घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिलाई के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस् अनि छलफल गर्नुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। नोभेम्बर: बाइबल—यसले दिने सन्देश के हो? उपयुक्त र उपलब्ध छ भने यो नयाँ पुस्तिकासँगै निम्न ३२ पृष्ठे पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? डिसेम्बर: पारिवारिक आनन्दको रहस्य वा बाइबलका कथाहरू भएको मेरो पुस्तक। अनि जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेको खण्डमा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ।