मशास्त्रीय अनुसन्धान अथवा बहस गर्न भेला हुने साक्षीहरूको स्वतन्त्र समूहलाई “विश्‍वासी र बुद्धिमान दास”-ले समर्थन गर्छ?—मत्ती २४:४५, ४७.

गर्दैन। तैपनि, संसारका विभिन्‍न ठाउँहरूमा संगठनको अनुमति नलिई हाम्रा केही भाइबहिनीले बाइबलसित सम्बन्धित विषयमा अनुसन्धान गर्न समूहहरू गठन गरेका छन्‌। यस्ता केही स्वतन्त्र समूहले न्यु वर्ल्ड ट्रान्सलेसन-को विश्‍लेषण गर्न मौलिक हिब्रू अनि युनानी भाषा अध्ययन गरेका छन्‌। अरू केही समूहले चाहिं बाइबलसित सम्बन्धित वैज्ञानिक विषयहरूको अनुसन्धान गरेका छन्‌। यस्ता समूहले एकअर्काको विचार बुझ्न विभिन्‍न वेबसाइट अनि च्याट रूम तयार पारेका छन्‌। तिनीहरूले सम्मेलन गर्नुका साथै अनुसन्धान गरेका कुराहरूलाई पुस्तक-पुस्तिकाको रूपमा प्रकाशित पनि गरेका छन्‌, अनि हाम्रा मसीही सभा तथा साहित्यहरूमा प्रस्तुत हुने विषयवस्तुलाई प्रस्ट्‌याउने हेतुले विभिन्‍न थप सामग्रीसमेत तयार पारेका छन्‌।

पृथ्वीभरि यहोवाका जनहरूले मण्डलीका सभा, सम्मेलन तथा अधिवेशन अनि यहोवाको संगठनले तयार पारेका साहित्यहरू मार्फत प्रशस्त आध्यात्मिक निर्देशन अनि प्रोत्साहन पाइरहेका छन्‌। आफ्ना जनहरूलाई “एकै मन र एकै विचारमा” एकताबद्ध गराउन अनि “विश्‍वासमा दृढ” बनाउन जे-जति आवश्‍यक छन्‌, त्यो आफ्नो पवित्र आत्मा अनि वचनमार्फत यहोवाले दिइरहनुभएको छ। (१ कोरि. १:१०; कल. २:६, ७) यी अन्तिम दिनमा यहोवाले गर्नुभएका यस्ता आध्यात्मिक प्रबन्धहरूको हामी निश्‍चय पनि कदर गर्छौं। त्यसैले, ‘विश्‍वासी र बुद्धिमान्‌ दासले’ आफ्नो निरीक्षणबाहिर पर्ने कुनै पनि साहित्य, सभा वा वेबसाइटलाई समर्थन गर्दैन।—मत्ती २४:४५-४७.

राज्यको सुसमाचार प्रचार गर्न यदि कसैले आफ्नो ज्ञान वा दिमागको प्रयोग गर्न चाहन्छ भने, त्यो प्रशंसनीय कुरा हो। तर येशू ख्रीष्टले अहिले आफ्नो मण्डलीमार्फत जे-जस्तो काम गरिरहनुभएको छ, त्यसबाट हाम्रो ध्यान अन्तै लैजाने कुनै पनि अनुसन्धान वा अध्ययनमा लाग्नु बेस होइन। प्रथम शताब्दीमा प्रेरित पावलले भने: “नटुँगिने वंशावली” जस्ता समय खाने, थकाइलाग्दा कुराहरूमा नलाग्नू किनकि त्यस्ता कुराहरूले “विश्‍वासमा हुने परमेश्‍वरको प्रबन्धभन्दा बरु सवालजवाफ उठाउँछ।” (१ तिमो. १:३-७) सबै मसीही “मूर्ख सवाल-जवाफ, वंशावली, कथा, कलह र व्यवस्थासम्बन्धी झगडादेखि” अलग बस्नुपर्छ, “किनभने ती व्यर्थ र अनुपकारी हुन्छन्‌।”—ती. ३:९.

बाइबलका विभिन्‍न विषयमा थप अध्ययन अनि अनुसन्धान गर्न चाहनेहरूलाई हामी इन्साइट अन द स्क्रिप्चर्स, “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनिफिसियल” र दानियल, यशैया अनि प्रकाशमा उल्लिखित भविष्यवाणीहरूबारे छलफल गरिएका किताबलगायत त्यस्तै अन्य प्रकाशन हेर्न सिफारिस गर्छौं। बाइबल अध्ययन अनि मनन गर्नका लागि यी प्रकाशनहरू हाम्रा लागि यथेष्ट छन्‌। यसरी ‘विश्‍वासी र बुद्धिमान्‌ दासले’ तयार पारेका साधन चलाएर अध्ययन अनि मनन गऱ्‍यौं भने “आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले पूर्ण” हुन र ‘हर किसिमले खुश पार्नेगरि परमेश्‍वरको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै परमेश्‍वरको ज्ञानमा बढदै जान’ सक्नेछौं।—कल. १:९, १०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने