प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 सेप्टेम्बर पृ. ३
  • योग्यहरूलाई खोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • योग्यहरूलाई खोज्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • के तपाईंको व्यक्‍तिगत इलाका छ?
    हाम्रो राज्य सेवकाई—२००६
  • तपाईं व्यक्‍तिगत इलाका लिएर प्रचार गर्न चाहनुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
  • योग्य जनलाई खोज्ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 सेप्टेम्बर पृ. ३

योग्यहरूलाई खोज्नुहोस्‌

१. सेवाको काममा भाग लिने सुअवसरप्रति कृतज्ञ छौं भनेर हामी कसरी देखाउँछौं?

१ येशूले सेवाको कामको दौडान नम्रहरूलाई सान्त्वनादायी सुसमाचार सुनाउन धेरै प्रयास गर्नुभयो। (यशै. ६१:१, २) हामी ख्रीष्टका राजदूत अनि उहाँको सट्टामा काम गर्नेहरू हौं। त्यसैले येशूको अनुकरण गर्दै आफ्नो इलाकामा योग्य व्यक्‍तिहरूलाई निरन्तर र विस्तृत रूपमा खोज्ने विशेष सुअवसर हामीले पाएका छौं।—मत्ती १०:११; २ कोरि. ५:२०.

२. पावलले कसरी परिस्थितिअनुसार छाँटकाँट गरे र परिणाम के भयो?

२ परिस्थितिअनुसार छाँटकाँट गर्नुहोस्‌: प्रेरित पावल यहूदी अनि यहूदी मत मान्‍नेहरूलाई प्रचार गर्न सबैभन्दा पहिला सभाघरमा जाने गर्थे। (प्रेरि. १४:१) उनी र सिलास फिलिप्पीमा छँदा “प्रार्थना गर्ने ठाउँ यही हो भन्‍ने सम्झेर” मानिसहरूलाई हेर्न त्यहाँ गए। तिनीहरूले त्यहाँ जम्मा भएका स्त्रीहरूलाई साक्षी दिन थाले र तिनीहरूमध्ये लिडिया नाउँकी एउटी स्त्रीले सच्चाइ ग्रहण गरिन्‌।—प्रेरि. १६:१२-१५.

३. आफ्नो इलाकामा घर-घरको प्रचारको अलावा कस्तो सेवाको सुअवसर पनि पाउन सक्नुहुन्छ?

३ आफ्नो इलाकामा घर-घरको प्रचारको अलावा के तपाईं बसपार्क, रोजगार केन्द्र, व्यस्त दोबाटो/चौबाटो, व्यापारिक इलाका, पसलहरू अनि पार्कमा मानिसहरूलाई प्रचार गर्न सक्नुहुन्छ? सायद तपाईं सुरक्षा व्यवस्था कडा भएको घर, कोलोनी तथा अपार्टमेन्ट भवनहरूमा चिठी अथवा टेलिफोनद्वारा साक्षी दिन सक्नुहुन्छ। आफ्नो इलाकाको आवश्‍यकताप्रति सचेत हुँदै त्यहीअनुसार छाँटकाँट गर्दा तपाईं “प्रभुको काममा प्रशस्त हुँदै” जान सक्नुहुन्छ।—१ कोरि. १५:५८.

४. आफ्नो मण्डलीको इलाका सीमित छ भने हामी अरू के गर्न सक्छौं?

४ थुप्रै प्रकाशकहरूले देशभित्र अथवा देशबाहिर अर्को मण्डलीमा सरेर आफ्नो सेवाको काम बढाउन सकेका छन्‌। अरू कतिपयले भने अरू देशबाट बसाइँ सरेका मानिसहरूलाई प्रचार गर्न नयाँ भाषा सिकेका छन्‌।

५. अहिले बाँचिरहेको समयप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ अनि कस्तो अठोट गर्नुपर्छ?

५ “खेत संसार हो” भनेर हामी सबैले मनमा राख्नुपर्छ। (मत्ती ९:३७; १३:३८) यस दुष्ट संसारको अन्त नजिकै भएकोले हामी प्रत्येकले सेवाको काम बढाउनको लागि आफ्नो अवस्था, सीप, अवसर र सम्भाव्यतालाई गहिरिएर विचार पुऱ्‍याउनैपर्छ। परमेश्‍वारको राज्यलाई प्राथमिकता दियौं भने सेवाको काम बढाउने हाम्रो निष्कपट प्रयासमा आशिष्‌ दिने आश्‍वासन यहोवा हामीलाई दिनुहुन्छ।—मत्ती ६:३३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने