अगस्त ३ को हप्ताको तालिका
अगस्त ३ मा सुरु हुने हप्ता
गीत ६ (४५)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: गन्ती ४-६
न. १: गन्ती ४:१-१६
न. २: ख्रीष्टियान आमाबाबुले मोशाकी आमाको उदाहरण कसरी अनुकरण गर्न सक्छन्? (my-NP कथा २८)
न. ३: परमेश्वरलाई कस्तो चुनौती दिइएको छ? (bh-NP पृ. २८ अनु. ४-पृ. ३१ अनु. १०)
□ सेवा सभा:
गीत १५ (१२७)
५ मि: घोषणाहरू। “यी अवस्थामा पर्चाहरू प्रयोग गर्नुहोस्।” मौका पाउनेबित्तिकै पर्चाहरू प्रस्तुत गर्न तयार रहन भाइबहिनीलाई प्रोत्साहन दिनुहोस्।
१० मि: आवश्यकता बढी भएको ठाउँमा अथवा कहिलेकाहीं मात्र काम गरिएको इलाकामा सेवा गरेको अनुभव बटुलेका दुई/तीन जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। तिनीहरूलाई के-कस्ता कुराको डर थियो तर के गरेकोले ती डर हटे? यहोवाले तिनीहरूको प्रयासमाथि कसरी आशिष् दिनुभयो? प्रचारमा बटुलेका एउटा/दुइटा अनुभव बताउन वा छोटकरीमा पुनःअभिनय गर्न लगाउनुहोस्।
२० मि: “के तपाईं आध्यात्मिक भोजको लागि तयार हुनुहुन्छ?” यसलाई मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। आफ्नो मण्डलीलाई खटाइएको अधिवेशनबारे जानकारी दिनुहोस्। “जिल्ला अधिवेशनका बेला ध्यान दिनुपर्ने कुराहरू” पुनरावलोकन गर्नुहोस्। अनुच्छेद ७ छलफल गर्दा एकैछिन फेब्रुअरी ५, २००९ को पत्र र ड्रेस एण्ड ग्रूमिङ फर भिजिटर्स् टुरिङ बेथेल पुस्तिकाबाट पनि छलफल गर्नुहोस्। किनभने यसमा दिइएका सिद्धान्तहरू अधिवेशनमा पनि लागू हुन्छन्।
गीत ९ (३७)