प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 डिसेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००७
  • उपशीर्षकहरू
  • डिसेम्बर १० मा सुरु हुने हप्ता
  • डिसेम्बर १७ मा सुरु हुने हप्ता
  • डिसेम्बर २४ मा सुरु हुने हप्ता
  • डिसेम्बर ३१ मा सुरु हुने हप्ता
  • जनवरी ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००७
km07 डिसेम्बर पृ. २

सेवा सभाको तालिका

डिसेम्बर १० मा सुरु हुने हप्ता

गीत ५ (४६)

१० मि: स्थानीय घोषणा। पृष्ठ ६ मा दिइएको सुझावअनुसार वा इलाकामा सुहाउने तरिकामा डिसेम्बर १ को प्रहरीधरहरा र अक्टोबर-डिसेम्बरको ब्यूँझनुहोस्‌! को प्रस्तुति देखाउनुहोस्‌।

२० मि: सन्‌ २००८ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल। स्कूल निरीक्षकद्वारा भाषण। अक्टोबर २००७ को हाम्रो राज्य सेवकाई-को परिशिष्टबाट मण्डलीमा लागू गर्नुपर्ने बुँदा छलफल गर्नुहोस्‌। सहायक सल्लाहकारको भूमिकाबारे बताउनुहोस्‌। सबै भाइबहिनीलाई आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्न, बाइबलका विशेषतामा टिप्पणी दिन र तपाईंको बोल्ने तथा सिकाउने क्षमता उन्‍नति गर्ने पुस्तिकाबाट प्रत्येक हप्ता दिइएको सल्लाह लागू गर्न प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “मन भाँचिएकाहरूलाई सान्त्वना दिनुहोस्‌।”a एक-दुइटा स्थानीय अनुभव बताउनुहोस्‌।

गीत ९ (३७)

डिसेम्बर १७ मा सुरु हुने हप्ता

गीत २० (९३)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “हामी प्रचारकार्यमा जोसिलो भइरहनैपर्छ।”b प्रचारमा जोसिलो प्रकाशक भनेर नाम कमाएका भाइ वा बहिनीको अन्तरवार्ता लिनुहोस्‌। यस्ता प्रश्‍न सोध्नुहोस्‌: प्रचारमा जोसिलो भइरहन तपाईंले के-कस्ता प्रयास गर्नुभयो? यसरी जोसिलो भइरहन केले मदत गऱ्‍यो?

२० मि: “सत्यको गवाही दिने पत्रिका प्रस्तुत गर्नुहोस्‌।”c नोभेम्बर २००६ को हाम्रो राज्य सेवकाई पृष्ठ १२ को लेखबाट टिप्पणी गर्न निम्तो दिनुहोस्‌। जनवरी १ को प्रहरीधरहरा पढ्‌न श्रोताहरूलाई प्रोत्साहन दिनुहोस्‌। र अर्को हप्ताको सेवा सभामा उक्‍त पत्रिका ल्याउन सम्झाउनुहोस्‌।

गीत १६ (१४३)

डिसेम्बर २४ मा सुरु हुने हप्ता

गीत २६ (२१२)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। जनवरी महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌ र एउटा सुहाउँदो प्रस्तुति देखाउनुहोस्‌।

१५ मि: नयाँ पत्रिका प्रस्तुत गर्न तयारी गर्नुहोस्‌। जनवरी १ को प्रहरीधरहरा-मा आधारित छलफल। प्रहरीधरहरा-मा भएका लेखहरूबारे छोटकरीमा बताइसकेपछि मण्डलीको इलाकामा कुन-कुन लेख सुहाउँदा छन्‌, श्रोताहरूलाई सोध्नुहोस्‌। अनि भाइबहिनीले प्रचारमा कुन-कुन लेख प्रयोग गर्ने योजना बनाएका छन्‌, बताउन लगाउनुहोस्‌। कुराकानी सुरु गर्न कस्तो प्रश्‍न सोध्न सकिन्छ? लेखमा भएको कुन पद पढ्‌न सकिन्छ? त्यो पद लेखसँग कसरी जोड्‌न सकिन्छ? हाम्रो राज्य सेवकाई-मा दिइएको नमुना प्रस्तुतिको आधारमा वा श्रोताहरूले दिएको सुझावको आधारमा प्रहरीधरहरा-को प्रस्तुति देखाउनुहोस्‌।

२० मि: “बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य बनाउनुहोस्‌।”d हालै नयाँ व्यक्‍तिसित बाइबल अध्ययन सञ्चालन गर्न थालेका एक-दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। अध्ययन कसरी सुरु गरियो? बाइबल विद्यार्थीले कस्तो उन्‍नति गरिरहेको छ?

गीत ८ (५३)

डिसेम्बर ३१ मा सुरु हुने हप्ता

गीत २३ (२००)

१० मि: स्थानीय घोषणा। डिसेम्बर महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

१५ मि: ईश्‍वरीय भक्‍तिको उत्प्रेरक शक्‍ति। जुलाई १५, २००३ को प्रहरीधरहरा पृष्ठ १२-१३, अनुच्छेद ९-१२ मा आधारित प्रोत्साहनजनक भाषण।

२० मि: कष्ट हुँदासमेत आध्यात्मिक सन्तुलन नगुमाउनुहोस्‌। सेप्टेम्बर १, २००६ को प्रहरीधरहरा पृष्ठ १४-१५, अनुच्छेद ५-९ मा आधारित भाषण तथा छलफल।

गीत १ (१३)

जनवरी ७ मा सुरु हुने हप्ता

गीत १३ (१२४)

१० मि: स्थानीय घोषणा।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “सेवाको काम विस्तार गर्ने।”e सेवाको काम विस्तार गरिरहेका भाइबहिनीको टिप्पणी समावेश गर्नुहोस्‌। सेवाको काम विस्तार गर्ने के-कस्ता तरिका खोजे, बताउन लगाउनुहोस्‌। एक-दुइटा टिप्पणी पहिल्यै तयार पार्न सकिन्छ।

गीत २४ (१८५)

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने