प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 डिसेम्बर पृ. ७
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 डिसेम्बर पृ. ७

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू डिसेम्बर २६, २०११ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कूलमा विचार गरिनेछ।

१. “आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्छ” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (हितो. २७:​२१, NRV) [ w०६ १०/१ पृ. ६ अनु. ७]

२. सुलेमानले “सुख-विलास”-लाई “व्यर्थ” भन्‍नुको कारण के हो? (उप. २:​१, २) [ w९७ ३/१५ पृ. १४-१५ अनु. १३]

३. उपदेशक ३:​१-९ मा पाइने सुलेमानका शब्दहरूले भाग्यमा विश्‍वास गर्ने कुरालाई समर्थन गर्छ भन्‍ने निष्कर्ष कसै-कसैले निकालेका छन्‌। तर उपदेशक ९:११ मा तिनले लेखेका शब्दहरूले जीवनमा जे-जति हुन्छ त्यो सब भाग्यको खेल होइन भनेर कसरी प्रस्ट पार्छ? [ w०९ ४/१ पृ. ४ अनु. ४]

४. “ज्यादै धर्मी” हुनुमा कस्तो खतरा छ? (उप. ७:१६) [ w१० १०/१ पृ. १७ अनु. ८-९]

५. विवाह गर्ने विचार गरिरहेकाहरूले जीवनसाथी रोज्ने सन्दर्भमा हतार गर्नु बुद्धिमानी होइन भनेर श्रेष्ठगीत २:७ ले कसरी देखाउँछ? [ w०६ १२/१ पृ. ५ अनु. १]

६. शुलम्मेनीको “ओठले मौरीका चाकाझैं मीठास चुहाउँछ” र ‘मह र दूध तिनको जिब्रोमनि छन्‌’ भन्‍नुको अर्थ के हो? (श्रेष्ठ. ४:११) [ w०६ १२/१ पृ. ५ अनु. ६]

७. “आऊ, हामी बसेर आफ्ना कुरा छलफल गरौं” भन्‍नुको अर्थ के हो? (यशै. १:१८) [ w०६ १२/१ पृ. १३ अनु. १]

८. “परमप्रभु कहिलेसम्म?” भनेर यशैया के भन्‍न खोज्दै थिए? (यशै. ६:११) [ w०६ १२/१ पृ. १३ अनु. ३]

९. बेबिलोनको “कहिल्यै आबादी हुनेछैन” भनेर यशैयाले गरेको भविष्यवाणी किन उल्लेखनीय छ र यसको पूर्तिले आज हामीलाई कुन कुरामा विश्‍वस्त बनाउँछ? (यशै. १३:​१९, २०) [ bh अध्या. २ पृ. २४-२५ अनु. १६, १७; ba पृ. २९]

१०. येशूले “दाऊदको साँचो” कहिले पाउनुभयो र उहाँले त्यो साँचो कसरी चलाइरहनुभएको छ? (यशै. २२:२२) [ w०९ १/१ पृ. ३१ अनु. १]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने