जून २७ को हप्ताको तालिका
जून २७ मा सुरु हुने हप्ता
गीत ४२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ४ अनु. १-११ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन ५२-५९ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
□ सेवा सभा:
गीत २७
१० मि: घोषणाहरू। “घण्टा कसरी हिसाब गर्ने?” एल्डरद्वारा भाषण। भाषणपछि पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर जुलाई महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्।
१० मि: पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्। छलफल। हालैको त्रैमासिक प्रहरीधरहरा पत्रिकाको केही विषयवस्तु पुनरावृत्ति गर्न एक-दुई मिनेट लिनुहोस्। त्यसपछि एउटा वा दुइटा लेख छान्नुहोस् र कस्ता प्रश्न तथा शास्त्रपदहरू चलाएर प्रस्तुति गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्। हाम्रो राज्य सेवा-को अन्तिम पृष्ठमा दिइएका नमुना प्रस्तुतिहरू वा अन्य कुनै प्रभावकारी तरिका चलाएर कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
१५ मि: उपयुक्त परिचय चलाउने कोसिस गर्नुहोस्। हाम्रो राज्य सेवकाई, जनवरी २००५ को पृष्ठ ६ मा आधारित श्रोतासित छलफल। यो महिना प्रस्तुत गरिने प्रकाशन प्रयोग गर्दै लेखमा दिइएको सुझाव कसरी लागू गर्न सकिन्छ, दुइटा प्रदर्शन देखाउनुहोस्। प्रत्येक प्रदर्शनमा प्रकाशकलाई घरधनीले चासो देखाएको विषयसँग सम्बन्धित एउटा शास्त्रपद पढ्न लगाउनुहोस्।
गीत ४७ र प्रार्थना