घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस् अनि छलफल गर्नुहोस्। नोभेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। डिसेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। छोराछोरी भएकाहरूलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक दिनुहोस्। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेको खण्डमा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ।
◼ ईश्वरतान्त्रिक सेवकाई स्कूलको वार्षिक तालिका अबदेखि हाम्रो राज्य सेवकाई-को भित्री पानामा उपलब्ध गराइनेछैन। बरु, हरेक मण्डलीले उक्त वार्षिक तालिका पाउनेछन् अनि एक प्रति राज्य भवनको सूचना-पाटीमा टाँस्नुपर्नेछ। अर्को प्रतिचाहिं स्कूल निरीक्षकले, क-कसले जिम्मेवारी पाउने हो त्यो बनाउनको लागि प्रयोग गर्नेछन्। प्रकाशकहरूले हरेक महिना हाम्रो राज्य सेवकाई-को व्यक्तिगत प्रति पाइरहनेछन् जसमा हरेक हप्ताको मण्डली बाइबल अध्ययन, ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाको तालिका रहनेछ।
◼ “जागा रहो!” भन्ने जिल्ला अधिवेशनको अघिल्लो हप्ता अधिवेशन धाउनको लागि चाहिने आवश्यक सल्लाह अनि सम्झौटोहरूको पुनरावृति गर्न तालिका छाँटकाँट गर्न सकिन्छ। जिल्ला अधिवेशन सिद्धिएको एक वा दुई महिनापछिको स्थानीय आवश्यकतामा अधिवेशनमा सिकेको कुरा प्रचारकार्यमा प्रयोग गर्दा प्रकाशकहरूले फाइदाजनक पाएका बुँदाहरू पुनरावलोकन गर्न छुट्याउन सकिन्छ।