सेवा सभाको तालिका
जून ९ मा सुरु हुने हप्ता
गीत २१ (१९१)
१० मि: स्थानीय घोषणा। पृष्ठ ४ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर जून १ को प्रहरीधरहरा प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्।
२० मि: अध्ययन सञ्चालन गर्न कसरी तयारी गर्ने। अगस्त २००४ को हाम्रो राज्य सेवकाई, पृष्ठ १ मा आधारित भाषण। भाषणको अन्तमा, प्रकाशकले बाइबल अध्ययन सञ्चालन गर्न हतारिंदै तयार गरेको प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्। त्यसपछि, हाम्रो राज्य सेवकाई-मा दिइएका केही सुझाव विचार गर्दै तयारी गरिरहेका अर्को प्रकाशकको प्रस्तुति प्रदर्शन गर्नुहोस्।
१५ मि: “हरेस नखाईकन प्रचार गर्नुहोस्।”a समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
गीत ८ (५३)
जून १६ मा सुरु हुने हप्ता
गीत १८ (१६२)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अर्को हप्ताको सेवा सभामा जुलाई १ को प्रहरीधरहरा ल्याउन र आफूले चलाउन चाहेको प्रस्तुतिबारे छलफल गर्न तयार हुन भाइबहिनीलाई सम्झाउनुहोस्।
१५ मि: सुसमाचारको व्यावहारिक महत्त्वलाई जोड दिनुहोस्। डिसेम्बर १, २००५ को प्रहरीधरहरा पृष्ठ २९-३१, अनुच्छेद १२-१४ मा आधारित भाषण तथा श्रोतासितको छलफल। स्थानीय इलाकाका मानिसहरूलाई हिजोआज चासो लागिरहेको विषयबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्। चासोका यी विषयलाई कसरी आफ्नो प्रस्तुतिमा प्रयोग गर्न सक्छौं, सोध्नुहोस्।
२० मि: “के तपाईंको परिवारले उद्धार पाउन तयारी गर्दैछ?”b समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
गीत १ (१३)
जून २३ मा सुरु हुने हप्ता
गीत २६ (२१२)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढेर सुनाउनुहोस्। जुलाई महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र कुनै एउटा साहित्य प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्।
२० मि: अग्रगामी सेवकाईका आशिष्हरू। हाम्रो राज्य सेवकाई, अगस्त २००३ पृष्ठ ८ मा आधारित भाषण। उपलब्ध भएमा एक जना नयाँ नियमित अग्रगामीको र अर्को धेरै समयदेखि नियमित अग्रगामीको सेवा गरेका अग्रगामीको अन्तरवार्ता लिनुहोस्। सेवाको काम गर्ने यो विशेष अवसर पाएकोले तिनीहरूले पाएका आशिष्हरूबारे बताउन लगाउनुहोस्।
१५ मि: नयाँ पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्। श्रोतासित छलफल। जुलाई १ को प्रहरीधरहरा-बारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू स्थानीय इलाकामा चलाउन सकिन्छ र किन, श्रोतालाई सोध्नुहोस्। प्रचार गर्दा भाइबहिनीले चलाउन चाहेका लेखको खास बुँदाबारे सोध्नुहोस्। कुराकानी सुरु गर्न कस्तो प्रश्न सोध्न सकिन्छ? त्यसपछि लेखमा भएको कुन पद पढ्न सकिन्छ? हाम्रो राज्य सेवकाई-मा दिइएका नमुना प्रस्तुतिहरूको आधारमा वा श्रोताले दिएको सुझावको आधारमा प्रहरीधरहरा-को प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
गीत १० (८२)
जून ३० मा सुरु हुने हप्ता
गीत २८ (२२४)
१० मि: स्थानीय घोषणा। जून महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्।
२० मि: वार्तालाप गर्ने खुबी कसरी उन्नति गर्ने। हाम्रो राज्य सेवकाई, जून १९९६ पृष्ठ ७ मा आधारित भाषण र श्रोतासँग छलफल। स्थानीय इलाकामा लागू हुनेगरि सञ्चालन गर्नुहोस्। घर-घरको साक्षी दिंदा वा अनौपचारिक साक्षी दिंदा वार्तालाप गर्न सिपालु भनी चिनिएका एक प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्।
१५ मि: व्यक्तिगत अध्ययन आनन्ददायी हुन सक्छ। नोभेम्बर १, २००७ को प्रहरीधरहरा पृष्ठ ३०, ३१ मा आधारित श्रोतासँगको छलफल।
गीत २ (१५)
जुलाई ७ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१० मि: स्थानीय घोषणा।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “घरधनीले अर्कै भाषा बोल्दा।”c यसलाई सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। अनुच्छेद २ छलफल गर्दा एउटै क्षेत्रमा मण्डलीको रूपमा काम गरिरहेका विभिन्न भाषाका समूह वा मण्डलीहरूबारे मण्डलीलाई जानकारी दिनुहोस्। प्रचारकार्यमा सहयोग गर्न संलग्न विभिन्न भाषाका समूह वा मण्डलीलाई मदत गर्न गरिएका विशेष प्रबन्धहरू पुनरावलोकन गर्नुहोस्।
गीत ४ (४३)
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्दै छलफल गर्नुहोस्।