प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 नोभेम्बर पृ. १
  • नयाँ व्यक्‍तिहरूलाई विरोध सहन तयार पार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ व्यक्‍तिहरूलाई विरोध सहन तयार पार्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सङ्‌गठनसित नजिक हुनुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • “सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईँ खेदो सहन सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • धीरज—मसीहीहरूका लागि अत्यावश्‍यक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 नोभेम्बर पृ. १

नयाँ व्यक्‍तिहरूलाई विरोध सहन तयार पार्नुहोस्‌

१ नयाँ व्यक्‍तिहरूले बाइबल अध्ययन गरेर ‘भक्‍तिसँग जीवन बिताउने इच्छा गर्न’ थालेपछि शैतानले तिनीहरूलाई सताउन विशेष प्रयास गर्छ। (२ तिमो. ३:१२) सहकर्मी, सहपाठी अथवा छिमेकी; जोसुकैले तिनीहरूको विरोध गर्न सक्छन्‌। विशेषगरि भलो चिताउने आफन्तले विरोध गर्दा नयाँ व्यक्‍तिहरूलाई निकै गाह्रो हुन सक्छ।—मत्ती १०:२१; मर्कू. ३:२१.

२ विरोध आउँछ भनेर भविष्यवाणी गरिएको थियो: सतावट पक्कै आउँछ र सतावट आउनु ख्रीष्टको साँचो चेला हुनुको प्रमाण हो भनेर नयाँ व्यक्‍तिहरूले बुझेको हुनैपर्छ। (यूह. १५:२०) यहोवाका साक्षीहरूबारे राखिएको गलत धारणाले गर्दा पनि कहिलेकाहीं विरोध आइपर्छ। तर नबिर्सनुहोस्‌, येशूको चेला भएकोले र परमेश्‍वरको आज्ञा पालन गरेकोले अपमान सहनु परे पनि हामी धेरै आनन्दित हुन्छौं। (प्रेरि. ५:२७-२९, ४०, ४१) यहोवाले दिने मायालु समर्थनबारे नयाँ व्यक्‍तिहरूलाई ढुक्क पार्नुहोस्‌। (भज. २७:१०; मर्कू. १०:२९, ३०) सत्यनिष्ठा कायम राख्दा तिनीहरूले ब्रह्‍माण्डको सार्वभौमिकताको विवादमा यहोवाको पक्ष लिएका हुन्छन्‌।—हितो. २७:११.

३ सही ज्ञानको भूमिका: परीक्षा भोग्नुपरे तापनि निरन्तर सही ज्ञान लिनुपर्ने महत्त्व बाइबल विद्यार्थीहरूको मनमा ठप्प राखिदिनुहोस्‌। सिकिरहेको कुरा तिनीहरूको हृदयमा ठप्प नबसोस्‌ भनेर शैतानले तिनीहरूलाई सताउँछ। (हितो. ४:२३; लूका ८:१३) त्यसैकारण, विश्‍वासमा जरो गाडेर दृढ हुन तिनीहरूले परमेश्‍वरको वचनमा पाइने सही ज्ञान निरन्तर लिनैपर्छ।—भज. १:२, ३; कल. २:६, ७.

४ धैर्य गर्नु जरुरी छ: जस्तोसुकै कठिन अवस्थामा पनि धैर्य गर्नु अत्यावश्‍यक छ। धैर्य गर्दा त्यसको फल मीठो हुन्छ। (लूका २१:१६-१९) नयाँ व्यक्‍तिहरूले विरोध सहँदा तिनीहरू आफैलाई र अरूलाई पनि फाइदा हुन्छ। वफादार भई धैर्य गर्नेहरूलाई यहोवाले प्रशस्त आशिष्‌ दिनुहुन्छ भनेर तिनीहरू आफैले अनुभव गर्छन्‌।—याकू. १:१२.

५ थिस्सलोनिकीमा भएका भाइहरूको आध्यात्मिक प्रगति थाह पाउँदा प्रेरित पावल रमाए। तिनीहरूमध्ये थुप्रैलाई सत्य स्वीकार्न मदत गरेका पावलले तिनीहरूका निम्ति परमेश्‍वरलाई धन्यवाद चढाए। (२ थिस्स. १:३-५) बाइबल विद्यार्थीलाई विरोध सहन र धैर्य गर्न तयार पारेका छौं भने हामी पनि पावलजस्तै आनन्दित र सन्तुष्ट हुन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने