सेवा सभाको तालिका
डिसेम्बर ८ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१० मि: स्थानीय घोषणा। डिसेम्बर १ को प्रहरीधरहरा-बारे पृष्ठ ४ मा भएको नमुना प्रस्तुति छोटकरीमा पुनरावृत्ति गर्नुहोस्। यो पत्रिका राम्रोसँग प्रस्तुत गरेका श्रोतालाई उनीहरूले कसरी प्रस्तुत गरे, बताउन लगाउनुहोस्। उनीहरूले कुन लेख देखाए, कस्ता प्रश्न सोधे र कुन बाइबल पद प्रयोग गरे?
१५ मि: सन् २००९ को लागि ईश्वरतान्त्रिक सेवकाई स्कूल। स्कूल निरीक्षकद्वारा भाषण। अक्टोबर २००८ को हाम्रो राज्य सेवकाई-को परिशिष्टबाट मण्डलीमा लागू गर्नुपर्ने बुँदामा जोड दिनुहोस्। सहायक सल्लाहकारको भूमिकाबारे बताउनुहोस्। सबै भाइबहिनीलाई आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्न, बाइबलका विशेषतामा टिप्पणी दिन र तपाईंको बोल्ने तथा सिकाउने क्षमता उन्नति गर्ने पुस्तिकाबाट प्रत्येक हप्ता दिइने सल्लाह लागू गर्न प्रोत्साहन दिनुहोस्।
२० मि: “के तपाईं कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने र चर्चाका लागि बाइबल विषयहरू पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ?”a ‘यहोवाका साक्षीहरू किन क्रिसमस मनाउँदैनन्’ भनेर घर-घरको प्रचारमा सोधेको बेला बाइबल विषयहरू पुस्तिका प्रयोग गरेर कसरी जवाफ दिन सकिन्छ, अनुच्छेद ४ छलफल गर्दा एक जना अग्रगामी वा अन्य योग्य प्रकाशकलाई छोटकरीमा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
गीत १६ (१४३)
डिसेम्बर १५ मा सुरु हुने हप्ता
गीत २० (९३)
५ मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
२० मि: जवान हो—परमेश्वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्। मे १, २००७ को प्रहरीधरहरा, पृष्ठ २९-३१, अनुच्छेद ९-१९ मा आधारित प्राचीनद्वारा भाषण। युवावस्थादेखि नै पूर्ण-समय सेवा थालेका एक वा दुई जनाको अन्तरवार्ता लिनुहोस्। उनीहरूले किन पूर्ण-समय सेवा गर्ने निर्णय गरे? उनीहरूले कस्ता आशिष् पाएका छन्?
२० मि: चेला बनाउन सिपालु शिक्षकको अनुकरण गर्नुहोस्। डिसेम्बर १, २००७ को प्रहरीधरहरा, पृष्ठ २७-२९, अनुच्छेद ७-१३ मा आधारित श्रोतासित छलफल।
गीत २७ (२२१)
डिसेम्बर २२ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढेर सुनाउनुहोस्। जनवरीमा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र कसरी प्रस्तुत गर्न सकिन्छ, एक जना प्राचीनलाई प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
१५ मि: जनवरी १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। श्रोतासित छलफल। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि छलफल गर्ने कुन बुँदाहरू स्थानीय इलाकामा अझ प्रभावकारी हुन सक्छन् र किन, श्रोतालाई सोध्नुहोस्। यीमध्ये कुनै बुँदा प्रयोग गर्दै, वार्तालाप सुरु गर्न कुन प्रश्न सोध्ने र पत्रिका प्रस्तुत गर्नुअघि लेखमा भएको कुन पद पढ्ने विचार गरेका छन्, सोध्नुहोस्। पृष्ठ ४ मा भएको नमुना प्रस्तुति वा इलाका सुहाउँदो अन्य प्रस्तुति प्रयोग गरेर पत्रिका प्रस्तुत गरेको प्रदर्शन देखाउँदै टुङ्ग्याउनुहोस्।
२० मि: “बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको एक विशेष दिन।”b जनवरीको कुनचाहिं सप्ताहन्तमा मण्डलीले बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनेछ, घोषणा गर्नुहोस्। अनुच्छेद ३ मा पाइने सुझाव पुनरावलोकन गर्नुहोस् र एउटा वा दुइटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ३ (३२)
डिसेम्बर २९ मा सुरु हुने हप्ता
गीत १७ (१८७)
मण्डली बाइबल अध्ययन:
ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: प्रकाश १५-२२
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
सेवा सभा:
गीत १ (१३)
५ मि: स्थानीय घोषणा।
१० मि: स्थानीय आवश्यकता।
२० मि: “प्रचार गर्न धैर्य चाहिन्छ।”c समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
गीत २३ (२००)
जनवरी ५ मा सुरु हुने हप्ता
गीत ९ (३७)
मण्डली बाइबल अध्ययन:
ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: उत्पत्ति १-५
न. १: उत्पत्ति ३:१-१५
न. २: (my-NP कथा १)
न. ३: के व्यर्थ होइन? (१ कोरि. १५:५८)
सेवा सभा:
गीत ८ (५३)
५ मि: स्थानीय घोषणा।
१५ मि: प्रचारकार्यप्रति येशूको मनोवृत्ति अनुकरण गर्नुहोस्। फेब्रुअरी १, २००८ को प्रहरीधरहरा, पृष्ठ २१, अनुच्छेद १७-२० मा आधारित भाषण तथा श्रोतासित छलफल।
१५ मि: बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहने। जून १, २००७ को प्रहरीधरहरा, पृष्ठ २१-२२, अनुच्छेद १-६ मा आधारित प्रोत्साहनदायी भाषण। लामो समयदेखि वफादार भएर यहोवाको सेवा गरिरहेका एक जनाको अन्तरवार्ता लिनुहोस्। आनन्दित भएर यहोवाको सेवा गरिरहन उनलाई केले मदत गऱ्यो?
गीत २७ (२२१)
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्दै छलफल गर्नुहोस्।