प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अक्टोबर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००८
  • उपशीर्षकहरू
  • अक्टोबर १३ मा सुरु हुने हप्ता
  • अक्टोबर २० मा सुरु हुने हप्ता
  • अक्टोबर २७ मा सुरु हुने हप्ता
  • नोभेम्बर ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००८
km08 अक्टोबर पृ. २

सेवा सभाको तालिका

अक्टोबर १३ मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१० मि: स्थानीय घोषणा। अक्टोबर २० देखि सुरु हुने विशेष पर्चा अभियानबारे स्थानीय रूपमा के-कस्ता प्रबन्ध गरिएका छन्‌, बताउनुहोस्‌। भाइबहिनीले अहिलेसम्म पर्चा लगिसकेका छैनन्‌ भने पर्चा लैजान सबैलाई प्रोत्साहन दिनुहोस्‌। अक्टोबर १ को प्रहरीधरहरा-बारे पृष्ठ ८ मा दिइएको नमुना प्रस्तुति छोटकरीमा पुनरावलोकन गर्नुहोस्‌। थुप्रै प्रकाशकले अक्टोबर १ को प्रहरीधरहरा वितरण गर्न थालेको केही हप्ता बितिसकेकोले त्यसबारे श्रोताहरूलाई आफ्नो अनुभव बताउन लगाउनुहोस्‌।

३५ मि: “मण्डलीमा हुने सभाको नयाँ तालिका।”a समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत ९ (३७)

अक्टोबर २० मा सुरु हुने हप्ता

गीत १२ (११३)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। नोभेम्बर १ को प्रहरीधरहरा-बारे छोटकरीमा बताइसकेपछि श्रोताहरूलाई उनीहरूले प्रयोग गर्न चाहेका लेखहरूलाई कसरी प्रस्तुत गर्न सकिन्छ, त्यसबारे सुझाव दिन निम्तो दिनुहोस्‌। हाम्रो राज्य सेवकाई-को पृष्ठ ८ मा दिइएको नमुना प्रस्तुति अथवा स्थानीय इलाकामा सुहाउँदो अर्को प्रस्तुतिको आधारमा प्रहरीधरहरा प्रस्तुत गरेको प्रदर्शन गर्न लगाउनुहोस्‌।

२० मि: सेवाको काममा आनन्द कायम राख्नुहोस्‌। प्रहरीधरहरा, जुलाई १, २००५, पृष्ठ २४-२५, अनुच्छेद ११-१७ मा आधारित प्रोत्साहनदायी भाषण। यहोवाको वफादार सेवक भएको धेरै वर्ष भइसकेका एक वा दुई जनासित अन्तरवार्ता लिनुहोस्‌। मानिसहरूले राम्रो प्रतिक्रिया नदेखाए तापनि केले तिनीहरूलाई आफ्नो आनन्द कायम राख्न मदत गऱ्‍यो?

१५ मि: हाम्रो ख्रीष्टियान चिनारीलाई सुरक्षित राख्ने। प्रहरीधरहरा, फेब्रुअरी १५, २००५, पृष्ठ १८-२०, अनुच्छेद ७-१४ मा आधारित भाषण। हामी हाम्रो ख्रीष्टियान चिनारीलाई कसरी दृढ बनाउन सक्छौं, त्यो बुझ्न श्रोतालाई मदत गर्नुहोस्‌।

गीत १८ (१६२)

अक्टोबर २७ मा सुरु हुने हप्ता

गीत ३ (३२)

५ मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढेर सुनाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

३० मि: “व्यक्‍तिगत तथा पारिवारिक बाइबल अध्ययन अत्यावश्‍यक!”b समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत १७ (१८७)

नोभेम्बर ३ मा सुरु हुने हप्ता

गीत २८ (२२४)

१० मि: स्थानीय घोषणा। अक्टोबर महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

२० मि: सन्‌ २००९ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल। परिशिष्टमा दिइएको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिकाको “निर्देशन”-बाट नयाँ ईश्‍वरतान्त्रिक सेवकाई स्कूलबारे स्कूल निरीक्षकद्वारा श्रोतासित छलफल। गरिएका छाँटकाँटहरूमा ध्यान खिच्नुहोस्‌। आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्न, बाइबल पढाइका विशेषताहरूमा टिप्पणी दिन र तपाईंको बोल्ने तथा सिकाउने क्षमता उन्‍नति गर्ने पुस्तिकाबाट स्कूल निरीक्षकले प्रत्येक हप्ता दिने सल्लाह लागू गर्न सबै भाइबहिनीलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “शिक्षा” दिने तरिकामा अझै निपुण हुनुहोस्‌। सेवा निरीक्षक वा अन्य योग्य प्राचीनले प्रहरीधरहरा, जनवरी १, २००८, पृष्ठ १३-१६, अनुच्छेद ५-१८ मा प्रभावकारी तरिकामा शिक्षा दिनेबारे दिइएका पाँचवटा मुख्य बुँदालाई प्रस्टै छुट्याउँछन्‌ र त्यसबारे छोटकरीमा छलफल गर्छन्‌। प्रहरीधरहरा-मा दिइएको उक्‍त जानकारीले गर्दा शिक्षा दिने आफ्नो क्षमतामा सुधार भएको अनुभव गरेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌।

गीत २१ (१९१)

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने