प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 फेब्रुअरी पृ. ११
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००८
  • उपशीर्षकहरू
  • साप्ताहिक बाइबल पढाइ
हाम्रो राज्य सेवकाई—२००८
km08 फेब्रुअरी पृ. ११

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू फेब्रुअरी २५, २००८ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्‌। स्कूल निरीक्षकले जनवरी ७ देखि फेब्रुअरी २५, २००८ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌।

वक्‍तृत्व कला

१. हामी कसरी आफ्नो भाषण व्यावहारिक बनाउन सक्छौं? [ht-NP पृ. १४ अनु. ८]

२. कुरा सरल ढङ्‌गमा बताउनको लागि भाषण तयारी गर्दा के गर्नै पर्छ? [ht-NP पृ. १५ अनु. १५]

३. भाषणको परिचयमा तपाईं कुन तरिका चलाएर विषयप्रति चासो जगाउन सक्नुहुन्छ? [ht-NP पृ. १७ अनु. २]

४. विषयवस्तुअनुसारको आवाज हुनु किन अत्यावश्‍यक छ? [ht-NP पृ. २२ अनु. १२]

५. विरामको महत्त्व कसरी व्याख्या गर्नुहुन्छ? [ht-NP पृ. २२ अनु. १३]

असाइनमेन्ट न. १

६. हामी आफ्नो असिद्धताको बावजुद शैतानले शासन गर्ने संसारमाथि कसरी विजयी हुन सक्छौं? [wt-NP पृ. ७६ अनु. १३]

७. संसारको अनैतिकताबाट परिवारलाई कसरी जोगाउन सकिन्छ? [w-NP०६ १/१ पृ. २७ अनु. ११]

८. समयको हिसाब गर्ने यहोवाको तरिकाले उहाँको कामकुरालाई कसरी असर गर्छ? [w-NP०६ २/१ पृ. १७-१८ अनु. ५]

९. कुन अर्थमा पुनरुत्थान “शुरूका शिक्षा” हो? [wt-NP पृ. ८० अनु. ४]

१०. पुनरुत्थानको आशा कसरी ठूलो बलको स्रोत हुन सक्छ? [wt-NP पृ. ८८ अनु. १६]

साप्ताहिक बाइबल पढाइ

११. के मनमा रीस गुम्साइराख्नुभन्दा रीस पोखाउनु गम्भीर कुरा हो? (मत्ती ५:२१, २२) [w-NP०८ १/१ “यहोवाको वचन जीवित छ—मत्तीको पुस्तकका विशेषताहरू”]

१२. मसीहीहरू कसरी आफ्नो “आँखा निर्मल” राख्छन्‌? (मत्ती ६:२२, २३) [w-NP०६ १०/१ पृ. ३०]

१३. “के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” भनेर चेलाहरूलाई सोध्दा येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (मत्ती १३:५१, ५२) [w-NP०८ १/१ “यहोवाको वचन जीवित छ—मत्तीको पुस्तकका विशेषताहरू”]

१४. येशूले निको भएकाहरूलाई अक्सर “उहाँलाई प्रकट नगराउनू” भनेर कडा आज्ञा किन दिनुभयो? (मत्ती १२:१६) [gt-NP अध्या. ४५]

१५. ‘नापको’ सम्बन्धमा येशूले कुन बुँदा प्रस्ट पार्नुभयो? (मर्कूस ४:२४, २५) [w८० ६/१५ पृ. १२; gt-NP अध्या. ४३]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने