घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: जागा रहो!, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, हेर! म सबै थोक नयाँ तुल्याउँदैछु, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? र परमेश्वर हामीबाट के चाहनुहुन्छ? सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्। घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने यसबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस् अनि छलफल गर्नुहोस्। नोभेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने ज्ञान पुस्तक अथवा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ।