क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
डिसेम्बर २००८: प्रकाशकहरूको संख्या १,०६६ पुगेर नयाँ शिखर कायम भएको जानकारी गराउन पाउँदा हामी हर्षित छौं! निस्सन्देह, तपाईंहरूले अग्रगामी मनोभाव देखाएकोले नै यो वृद्धि भएको हो। नियमित अग्रगामीहरूको संख्यामा लगातार पाँचौ पटक नयाँ शिखर कायम भएको छ। डिसेम्बर महिनामा १६२ जनाले नियमित अग्रगामीको रूपमा कडा परिश्रम गरे।