सेवा सभाको तालिका
अप्रिल १४ मा सुरु हुने हप्ता
गीत २७ (२२१)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर अप्रिल १ को प्रहरीधरहरा प्रस्तुत गर्ने तरिका देखाउनुहोस्।
१५ मि: “धन्यवादी होओ।”a समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
२० मि: “शोकमा डुबेकाहरूलाई सान्त्वना दिनुहोस्।”b मृत्युले गर्दा आफूले माया गरेको व्यक्ति गुमाएको कसैलाई सान्त्वना दिएको प्रोत्साहनदायी अनुभव सुनाउन श्रोतालाई आग्रह गर्नुहोस्।
गीत २१ (१९१)
अप्रिल २१ मा सुरु हुने हप्ता
गीत ११ (८५)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? नामको पर्चासँगै पत्रिका कसरी दिने भन्ने विषयमा छोटो प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्। घरधनीले चासो देखाएमा पर्चाको सुरुका पाँच अनुच्छेदतर्फ ध्यान खिच्नुहोस् र बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। स्मरणार्थ उत्सव र विशेष भाषणमा आएका तर बाइबल अध्ययन सुरु नगरेकाहरूलाई नबिर्सनुहोस्। अर्को हप्ताको सेवा सभामा मे १ को प्रहरीधरहरा लिएर आउन र इलाका सुहाउँदो प्रस्तुतिबारे छलफल गर्न तयार भएर आउन भाइबहिनीलाई सम्झाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
२५ मि: “कुन बेला बाइबलै निकालेर पढ्ने र कसरी साहित्यहरू प्रस्तुत गर्ने?”c यसलाई योग्य प्राचीनले सञ्चालन गर्नुपर्छ। स्थानीय परिस्थिति अनुसार लागू हुनेगरि सञ्चालन गर्नुहोस्।
गीत ६ (४५)
अप्रिल २८ मा सुरु हुने हप्ता
गीत १ (१३)
१५ मि: स्थानीय घोषणा। अप्रिल महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्। मे १ को प्रहरीधरहरा-बारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू प्रचारमा चलाउन सकिन्छ र किन, श्रोतालाई सोध्नुहोस्। प्रचार गर्दा भाइबहिनीले चलाउन चाहेको लेखबारे सोध्नुहोस्। कुराकानी सुरु गर्न कस्तो प्रश्न सोध्न सकिन्छ? त्यसपछि लेखमा भएको कुन पद पढ्न सकिन्छ? अनि त्यो पद आफूले सुरुमा सोधेको प्रश्नसँग कसरी जोड्न सकिन्छ? हाम्रो राज्य सेवकाई-मा दिइएको नमुना प्रस्तुतिको आधारमा वा श्रोताले दिएको सुझावको आधारमा प्रहरीधरहरा-को प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: प्रश्न पेटी। श्रोतासँग छलफल।
२० मि: ‘उहाँको पाइलामा टेकेर हिंड्नुहोस्।’d समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
गीत २३ (२००)
मे ५ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१० मि: स्थानीय घोषणा। पृष्ठ ४ मा भएको पेटी छलफल गर्नुहोस्।
१५ मि: यहोवाले तपाईंलाई कुनै रीतिले छोड्नुहुनेछैन। अक्टोबर १५, २००५ को प्रहरीधरहरा पृष्ठ ८-११ मा आधारित प्रोत्साहनजनक भाषण।
२० मि: “प्रगतिशील प्रचारक हुनुहोस्।”e अनुच्छेद ३ छलफल गर्दा क्षमता उन्नति पुस्तिकाको पृष्ठ ५, ६ अनुच्छेद ५-१० र पृष्ठ १२ अनुच्छेद १७-१९ बाट केही कुरा बताउनुहोस्।
गीत ८ (५३)
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्दै छलफल गर्नुहोस्।