ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर २५, २०१० मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले सेप्टेम्बर ६ देखि अक्टोबर २५, २०१० सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. योआशप्रति एलीशा किन क्रोधित भए? अनि यो विवरणबाट हामी के पाठ सिक्न सक्छौं? (२ राजा १३:१४-१९) [w०५ ८/१ पृ. ११]
२. राजा अजर्याहको (उज्जियाह) जीवन अध्ययन गरेर हामी के पाठ सिक्न सक्छौं? (२ राजा १५:१-६) [w९२ ६/१ पृ. २९-३१]
३. हिजकियाहको उदाहरणबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौं? (२ राजा १६:२-४; १८:१-६) [w९९ ११/१ पृ. ११, अनु. ९-१०]
४. यहोवालाई किन युक्ति ‘रच्नुहुने’ भनिएको छ? (२ राजा १९:२५) [w९९ ८/१५ पृ. १४, अनु. ३]
५. यरूशलेम सत्तरी वर्षसम्म उजाड पारिने भविष्यवाणी पूरा हुन कहिलेदेखि सुरु हुनेथियो त्यसको सही वर्णन २ राजा २५:८, २५, २६ ले कसरी गर्छ? [w०६ १/१ पृ. २९; it-1-E पृ. ४१५, अनु. ६-पृ. ४१६, अनु. १-२; पृ. ४६३, अनु. ४]
६. पहिलो शमूएल १६:१०, ११ ले किन दाऊदलाई यिशैका आठौं छोरा भनी रेकर्ड गर्छ जबकि एज्राले तिनलाई सातौं छोरा भनेर रेकर्ड गरेका छन्? (१ इति. २:१५) [w०२ ९/१५ पृ.३०]
७. यहोवाले याबेशको प्रार्थनाको जवाफ दिनुभएको घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (१ इति. ४:९, १०) [w०५ १०/१ पृ. ९]
८. हामी कसरी प्राचीन समयका गिलादीहरूको उदाहरण अनुकरण गर्न सक्छौं? (१ इति. ५:१०, १८-२२) [w०५ १०/१ पृ. ९, अनु. ७]
९. लेवी द्वारपालहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (१ इति. ९:२६, २७) [w०५ १०/१ पृ. ९, अनु. ८]
१०. पहिलो इतिहास १३:११ मा वर्णन गरिएको दाऊदले देखाएको प्रतिक्रियामा के गल्ती थियो? [w०५ १०/१ पृ. ११]