प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अगस्त पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००८
  • उपशीर्षकहरू
  • अगस्त ११ मा सुरु हुने हप्ता
  • अगस्त १८ मा सुरु हुने हप्ता
  • अगस्त २५ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००८
km08 अगस्त पृ. २

सेवा सभाको तालिका

सूचना: अधिवेशन महिनाको दौडान प्रत्येक हप्ताको लागि हाम्रो राज्य सेवकाई-मा सेवा सभाको तालिका दिइनेछ। “परमेश्‍वरको आत्माको डोऱ्‍याइअनुसार हिंड्‌नुहोस्‌” विषयको जिल्ला अधिवेशनमा उपस्थित हुनुपर्ने भएकोले यस तालिकामा मण्डलीहरूले आवश्‍यक छाँटकाँट गर्न सक्छन्‌। यस महिनाको परिशिष्टमा जिल्ला अधिवेशनको लागि सल्लाह र ध्यान दिनुपर्ने कुराहरू दिइएका छन्‌। उपयुक्‍त भए, अधिवेशनमा उपस्थित हुनुअघिको सेवा सभामा तपाईंको मण्डलीको लागि लागू हुने सल्लाह र ध्यान दिनुपर्ने कुराहरू दोहोऱ्‍याउन १५ मिनेट छुट्याउनुहोस्‌। प्रकाशकहरूले प्रचारमा प्रयोग गर्न लाभदायी पाएका अधिवेशनका बुँदाहरूबारे अधिवेशन सिद्धिएको एक वा दुई महिनापछि पुनरावलोकन गर्न सेवा सभामा (स्थानीय आवश्‍यकताको सट्टामा पनि पुनरावलोकन गर्न सकिन्छ) १५ देखि २० मिनेट समय छुट्याउनुहोस्‌। यो भाग सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। अनि ती जानकारी सेवकाईमा कसरी प्रयोग गरिरहेका छन्‌ अथवा प्रयोग गर्ने विचारमा छन्‌, श्रोतालाई बताउने मौका दिनुहोस्‌।

अगस्त ११ मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१० मि: स्थानीय घोषणा। हालैका नयाँ पत्रिकाहरूको कुन-कुन लेखहरू स्थानीय इलाकामा चलाउन सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। प्रचार गर्दा भाइबहिनीले चलाउन चाहेका लेखको खास बुँदाबारे सोध्नुहोस्‌। कुराकानी सुरु गर्न कस्तो प्रश्‍न सोध्न सकिन्छ? त्यसपछि लेखमा भएको कुन पद पढ्‌न सकिन्छ? सुझावित प्रस्तुति कसरी प्रयोग गर्न सकिन्छ भनी देखाउन प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌।

१५ मि: कुनै अलमलविना यहोवाको सेवा गर्नुहोस्‌। हाम्रो राज्य सेवकाई, अप्रिल १९९४ पृष्ठ ३ र ४ मा आधारित भाषण।

२० मि: वृद्धहरूको हेरचाह—एउटा मसीही जिम्मेवारी। मे १५, २००४ को प्रहरीधरहरा, पृष्ठ १७-२०, अनुच्छेद ९-२१ मा आधारित भाषण। स्थानीय वृद्धाश्रममा बसेका आफ्नो मण्डलीका ख्रीष्टियानहरूबारे बताउनुहोस्‌। कोही पनि छैनन्‌ भने लेखमा भएका सिद्धान्तलाई अशक्‍तता वा क्षमताले नदिएको कारण मण्डलीका क्रियाकलापमा चाहेजति भाग लिन नसकेकाहरूलाई मदत गर्न मण्डलीलाई प्रोत्साहन दिन चलाउनुहोस्‌।

गीत ४ (४३)

अगस्त १८ मा सुरु हुने हप्ता

गीत २४ (१८५)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अर्को हप्ताको सेवा सभामा सेप्टेम्बर १ को प्रहरीधरहरा ल्याउन र स्थानीय इलाकामा उपयुक्‍त हुने प्रस्तुतिबारे छलफल गर्न तयार हुन भाइबहिनीलाई सम्झाउनुहोस्‌।

२० मि: हाम्रो पहिरन र कोरीबाटीले यहोवाको आदर गर्छ। प्राचीनद्वारा भाषण। यहोवा पवित्र परमेश्‍वर हुनुभएकोले उहाँका जनहरू शारीरिक रूपमा स्वच्छ हुनैपर्छ। (प्रस्थ. ३०:१७-२१; ४०:३०-३२) विशेषगरि प्रचारकार्यमा पहिरन र कोरीबाटीद्वारा हामी यहोवालाई खुसी पार्छौं र उहाँको महिमा गर्छौं। (१ पत्रु. २:१२) अर्कोतर्फ, यसो गरेनौं भने ‘परमेश्‍वरको वचनको निन्दा’ हुन सक्छ। (ती. २:५) प्रकाशकको उदारहरणीय रूपरङ्‌को कारण साक्षी दिन सकिएको स्थानीय वा छापिएका अनुभवहरू सुनाउनुहोस्‌।

१५ मि: सशक्‍त साक्षी दिने युवाहरू। आमाबाबु र स्कूलको पढाइ सिद्धिनै लागेका छोराछोरीप्रति लक्षित प्रोत्साहनदायी भाषण। साक्षी दिने हर मौकाको सदुपयोग गर्न जवानहरूलाई सम्झाउनुहोस्‌। समयले दिएमा स्कूलमा साक्षी दिएको आफ्नो अनुभव सुनाउन श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत १६ (१४३)

अगस्त २५ मा सुरु हुने हप्ता

गीत १३ (१२४)

१५ मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढेर सुनाउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

१५ मि: सेप्टेम्बर १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्‌। श्रोतासित छलफल। पत्रिकाबारे छोटकरीमा बताउनुहोस्‌ र कुन-कुन लेखहरू स्थानीय इलाकामा चलाउन उपयुक्‍त होला, श्रोतालाई सोध्नुहोस्‌। अनि उक्‍त विषयबारे कुरा थाल्न कस्तो प्रश्‍न र कुन बाइबल पद प्रयोग गर्न सकिन्छ? हाम्रो राज्य सेवकाई-मा दिइएको नमुना प्रस्तुति कसरी चलाउन सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्‌। कुनै एक प्राचीनलाई स्थानीय इलाकामा उपयुक्‍त हुनेगरि उनले तयार पारेका लेखमा आधारित प्रस्तुतिको छोटो प्रदर्शन गर्न लगाउनुहोस्‌।

गीत ९ (३७)

सेप्टेम्बर १ मा सुरु हुने हप्ता

गीत १२ (११३)

५ मि: स्थानीय घोषणा। अगस्त महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

२५ मि: “आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर।”a यसलाई मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। आफ्नो मण्डलीलाई खटाइएको अधिवेशनबारे जानकारी दिनुहोस्‌। “जिल्ला अधिवेशनका बेला ध्यान दिनुपर्ने कुराहरू” पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: सेप्टेम्बर महिनामा पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्नुहोस्‌। श्रोतासित छलफल। सेप्टेम्बर महिनामा हामी बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नेछौं र पहिलो भेटमै घरधनीसित केही अनुच्छेद छलफल गर्ने प्रयास गर्नेछौं। हाम्रो राज्य सेवकाई, जनवरी २००६ को परिशिष्टमा दिइएका सुझावहरू पुनरावलोकन गर्नुहोस्‌ र पहिलो भेटमै बाइबल अध्ययन सुरु गरेको एक-दुईवटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌।

गीत २८ (२२४)

[फुटनोट]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने