घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। मण्डलीमा ज्ञान पुस्तक छैन भने बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? त्यसलाई तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ, तपाईंको प्रियजनको मृत्यु हुँदा, जागा रहो!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? र परमेश्वर हामीबाट के चाहनुहुन्छ? सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्। घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने यसबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्।
◼ हाम्रो राज्य सेवकाई, नेपाल संस्करणको यो पहिलो अंक हो।
◼ अगस्त महिनामा पाँचवटा सप्ताहन्त पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।
◼ मण्डलीका अध्यक्षले खटाएको कुनै भाइले मार्च, अप्रिल र मे महिनाको लेखा परीक्षण गर्नुपर्छ। लेखा परीक्षण गरिसकेपछि अर्को लेखा रिपोर्टसँगै यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।—Instructions for Congregation Accounting (S-27) हेर्नुहोस्।
◼ नियमित अग्रगामी सेवाका आवेदन फारामहरू शाखा कार्यालयलाई पठाउँदा अग्रगामी सेवा सुरु गर्ने मितिभन्दा कम्तीमा पनि ३० दिनअघि पठाउने सुझाव दिइन्छ। ती फारामहरू ठीकसित भरेको छ कि छैन, मण्डलीका सचिवले दोहोऱ्याएर हेर्नुपर्छ। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउन सक्छन् र त्यसको रेकर्ड राख्नुपर्छ। सचिवले यो अन्दाजी मिति कङ्ग्रिगेसन्स् पब्लिसर रेकर्ड (S-21) कार्डमा लेखेर राख्नुपर्छ।
◼ प्राकृतिक प्रकोपको पूर्वतयारी र प्रत्येक प्रकाशकको नविनतम ठेगाना उपलब्ध हुनुपर्ने विषयमा अगस्त २४, २००६ को पत्र प्राचीनहरूको निकायले पुनरावलोकन गर्नुपर्छ। प्रकोप हुन सक्ने जोखिम भएका इलाकाहरूमा, आपत्कालीन अवस्थामा सम्पर्क गर्नको लागि थप जानकारी पनि लिइराख्नुपर्छ। आपत्कालीन अवस्थाका साथै घुम्न वा व्यापारिक यात्राको सिलसिलामा कतै जाँदा, अस्पतालमा भर्ना हुनुपर्दा वा अन्य अवस्थामा मण्डलीका प्रकाशकहरूले मण्डली पुस्तक अध्ययन निरीक्षक वा अर्को प्राचीनलाई खबर गर्नु बेस हुनेछ।
◼ सन् २००८ जिल्ला अधिवेशन विज्ञापनको लागि विशेष हातेपर्चीको प्रबन्ध हुनेछैन भन्ने कुरा कृपया याद गर्नुहोस्। तथापि, निकट भविष्यमा विशेष विश्वव्यापी अभियान गर्ने योजना बनाउँदैछौं। यससम्बन्धी थप जानकारी पछि दिइनेछ।
◼ नयाँ उपलब्ध प्रकाशनहरू:
“कम बि माइ फलोअर”—ठूलो अक्षरको —अंग्रेजी
कृपया याद गर्नुहोस्, यो स्पेशल रिक्वेस्ट आइटम हो र सानो अक्षर पढ्न नसक्नेहरूका लागि मात्र उपलब्ध गराइनेछ। त्यसकारण, सानो अक्षर पढ्न नसक्ने प्रकाशकहरूले अनुरोध गरेपछि मात्र उक्त प्रकाशन मगाउनुपर्छ। तर लिटरेचर रिक्वेस्ट फर्म सोसाइटीलाई पठाउनुअघि सेवा समितिले उक्त प्रकाशन वास्तवमा कति चाहिएको हो, त्यो निधो गर्नैपर्छ र संख्या उल्लेख गर्नैपर्छ।
शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५)
—रूसी, स्पेनिस
[Caption on page २]
(बाँकी अंश पृ. ३ को पहिलो लहरदेखि)
[Caption on page ३]
घोषणाहरू (बाँकी अंश)