मार्च २३ को हप्ताको तालिका
मार्च २३ मा सुरु हुने हप्ता
गीत ९ (३७)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: उत्पत्ति ४७-५०
न. १: उत्पत्ति ४८:१-१६
न. २: के हामी शैतानसित डराउनुपर्छ?
न. ३: के परमेश्वरले फेरि जलप्रलय ल्याएर पृथ्वीलाई नाश गर्नुहुनेछ? ( my-NP कथा ११)
□ सेवा सभा:
गीत २० (९३)
५ मि: घोषणाहरू।
१० मि: अप्रिल १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। श्रोतासित छलफल। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि आफ्नो इलाकामा कुन-कुन लेखहरू प्रस्तुत गर्ने योजना बनाएका छन् र किन, श्रोतालाई सोध्नुहोस्। लेखहरूबारे बताउन कस्ता प्रश्न सोध्न सकिन्छ र कुन पद पढ्न सकिन्छ? पत्रिका प्रस्तुत गर्ने तरिका प्रदर्शन गर्न लगाउनुहोस्। अनि एउटा प्रदर्शनमा चाहिं पुनःभेटमा बाइबल अध्ययन सुरु गर्ने तरिका देखाउन लगाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: ध्यानसित सुनेर अनि घरधनीको विचारधारा बुझेर आदर देखाउनुहोस्। हाम्रो राज्य सेवकाई, जनवरी २००६, पृष्ठ १ मा भएको लेख “प्रश्न सोध्दै र जवाफ सुन्दै चासो देखाऔं”-मा आधारित भाषण र श्रोतासित छलफल। घरधनीसित कुराकानी गर्दा लेखमा दिइएको सल्लाह कसरी लागू गर्न सकिन्छ भनेर देखाउन एउटा प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्। प्रदर्शन सकिएपछि प्रकाशकले प्रस्तुत गरेको तरिका किन प्रभावकारी थियो, टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
गीत २३ (२००)