-
अग्रगामी सेवकाईका आशिष्हरूराज्य सेवकाई—२००३ | अगस्त
-
-
अग्रगामी सेवकाईका आशिष्हरू
१, २. अग्रगामी सेवकाईसित कस्ता आशिष्हरूको नजिकको सम्बन्ध छ र किन?
१ “अरूलाई सत्य बताउँदा जुन सन्तुष्टि महसुस गरेको छु, त्यो अरू कुनै पनि कामले दिन सक्दैन भनेर मलाई थाह छ” भनी एक जना अग्रगामीले बताए। अर्को एक जनाले यसो भनिन्: “दिनभरिको सेवकाईपछि राती मस्तसित निदाउँछु र मेरो हृदय आनन्दले गद्गद हुन्छ।” यी अग्रगामीहरूले ती भाइबहिनीहरूको प्रतिनिधित्व गर्छ, जसले अग्रगामी सेवकाईका आशिष्हरू अनुभव गरेका छन्।—हितो. १०:२२.
२ अरूलाई परमेश्वरको वचनको जीवनदायी ज्ञान हासिल गर्न मदत गर्दा साँचो सन्तुष्टि प्राप्त हुन्छ। (प्रेरि. २०:३५; १ थिस्स. २:१९, २०) “जीवनमा छाँटकाँटहरू गर्न मानिसहरूलाई उत्प्रेरित गर्न सक्ने परमेश्वरको वचन त्यत्तिको प्रबल भएको देख्नु साँच्चै उत्साहवर्धक कुरा हो र यसले हाम्रो विश्वास पनि बलियो बनाउँछ” भनी लामो समयदेखि अग्रगामी गर्दै आएका एक जना अग्रगामीले लेखे। हो, मानिसहरूलाई मदत गर्न अग्रसर भएर अनि बाइबल अध्ययनहरू सञ्चालन गरेर अग्रगामीहरूले यस्ता आशिष्हरूको आनन्द उठाउँछन्।
३, ४. अग्रगामीकार्यले कसरी यहोवामाथि भर पर्न सिकाउँछ र यसले कसरी आध्यात्मिक तवरमा उन्नति गर्न मदत गर्छ?
३ यहोवामाथि भर पर्ने: आफ्नो सेवकाई पूरा गर्न दिनहुँ परमेश्वरको आत्मामाथि भर पर्दा त्यसले अग्रगामीहरूलाई “आत्माको फल” खेती गर्न मदत गर्नुका साथै सुरक्षा प्रदान गर्छ। (गला. ५:१६, २२, २३) साथै, तिनीहरूले परमेश्वरको वचन चलाउने भएकोले सत्यको पक्षमा लड्न धर्मशास्त्र चलाउन र अरूलाई बलियो बनाउन अग्रगामीहरू अक्सर निपुण हुन्छन्। (२ तिमो. २:१५) दशकौं अग्रगामी गरेका एक जना भाइले यस्तो टिप्पणी गरे: “अग्रगामी गरेर मैले बाइबलको गहिरो ज्ञान हासिल गर्न सकेको छु। यही ज्ञानद्वारा मैले यहोवा र उहाँका उद्देश्यहरूबारे अरू थुप्रै मानिसहरूलाई पनि मदत गर्न सकेको छु।” कत्ति इनामदायी!
४ नियमित अग्रगामीहरू पनि थुप्रै तरिकाहरूमा यहोवामाथि भर पर्नै पर्छ। आफ्ना भौतिक आवश्यकताहरू प्रबन्ध गर्न आफूले गर्ने प्रयासहरूमा यहोवाले कसरी आशिष् दिनुहुन्छ भन्ने कुरा देख्दा तिनीहरूको विश्वास बलियो हुन्छ। पचपन्न वर्ष नियमित अग्रगामी गरेका ७२ वर्षीय भाइले यसो भने: “यहोवाले मलाई कहिल्यै निराश पार्नुभएको छैन।” त्यति मात्र होइन, आफ्नो जीवन सरल राखेर अग्रगामीहरूले आफूलाई जीवनका थुप्रै फिक्रीहरूबाट जोगाउँछन्। के तपाईंलाई यो कुरा आकर्षक लाग्छ?—मत्ती ६:२२; हिब्रू १३:५, ६.
५. अग्रगामीकार्यले कसरी यहोवाको नजिक हुन मदत गर्छ?
