सेवा सभाको तालिका
सेप्टेम्बर ८ मा सुरु हुने हप्ता
गीत २५ (२०४)
१० मि: स्थानीय घोषणा। नयाँ पत्रिकाको कुन-कुन लेखहरू स्थानीय इलाकामा अझ प्रभावकारी साबित भए श्रोतालाई सोध्नुहोस्। लेख देखाउनुअघि कस्ता प्रश्नहरू सोधे तथा कुन-कुन बाइबल पद देखाए सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
१५ मि: बाइबल विद्यार्थीहरूलाई शिक्षक बन्न मदत गर्नुहोस्। प्रहरीधरहरा, फेब्रुअरी १, २००७, पृष्ठ २०-२१, अनुच्छेद १४-२० मा आधारित भाषण। प्रकाशकले नयाँ बाइबल विद्यार्थीलाई जनभाषण र प्रहरीधरहरा अध्ययन सञ्चालन हुने तरिकाबारे बताएर ती सभामा उपस्थित हुन निम्तो दिइरहेको छोटो प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
२० मि: क्षेत्र सेवामा आइपर्ने पूर्वाग्रह सामना गर्ने। पूर्वाग्रहले सेवाको हाम्रो कामलाई कसरी असर गर्न सक्छ भन्नेबारे प्रकाशित जानकारीहरूमा आधारित प्राचीनद्वारा भाषण। यस्ता पूर्वाग्रहलाई कसरी परास्त गर्न सकिन्छ बताउनुहोस्। कहिलेकाहीं क्षेत्र सेवामा र दैनिक जीवनका अन्य गतिविधिमा हामीले देखाउने आचरणले पनि हामीप्रति मानिसहरूले राख्ने पूर्वाग्रहको भावना हटाउन र सत्यप्रति तिनीहरूलाई आकर्षित गर्न सक्छ। त्यसैकारण, हामीले हर समय आफ्नो बोलीवचन र चालचलनमा ध्यान दिनु अत्यावश्यक छ। (१ पत्रु. २:१२; ३:१, २) पूर्वाग्रहलाई कसरी परास्त गर्न सकिन्छ भनी बुझाउने स्थानीय वा छापिएका केही अनुभव बताउनुहोस्।
गीत १५ (१२७)
सेप्टेम्बर १५ मा सुरु हुने हप्ता
गीत ५ (४६)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
२० मि: गत वर्ष हामीले कस्तो गऱ्यौं? सेवा निरीक्षक वा अर्का योग्य प्राचीनद्वारा भाषण तथा श्रोतासित छलफल। गत सेवा वर्षमा प्राप्त गर्न सकिएका राम्रा नतिजाहरूतर्फ जोड दिंदै मण्डलीले गरेको सेवाको क्रियाकलापबारे बताउनुहोस्। प्रगति भएको पक्षको सराहना गर्नुहोस्। एक वा दुई जना प्रकाशकलाई उनीहरूले हासिल गरेका प्रोत्साहनदायी अनुभव सुनाउन पहिल्यै प्रबन्ध मिलाउनुहोस्। आगामी वर्ष सुधार गर्नुपर्ने एक-दुइटा पक्ष बताउनुहोस् र कसरी सुधार गर्न सकिएला, व्यावहारिक सुझावहरू दिनुहोस्।
१५ मि: क्रमविकासमा विश्वास गर्दिनँ भनेर कसरी भन्ने? प्रकाशित जानकारीमा आधारित भाषण। उपस्थित श्रोताहरूले क्रमविकासमा विश्वास नगरेको कुरा स्कूल, काम गर्ने ठाउँ वा अन्य ठाउँमा कसरी भन्न सके, टिप्पणी गर्न लगाउनुहोस्। एक-दुइटा टिप्पणी पहिल्यै तयार पार्न सकिन्छ।
गीत ७ (५१)
सेप्टेम्बर २२ मा सुरु हुने हप्ता
गीत ८ (५३)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढेर सुनाउनुहोस्। पृष्ठ १ मा भएको शाखा कार्यालयको पत्र छलफल गर्नुहोस्।
२० मि: तपाईंले गर्नुहुने कामको इनाम छ। प्रहरीधरहरा, अप्रिल १५, २००५, पृष्ठ २८, अनुच्छेद ६ देखि पृष्ठ २९ को अन्तसम्ममा आधारित भाषण। भौतिक तथा भावनात्मक आवश्यकता यहोवाले कसरी पूरा गरिदिनुभयो, एक वा दुई जना जोसिला प्रकाशकको अन्तरवार्ता लिनुहोस्।
१५ मि: अक्टोबर १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू स्थानीय इलाकामा अझ प्रभावकारी हुन सक्छन्, श्रोतालाई सोध्नुहोस्। लेख देखाउनुअघि कस्ता प्रश्नहरू सोध्न तथा कुन-कुन बाइबल पद देखाउन सकिन्छ, सोध्नुहोस्। हाम्रो राज्य सेवकाई-को नमुना प्रस्तुति कसरी प्रयोग गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्। लेखसँग सम्बन्धित स्थानीय इलाकामा सुहाउने किसिमले तयार पारेको प्रस्तुति एक जना प्राचीनलाई प्रदर्शन गर्न लगाउनुहोस्।
गीत २० (९३)
सेप्टेम्बर २९ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणा। सेप्टेम्बर महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्। जिल्ला अधिवेशनमा उपस्थित हुँदा, बिदाको समयमा वा गर्मी महिनाको अन्य अवसरमा अनौपचारिक साक्षी दिंदा पाएको प्रोत्साहनदायी अनुभव सुनाउन एक-दुई जना प्रकाशकलाई पहिल्यै तयार पार्नुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “अक्टोबर २० देखि नोभेम्बर १६ सम्म विशेष पर्चा अभियान!”a पर्चा उपलब्ध छ भने श्रोताहरूलाई एक-एक प्रति बाँड्नुहोस्। अनुच्छेद २ छलफल गर्दा पर्चाका विषयवस्तुबारे छोटकरीमा बताउनुहोस्। अनुच्छेद ४ छलफल गर्दा पर्चा कसरी दिन सकिन्छ, एउटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्। अनुच्छेद ५ छलफल गर्दा एक जना प्रकाशकले बाइबल अध्ययन सुरु गर्न पुनःभेटमा यो पर्चा प्रयोग गरिरहेको प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्।
गीत २२ (१३०)
अक्टोबर ६ मा सुरु हुने हप्ता
गीत २ (१५)
१० मि: स्थानीय घोषणा।
१५ मि: प्रश्न पेटी। श्रोतासित छलफल। प्रहरीधरहरा, जून १५, २००५, पृष्ठ २०-२२, अनुच्छेद १०-१६ का टिप्पणीहरू समावेश गर्नुहोस्।
२० मि: “यहोवालाई प्रेम गर्न मानिसहरूलाई सिकाउनुहोस्।”b समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
गीत २१ (१९१)
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्दै छलफल गर्नुहोस्।