अप्रिल ११ को हप्ताको तालिका
अप्रिल ११ मा सुरु हुने हप्ता
गीत ४४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
w०२ ११/१५ को दोस्रो अध्ययन लेख “काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्” अनु. १-७ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: अय्यूब २१-२७ (१० मि.)
न. १: अय्यूब २५:१–२६:१४ (४ मि. वा कम)
न. २: किन क्रसलाई उपासनामा प्रयोग गर्नु हुँदैन? (५ मि.)
न. ३: परमेश्वरको अनुमोदन पाउन हामीले के गर्नुपर्छ?—bh पृ. १५१-१५३, अनु. १५-२० (५ मि.)
□ सेवा सभा:
गीत ४७
५ मि: घोषणाहरू। स्मरणार्थको निम्तो पर्ची वितरण अभियानमा तपाईंको इलाकामा के-कस्तो सफलता हासिल भइरहेको छ, मण्डलीलाई जानकारी गराउनुहोस्।
२० मि: इन्टरनेट दुरुपयोगका खतराहरू। सबै मण्डलीलाई पठाइएको डिसेम्बर १, २००६ मितिको पत्रमा आधारित छलफल। यसलाई एल्डरले सञ्चालन गर्नुपर्छ। छोटकरीमा परिचय दिइसकेपछि अनुच्छेद ३ देखि ७ सम्मका प्रत्येक अनुच्छेद पढ्नुहोस् र छलफल गर्नुहोस्। ‘अनलाइन कम्युनिटी’ वा ‘अनलाइन सोसियल नेटवर्क’ जस्ता वेब साइट प्रयोग गर्दा हुने खतराबारे बताउनुहोस्। छोराछोरीले इन्टरनेटमा के-कस्तो कुरा हेर्दैछन्, त्यो निगरानी गर्ने जिम्मेवारी बुबाआमाको हो भनेर जोड दिनुहोस्।
१० मि: “सशक्त साक्षी दिइनेछ।” प्रश्न-उत्तर।
गीत ८ र प्रार्थना