५ परमेश्वरको नजिक आउने: यहोवासितको हाम्रो सम्बन्ध सबैभन्दा अनमोल सम्पदा हो। (भज. ६३:३) यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर सेवकाईमा पूरापूर भाग लिंदा त्यो सम्बन्ध झनै घनिष्ठ हुन्छ। (याकू. ४:८) अठार वर्षभन्दा बढी अग्रगामी गरेका एक जना भाइले यसो भने: “दिनदिनै सृष्टिकर्तासित अझ घनिष्ठ हुँदै जान अग्रगामी सेवकाईले मदत गर्नुका साथै ‘यहोवा कस्तो भलो हुनुहुन्छ भनी पारख गरेर हेर्ने’ मौका दिन्छ।”—भज. ३४:८.
६. अग्रगामीहरूसित के हुनै पर्छ र स्वयम् अग्रगामीहरूबाहेक अरू कसले पनि लाभ उठाउँछन्?
६ उपयुक्त परिस्थिति हुनुको अलावा अग्रगामीहरूसित बलियो विश्वास, परमेश्वर र छिमेकीप्रति साँचो प्रेम अनि त्यागहरू गर्ने इच्छुकता हुनै पर्छ। (मत्ती १६:२४; १७:२०; २२:३७-३९) तथापि, जुनसुकै ठाउँका अग्रगामीहरूको हँसिलो मुहारले अग्रगामी सेवकाईका आशिष्हरू अतुलनीय छन् भन्ने कुरा प्रमाणित गर्छ। (मला. ३:१०) यी आशिष्हरू अग्रगामीहरूमा मात्र सीमित छैनन् तर तिनीहरूका परिवार तथा मण्डलीले पनि अग्रगामीहरूले देखाउने असल मनोभावबाट प्रचुर लाभ उठाउँछन्।—फिलि. ४:२३.
-
-
पत्रिकाहरूबारे के भन्नेराज्य सेवकाई—२००३ | अगस्त
-
-
पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! अग. ८
“अश्लील कुरा छ्यासछ्यास्ती उपलब्ध हुन थालेकोमा थुप्रै मानिसहरू चिन्तित छन्। के तपाईंलाई यो चिन्ताको विषय हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलमा पाइने व्यावहारिक सल्लाहले हामीलाई जोगाउन सक्छ। [एफिसी ५:३, ४ पढ्नुहोस्।] यस्तो चालै नपाउने गरी हानि गर्ने खतरादेखि हामी आफूलाई कसरी बचाउन सक्छौं भनी यस पत्रिकाले देखाउँछ।”
प्रहरीधरहरा अग. १५
“प्रायजसो मानिसहरूले असल प्रतिष्ठाको निकै कदर गर्छन्। कोही-कोही त आफू मरिसकेपछि आफ्नो सम्झना कसरी गरिनेछ होला भनेर सोच्नेसमेत गर्छन्। के तपाईंले त्यस विषयमा कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि उपदेशक ७:१ पढ्नुहोस्।] प्रहरीधरहरा-ले हामी कसरी मानिसहरू र परमेश्वरसामु असल नाउँ कमाउन सक्छौं भन्ने विषयमा छलफल गर्छ।”
ब्यूँझनुहोस्! अग. ८
“थुप्रै मानिसहरू तनाव तथा मानसिक समस्याहरू कम गर्ने उपचारको रूपमा सम्मोहनतिर लागिरहेका छन्। के यो सुरक्षित छ वा यसमा खतरा पनि समावेश छ? [जवाफ दिने मौका दिनुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले हालै प्रकाशित अनुसन्धानलाई विचार गर्दै सम्मोहनलाई केलाएको छ। यस विषयमा बाइबल सिद्धान्तहरूले के भन्छ भनेर सायद तपाईं पनि पढ्न चाहनुहुन्छ होला।” उदाहरणको रूपमा, व्यवस्था १८:१०, ११ पढ्नुहोस्।
प्रहरीधरहरा सेप्टे. १
“धेरैजसो मानिसहरूको सोचाइमा मानिसजातिले मान्ने विभिन्न धर्महरू एउटै लक्ष्यमा पुऱ्याउने फरक-फरक बाटाहरू मात्र हुन्। अन्य कतिपयचाहिं एउटै मात्र साँचो विश्वास छ भनी विश्वास गर्छन्। के तपाईंले यस विषयमा सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले एउटा पुरातन भनाइलाई केलाउँछ, जसले यस प्रश्नमाथि प्रकाश पार्छ।” मत्ती १३:२४-३० प्रकाश पार्नुहोस्।
-