प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 नोभेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००८
  • उपशीर्षकहरू
  • नोभेम्बर १० मा सुरु हुने हप्ता
  • नोभेम्बर १७ मा सुरु हुने हप्ता
  • नोभेम्बर २४ मा सुरु हुने हप्ता
  • डिसेम्बर १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००८
km08 नोभेम्बर पृ. २

सेवा सभाको तालिका

नोभेम्बर १० मा सुरु हुने हप्ता

गीत २८ (२२४)

१० मि: स्थानीय घोषणा। के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा प्रयोग गरेर इलाका ढाक्ने सन्दर्भमा मण्डलीले कस्तो प्रगति गऱ्‍यो, त्यसबारे सेवा निरीक्षकको टिप्पणी समावेश गर्नुहोस्‌। थुप्रै प्रकाशकले नोभेम्बर १ को प्रहरीधरहरा वितरण गर्न थालिसकेकोले उनीहरूले कसरी यो पत्रिका प्रस्तुत गरे र कस्तो राम्रो नतिजा पाए, बताउन लगाउनुहोस्‌।

१५ मि: “चाँदी मेरै हो, र सुन पनि मेरै।” नोभेम्बर १, २००७ को प्रहरीधरहरा, पृष्ठ १९-२३ मा आधारित प्राचीनद्वारा भाषण।

२० मि: “हामीसित बाँडचुँड गर्ने बहुमूल्य सम्पत्ति छ।”a अनुच्छेद २ छलफल गर्दा श्रोतालाई यहोवाको संगठनमा आकर्षित गरेको खास बाइबल सत्य वा बप्तिस्मापछि उनीहरूले अझ राम्ररी कदर गर्न सकेको बाइबल सत्यबारे टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

गीत २२ (१३०)

नोभेम्बर १७ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: प्रश्‍न पेटी।b

२० मि: “तपाईं पनि शिक्षक हुन सक्नुहुन्छ!”c कुनै समय बाइबल अध्ययन सञ्चालन गर्न अयोग्य महसुस गर्ने एक प्रकाशक वा अग्रगामीले यस्तो भावना कसरी हटाउन सके, अन्तरवार्ता लिनुहोस्‌। मदतको लागि उनी कसरी यहोवामा भर परे? योग्य हुन संगठनले उनलाई खास कुन-कुन तरिकामा मदत दियो? बाइबल अध्ययन सञ्चालन गर्दा उनले कस्ता इनाम हासिल गरेका छन्‌?

गीत १६ (१४३)

नोभेम्बर २४ मा सुरु हुने हप्ता

गीत ९ (३७)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढेर सुनाउनुहोस्‌। डिसेम्बरमा प्रस्तुत गरिने साहित्यहरूबारे बताउनुहोस्‌ र एउटा वा दुइटा प्रस्तुती प्रदर्शन गर्न लगाउनुहोस्‌।

२० मि: स्थानीय आवश्‍यकता।

१५ मि: डिसेम्बर १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्‌। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू स्थानीय इलाकामा अझ प्रभावकारी हुन सक्छन्‌, श्रोतालाई सोध्नुहोस्‌। लेख देखाउनुअघि कस्ता प्रश्‍नहरू सोध्न सकिन्छ र कुन-कुन बाइबल पद देखाउन सकिन्छ, सोध्नुहोस्‌। हाम्रो राज्य सेवकाई-को नमुना प्रस्तुति कसरी प्रयोग गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। लेखसँग सम्बन्धित स्थानीय इलाकामा सुहाउने किसिमले तयार पारेको प्रस्तुति एक जना प्राचीनलाई प्रदर्शन गर्न लगाउनुहोस्‌।

गीत ८ (५३)

डिसेम्बर १ मा सुरु हुने हप्ता

गीत ११ (८५)

१० मि: स्थानीय घोषणा। नोभेम्बर महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

१५ मि: स्थानीय अनुभवहरू। के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा वितरण गर्दा कति इलाका ढाकियो, मण्डलीलाई जानकारी दिनुहोस्‌। यो पर्चा वितरण गर्दा वा यसलाई बाइबल अध्ययन सुरु गर्न प्रयोग गर्दा प्राप्त भएका अनुभवहरू सुनाउन श्रोतालाई आग्रह गर्नुहोस्‌। साथै, नोभेम्बर महिनामा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्दा बटुलेका प्रोत्साहनदायी अनुभवहरू पनि सुनाउन लगाउनुहोस्‌। एउटा वा दुइटा प्रोत्साहनदायी अनुभवहरू पुनःअभिनय गर्न सकिन्छ।

२० मि: “नयाँ व्यक्‍तिहरूलाई विरोध सहन तयार पार्नुहोस्‌।”d अनुच्छेद २ छलफल गर्दा यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? पुस्तिकाको पृष्ठ २७-३१ का जानकारीले चिन्तित नातेदार तथा साथीभाइले सोधेको प्रश्‍नको जवाफ दिन बाइबल विद्यार्थीलाई कसरी मदत गर्छ, छोटकरीमा छलफल गर्नुहोस्‌।

गीत १७ (१८७)

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने