घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्नुहोस्। अन्यथा, ज्ञान पुस्तक प्रस्तुत गर्न सक्नुहुनेछ। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न जोडदार प्रयास गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ उत्सवमा र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्न जाने विशेष प्रयास गर्नुहोस्। यसो गर्नुको उद्देश्य ती व्यक्तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो।
◼ मार्च महिनामा पाँचवटा शनिबार पाँचवटा आइतबार भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।
◼ सचिव र सेवा निरीक्षकले नियमित अग्रगामीहरूको क्रियाकलाप निरीक्षण गर्नुपर्छ। कसैले घण्टा पुऱ्याउन सकिरहेका छैनन् भने, प्राचीनहरूले मदतको प्रबन्ध मिलाउनुपर्छ।
◼ सन् २००७ स्मरणार्थ उत्सवको दौडान दिइने विशेष जनभाषणको विषय हुनेछ: “मानिसजातिमाथि शासन गर्न को योग्य छ?” सेप्टेम्बर २००७ अंकको हाम्रो राज्य सेवकाई-मा स्मरणार्थसम्बन्धी घोषणा छ, त्यहाँ पनि हेर्नुहोस्।
◼ लिटरेचर रिक्वेस्ट फारम (S-14) को पेज २ मा उल्लेख गरिएको सबै फारामहरू जस्तै: क्षेत्र सेवा रिपोर्ट (S-4), घर-घरको रेकर्ड (S-8), कंग्रिगेसन्स् पब्लिसर रेकर्ड (मण्डलीको प्रकाशक रेकर्ड कार्ड) (S-21), रिसिप्ट (S-24), कंग्रिगेसन्स् मिटिङ अटेन्डन्स् रेकर्ड (मण्डलीको सभामा उपस्थितिको रेकर्ड कार्ड) (S-88), ईश्वरतान्त्रिक सेवकाई स्कूल असाइनमेन्ट (S-89), एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b), स्वास्थ्य उपचारका लागि स्थायी अख्तियारनामा (dpa) र आइडेन्टिटी कार्ड (ic) मण्डलीका सचिवले पुग्दो राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फारम (S-14) मार्फत अर्डर गर्न सकिन्छ। ती फारामहरू कम्तीमा पनि एक वर्षलाई पुग्नेगरि राख्नुहोस्।
◼ नयाँ उपलब्ध श्रव्य सी डी:
बाइबलले वास्तवमा के सिकाउँछ?—एम पी थ्री —अंग्रेजी
◼ नयाँ उपलब्ध डी भी डी:
दे बोर थरो विट्नेस् टु द गुड न्यूज —अमेरिकी सांकेतिक भाषा
तपाईंको प्रियजनको मृत्यु हुँदा —अमेरिकी सांकेतिक भाषा
परस्यु गोल द्याट अनर गड —अंग्रेजी
सन् २००८ को दैनिक पद र क्यालेन्डर पठाउँदा परस्यु गोल डी भी डीको एक प्रति पनि हरेक मण्डलीलाई पठाइनेछ। यो भिडियो हेर्न चाहने प्रकाशकले मण्डलीको पुस्तकालयबाट पछि फर्काउने गरी लिएर जान सक्छन्। थप प्रतिहरू उपलब्ध भएमा पछि हाम्रो राज्य सेवकाई-मा घोषणा गरिनेछ। त्यसपछि सबै प्रकाशकले अर्डर गर्न सक्नेछन्।