ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर २६, २००९ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ।
१. बिलामलाई बालाकका मानिसहरूसँग जानू भनेर अह्राउने यहोवा नै हुनुहुन्थ्यो तर बिलाम तिनीहरूसँग जाँदा यहोवा किन उनीसँग रिसाउनुभयो? (गन्ती २२:२०-२२) [w-NP०४ ८/१ पृ. २७ अनु. ३]
२. यहोवाप्रतिको भक्ति अरू कुनै कुराले लिन नदिने सन्दर्भमा पीनहासले बसालेको उदाहरणले परमेश्वरप्रतिको हाम्रो समर्पण बुझ्न हामीलाई कसरी मदत दिन्छ? (गन्ती २५:११) [w-NP९५ ३/१ पृ. १६ अनु. १३]
३. किन यहोशूलाई मोशाको उत्तराधिकारीको रूपमा छानियो? (गन्ती २७:१५-१९) [w-NP०२ १२/१ पृ. १२ अनु. १]
४. गन्ती ३१:२७ आजका ख्रीष्टियानहरूका लागि कसरी प्रोत्साहनजनक हुन सक्छ? [w-NP०५ ३/१५ पृ. २४]
५. शरण-नगरहरूको प्रबन्धले इस्राएलका मानिसहरूलाई कुन-कुन तरिकामा लाभ पुऱ्यायो? (गन्ती ३५:११, १२) [w-NP९५ १/१५ पृ. १४ अनु. १७]
६. समझदार हुनु वा विवेकी हुनुलाई किन महत्त्वपूर्ण ख्रीष्टियान गुण मान्न सकिन्छ र यो गुणले कस्तो नतिजा ल्याउँछ? (व्यव. १:१३) [w-NP०३ १/१५ पृ. ३०; w-NP०० १०/१ पृ. ३२ अनु. १-३]
७. मोशाको व्यवस्थामा परमेश्वरको धार्मिकता कसरी व्यक्त गरिएको थियो? (व्यव. ४:८) [w-NP०२ ६/१ पृ. १४ अनु. ८-पृ. १५ अनु. ९-१०]
८. व्यवस्था ६:१६-१८ अनुसार यहोवाको परीक्षा गर्ने सही र गलत तरिका व्याख्या गर्नुहोस्। [w-NP०४ ९/१५ पृ. २६ अनु. ६]
९. यहोवाको वचनले इस्राएलीहरूको आवश्यकता कसरी पूरा गरेको थियो र ती वचनले आज हामीलाई कसरी पोषण दिन सक्छ? (व्यव. ८:३) [w-NP९९ ८/१५ पृ. २५-२६]
१०. उपचार गर्दा आफ्नै रगत प्रयोग गर्ने सन्दर्भमा व्यवस्था १२:१६, २४ ले हाम्रो दृष्टिकोणलाई कसरी असर गर्छ? [w-NP०० १०/१५ पृ. ३० अनु. ७]