ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर २८, २००९ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ।
१. व्यवस्था १४:१ मा भएको सिद्धान्त आज ख्रीष्टियानहरूले कसरी लागू गर्न सक्छन्? [w-NP०५ १/१ पृ. २८; w-NP०४ ९/१५ पृ. २७ अनु. ४]
२. व्यवस्था २०:५-७ मा लेखिएको कुरा आज ख्रीष्टियान मण्डलीमा कसरी सिद्धान्तको रूपमा लागू गर्न सकिन्छ? [w-NP०४ ९/१५ पृ. २७ अनु. ५]
३. सामाजिक जमघटको प्रबन्ध गर्ने सन्दर्भमा व्यवस्था २२:८ मा भएको सिद्धान्त कसरी लागू गर्न सकिन्छ? [w-NP०६ ३/१ पृ. २५ अनु. १५]
४. आनन्दित मनले यहोवाको सेवा गर्न हामीलाई केले मदत गर्न सक्छ? (व्यव. २८:४७) [w-NP९५ १/१५ पृ. १६ अनु. ४, ५]
५. इस्राएलीहरूप्रति यहोवाको प्रेमलाई चित्रण गर्ने व्यवस्था ३२:९, ११, १२ को उदाहरणबाट आमाबाबुहरूले कस्तो लाभ उठाउन सक्छन्? [w-NP०१ १०/१ पृ. ९, १० अनु. ७-९]
६. जासुसहरूलाई खोजिरहेका राजाका मानिसहरूलाई राहाबले बोलेकी गलत कुरालाई हामीले कसरी बुझ्नुपर्छ? (यहो. २:४, ५) [w-NP०४ १२/१ पृ. ९ अनु. १]
७. यहोशू ३:१५, १६ मा लिपिबद्ध इस्राएलीहरूको उदाहरणले हामीलाई कस्तो पाठ सिकाउँछ? [w-NP०४ १२/१ पृ. ९ अनु. ६]
८. आकानको चोरीलाई यहोशूले सम्हालेको तरिकाबाट हामी के सिक्न सक्छौं? (यहो. ७:२०-२५) [w-NP०४ १२/१ पृ. ११ अनु. ४]
९. यहोशू ९:२२, २३ ले परमेश्वरको वचन पक्कै पूरा हुन्छ भनेर कसरी प्रकाश पार्छ? [w-NP०४ १२/१ पृ. ११ अनु. ३]
१०. कालेबको उदाहरणबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौं? (यहो. १४:८, १०-१२) [w-NP०४ १२/१ पृ. १२ अनु. २; w९३ ५/१५ पृ. २९ अनु. १]