घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिलाई के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस् अनि छलफल गर्नुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। नोभेम्बर: बाइबल—यसले दिने सन्देश के हो? उपयुक्त र उपलब्ध छ भने यो नयाँ पुस्तिकासँगै निम्न ३२ पृष्ठे पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? डिसेम्बर: पारिवारिक आनन्दको रहस्य वा बाइबलका कथाहरू भएको मेरो पुस्तक।
◼ स्मरणार्थ उत्सवताका दिइने सन् २०११ को विशेष भाषण अप्रिल २५, २०११ को हप्तामा दिइनेछ। उक्त भाषणको विषयबारे पछि घोषणा गरिनेछ। विशेष भाषण दिनुपर्ने हप्ता कुनै मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण परेको छ वा सम्मेलन परेको छ भने त्यसपछिको हप्तामा उक्त भाषण दिनुपर्छ। कुनै पनि मण्डलीले अप्रिल २५ भन्दा पहिले यो विशेष भाषण दिनुहुँदैन।
◼ सेप्टेम्बर १, २०१० देखि नेपाल क्षेत्र दुइटा क्षेत्रमा विभाजन भएको छ। एउटा “नेपाल पश्चिम क्षेत्र” र अर्को “नेपाल पूर्व क्षेत्र।” अहिले यी दुई क्षेत्रका लागि एक-एक जना क्षेत्रीय निरीक्षकले सेवा गरिरहेका छन्।