प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 फेब्रुअरी पृ. १
  • स्मरणार्थ उत्सवको विज्ञापन गर्ने विशेष अभियान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थ उत्सवको विज्ञापन गर्ने विशेष अभियान
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थ उत्सवको निम्तो संसारभरि बाँडिनेछ!
    हाम्रो राज्य सेवकाई—२०१०
  • मार्च १७ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु
    हाम्रो राज्य सेवा—२०१२
  • मार्च २२ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुनेछ
    हाम्रो राज्य सेवा—२०१४
  • अप्रिल २ देखि स्मरणार्थको निम्तो पर्ची बाँड्‌नेछौं
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 फेब्रुअरी पृ. १

स्मरणार्थ उत्सवको विज्ञापन गर्ने विशेष अभियान

१. मार्च २१, २००९ देखि राज्य प्रकाशकहरूले संसारभर नै कुन काममा भाग लिनेछन्‌ र किन?

१ बिहीबार, अप्रिल ९, २००९ मा विश्‍वभरका यहोवाका उपासकहरू परमेश्‍वरले मानिसजातिलाई देखाएको अपार प्रेमको सम्झना गर्न भेला हुनेछन्‌। (रोमी ५:६-८) हामीले येशूको मृत्युको सम्झना गर्दा लाखौं जिज्ञासु मानिसहरू हामीसितै होऊन्‌ भन्‍ने तीव्र इच्छा गर्छौं। मार्च २१ देखि संसारभर नै स्मरणार्थ उत्सवको विशेष निम्तो बाँडिनेछ।

२. निम्तो दिंदा तपाईंले कस्ता कुरा सम्झनुपर्छ?

२ सम्झनुपर्ने कुरा: निम्तोमा भएको चित्र, प्रश्‍न र उल्लिखित पद प्रयोग गर्नुहोस्‌। उदाहरणको लागि अगाडिको पानामा भएको चित्र देखाएर यसो भन्‍न सक्नुहुन्छ: “बिहीबार, अप्रिल ९, २००९ मा हामीसँगै येशूको मृत्युको सम्झना गर्न म तपाईंलाई निम्तो दिन चाहन्छु।” त्यसपछि निम्तोको विषय र दिइएका प्रश्‍नहरू देखाउनुहोस्‌। घरधनीले आफ्नो परिवार र अरू जो-कसैलाई सँगै ल्याउन सक्छन्‌ भन्‍ने कुरामा जोड दिन नबिर्सनुहोस्‌।

३. अभियानको सुरु-सुरुमै निम्तो दिएकाहरूलाई तपाईं कसरी सम्पर्क गरिरहन सक्नुहुन्छ?

३ मण्डलीको इलाका ठूलो छ भने घरमा नभेटिएकाहरूकहाँ पनि निम्तो छोड्‌ने निर्देशन प्राचीनहरूले दिन सक्छन्‌। सप्ताहन्तमा निम्तोको साथै पत्रिकाहरू पनि प्रस्तुत गर्नुहोस्‌। तपाईंका पुनःभेट, बाइबल विद्यार्थी, नातेदार, स्कूलका साथी, सहकर्मी, छिमेकी र चिनेजानेका सबैलाई बोलाउने लक्ष्य राख्नुहोस्‌। गत वर्ष एउटी बहिनीले ३० जना नातेदारलाई निम्तो दिइन्‌ र बीच-बीचमा त्यस उत्सवको महत्त्वबारे सम्झाइरहिन्‌। बोलाएकाहरूमध्ये २५ जना उपस्थित भए अनि ४ जना त पछि बाइबल अध्ययन गर्न पनि राजी भए! यो देखेर तिनी औधी खुसी भइन्‌।

४. हामीले अहिल्यै कस्तो योजना बनाउनुपर्छ र किन?

४ अहिल्यै योजना बनाउनुहोस्‌: सायद मार्च र अप्रिल महिनामा थुप्रै प्रकाशकले प्रचारमा अझ धेरै समय बिताउन सक्लान्‌। यदि तपाईंका छोराछोरी वा बाइबल विद्यार्थीले राम्रो प्रगति गरिरहेका छन्‌ भने यो समय उनीहरूको लागि बप्तिस्मा अप्राप्त प्रकाशक बन्‍ने उपयुक्‍त समय हुन सक्छ। यहोवा र येशूले देखाएको अपार प्रेमको विज्ञापन गर्ने अभियानमा पूरापूर भाग लिन सकियोस्‌ भनेर आवश्‍यक प्रबन्ध मिलाउने समय अहिल्यै हो।—यूह. ३:१६; १५:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने