पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! अग. ८
“अश्लील कुरा छ्यासछ्यास्ती उपलब्ध हुन थालेकोमा थुप्रै मानिसहरू चिन्तित छन्। के तपाईंलाई यो चिन्ताको विषय हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलमा पाइने व्यावहारिक सल्लाहले हामीलाई जोगाउन सक्छ। [एफिसी ५:३, ४ पढ्नुहोस्।] यस्तो चालै नपाउने गरी हानि गर्ने खतरादेखि हामी आफूलाई कसरी बचाउन सक्छौं भनी यस पत्रिकाले देखाउँछ।”
प्रहरीधरहरा अग. १५
“प्रायजसो मानिसहरूले असल प्रतिष्ठाको निकै कदर गर्छन्। कोही-कोही त आफू मरिसकेपछि आफ्नो सम्झना कसरी गरिनेछ होला भनेर सोच्नेसमेत गर्छन्। के तपाईंले त्यस विषयमा कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि उपदेशक ७:१ पढ्नुहोस्।] प्रहरीधरहरा-ले हामी कसरी मानिसहरू र परमेश्वरसामु असल नाउँ कमाउन सक्छौं भन्ने विषयमा छलफल गर्छ।”
ब्यूँझनुहोस्! अग. ८
“थुप्रै मानिसहरू तनाव तथा मानसिक समस्याहरू कम गर्ने उपचारको रूपमा सम्मोहनतिर लागिरहेका छन्। के यो सुरक्षित छ वा यसमा खतरा पनि समावेश छ? [जवाफ दिने मौका दिनुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले हालै प्रकाशित अनुसन्धानलाई विचार गर्दै सम्मोहनलाई केलाएको छ। यस विषयमा बाइबल सिद्धान्तहरूले के भन्छ भनेर सायद तपाईं पनि पढ्न चाहनुहुन्छ होला।” उदाहरणको रूपमा, व्यवस्था १८:१०, ११ पढ्नुहोस्।
प्रहरीधरहरा सेप्टे. १
“धेरैजसो मानिसहरूको सोचाइमा मानिसजातिले मान्ने विभिन्न धर्महरू एउटै लक्ष्यमा पुऱ्याउने फरक-फरक बाटाहरू मात्र हुन्। अन्य कतिपयचाहिं एउटै मात्र साँचो विश्वास छ भनी विश्वास गर्छन्। के तपाईंले यस विषयमा सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले एउटा पुरातन भनाइलाई केलाउँछ, जसले यस प्रश्नमाथि प्रकाश पार्छ।” मत्ती १३:२४-३० प्रकाश पार्नुहोस्।