प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या २ पृ. १४-१५
  • ईश्‍वरको राज्यलाई अहिल्यै समर्थन गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरको राज्यलाई अहिल्यै समर्थन गर्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ पनि ईश्‍वरको राज्यलाई पहिलो स्थान दिनुहुनेछ?
  • ईश्‍वरको राज्य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • ‘पहिले उहाँको राज्य खोजिरहनुहोस्‌’
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • परमेश्‍वरको राज्य—के तपाईंले यसको अर्थ बुझ्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या २ पृ. १४-१५
एक जना मानिस बाइबल पढ्‌नुअघि प्रार्थना गर्दै छन्‌।

ईश्‍वरको राज्यलाई अहिल्यै समर्थन गर्नुहोस्‌!

कल्पना गर्नुहोस्‌, एउटा विध्वंसकारी हुरीबतास तपाईँ बस्नुभएको इलाकातिर आउँदै छ। सरकारी निकायहरूले त्यसबारे यसो भनेर सूचना दिँदै छ: “भाग्नुहोस्‌! तुरुन्तै सुरक्षित ठाउँमा जानुहोस्‌!” तपाईँ के गर्नुहुनेछ? पक्कै पनि सुरक्षित ठाउँतिर भाग्नुहुनेछ।

एक अर्थमा हामी सबै विध्वंसकारी “हुरीबतास” आउनै लागेको समयमा बाँचिरहेका छौँ। येसुले यसलाई “महासङ्‌कष्ट” भन्‍नुभयो, जसले ईश्‍वरको राज्य आउँदै छ भन्‍ने कुराको सङ्‌केत दिनेछ। (मत्ति २४:२१) हामी त्यसबाट भाग्न सक्दैनौँ। तर त्यसबाट जोगिन भने केही गर्न सक्छौँ। हामीले के गर्नुपर्छ?

डाँडाको उपदेश भनेर चिनिने येसुको प्रख्यात उपदेशमा उहाँले यस्तो निर्देशन दिनुभयो: “उहाँको [ईश्‍वरको] राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहो।” (मत्ति ६:३३) हामी कसरी त्यसो गर्न सक्छौँ?

ईश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्‌। भन्‍नुको मतलब, हामीले अरू कुरालाई भन्दा ईश्‍वरको राज्यलाई महत्त्वपूर्ण ठान्‍नुपर्छ। (मत्ति ६:२५, ३२, ३३) किन? किनभने मानिसहरूले अहिलेको समस्याहरू सुल्झाउन सक्दैनन्‌। ईश्‍वरको राज्यले मात्र त्यस्ता समस्याहरूको समाधान गर्न सक्छ।

उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहनुहोस्‌। हामीले ईश्‍वरको धार्मिक नियम र स्तरअनुरूप जीवन बिताउन भरमग्दुर कोसिस गरिरहनुपर्छ। किन? किनभने के सही र के गलत भनेर आफै निर्णय गर्न खोज्दा नतिजा भयावह हुन सक्छ। (हितोपदेश १६:२५) अर्कोतर्फ, ईश्‍वरको स्तरअनुसार चल्दा उहाँलाई खुसी तुल्याउनुको साथै हामी आनन्दित पनि हुनेछौँ।—यसैया ४८:१७, १८.

ईश्‍वरको राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहनुहोस्‌। येसुले कोही-कोही अर्कै बाटो लाग्न सक्छन्‌ अनि तिनीहरूले धेरैभन्दा धेरै पैसा कमाउँदा सुरक्षित हुन सकिन्छ भन्‍ने सोचाइ राख्न सक्छन्‌ भनेर चेतावनी दिनुभयो। अरूचाहिँ जीवनको चिन्ता र फिक्रीमा चुर्लुम्मै डुब्न सक्छन्‌, जसले गर्दा तिनीहरूसित ईश्‍वरको राज्यलाई पहिलो स्थान दिने समय नै बाँकी रहँदैन।—मत्ति ६:१९-२१, २५-३२.

येसुले ईश्‍वरको राज्यलाई समर्थन गर्नेहरूले अहिल्यै आवश्‍यक कुराहरू पाउनुका साथै भविष्यमा अनगिन्ती आशिष्‌ पनि उपभोग गर्न पाउनेछन्‌ भनेर प्रतिज्ञा गर्नुभयो।—मत्ति ६:३३.

प्रथम शताब्दीमा येसुका चेलाहरूले ईश्‍वरको राज्य र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिए तापनि तिनीहरूले आफ्नो जीवनकालमा सबै दुःखकष्ट र पीडाको अन्त्य भएको देख्न पाएनन्‌। तर तिनीहरू सुरक्षित हुन भने सके। कसरी?

तिनीहरूले ईश्‍वरको धार्मिक स्तरअनुसार जीवन बिताए, जसले गर्दा तिनीहरू ईश्‍वरको आज्ञा पालन नगर्नेहरूले भोग्नुपर्ने समस्याबाट जोगिन सके। ईश्‍वरको राज्य आउनेछ भन्‍ने तिनीहरूको बलियो विश्‍वासले तिनीहरूलाई सबैभन्दा गाह्रा समस्याहरू पनि सामना गर्न मदत गऱ्‍यो। साथै ईश्‍वरले तिनीहरूलाई ती समस्याहरूसित जुझ्न “असाधारण शक्‍ति” दिनुभयो।—२ कोरिन्थी ४:७-९.

के तपाईँ पनि ईश्‍वरको राज्यलाई पहिलो स्थान दिनुहुनेछ?

प्रथम शताब्दीका ख्रिष्टियनहरूले ईश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहो भन्‍ने येसुको आज्ञा पालन गरे। तिनीहरूले राज्यको सुसमाचार सबै मानिसलाई प्रचार गरे। (कलस्सी १:२३) अहिले पनि त्यसै गर्ने मानिसहरू छन्‌?

पक्कै छन्‌! यहोवाका साक्षीहरूले ईश्‍वरको राज्यले यस वर्तमान युगको अन्त्य गर्ने समय थोरै मात्र बाँकी छ भनेर बुझेका छन्‌। त्यसैले तिनीहरू येसुका यी शब्दहरूअनुसार जीवन बिताउन भरमग्दुर प्रयास गर्छन्‌: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.

त्यसोभए तपाईँ यस सुसमाचारप्रति कस्तो प्रतिक्रिया देखाउनुहुनेछ? हामी तपाईँलाई प्रथम शताब्दीको म्यासिडोनियाको बिरिया सहरमा बस्ने मानिसहरूजस्तो हुन आग्रह गर्न चाहन्छौँ। तिनीहरूले येसुको चेला पावलबाट राज्यको सुसमाचार सुनेपछि त्यो सन्देश ‘असाध्यै उत्सुक भएर ग्रहण गरे।’ त्यसपछि आफूले सुनेको कुरा सत्य हो कि होइन भनेर पत्ता लगाउन ‘होसियारीसाथ धर्मशास्त्र जाँचे’ अनि येसुको ‘अनुयायी बने।’—प्रेषित १७:११, १२.

संसारभर लाखौँ मानिसले ईश्‍वरको राज्यलाई पहिलो स्थानमा राख्न कदम चालेका छन्‌

  1. यहोवाका साक्षीहरू एक जना मानिससित दैलोमा कुराकानी गर्दै छन्‌।

    राज्यको सुसमाचार सुन्‍नुहोस्‌

  2. त्यही मानिस आफ्नो घरमा एक जना यहोवाको साक्षीसित अध्ययन गर्दै छन्‌।

    होसियार भई धर्मशास्त्र जाँच्नुहोस्‌

  3. त्यो मानिस राज्यभवनमा सभामा उपस्थित भएका छन्‌।

    राज्यलाई पहिलो स्थानमा राख्ने मानिसहरूसित सङ्‌गत गर्नुहोस्‌

  4. त्यो मानिस बाइबल पढ्‌नुअघि प्रार्थना गर्दै छन्‌।

    ईश्‍वरको सेवा गर्न चाहेको देखाउनुहोस्‌

तपाईँ पनि त्यसै गर्न सक्नुहुन्छ। ईश्‍वरको राज्य र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिँदा तपाईँ अहिल्यै सुरक्षित हुन सक्नुहुन्छ अनि भविष्यमा दिगो शान्ति र सुरक्षाको आनन्द उठाउन सक्नुहुनेछ।

यहोवाका साक्षीहरूको गतिविधिबारे थप जानकारी पाउन हाम्रो वेबसाइट jw.org/ne हेर्नुहोस्‌।

यस वेबसाइटमा भएको जानकारी १,००० भन्दा धेरै भाषामा उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने